शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

माछापुच्छ्रे क्यापिटलले १ करोड २८ लाख नगद लाभांश वितरण गर्ने

बिहीबार, ०४ मङ्सिर २०७७, २१ : ००
बिहीबार, ०४ मङ्सिर २०७७

काठमाडौं । वार्षिक साधारणसभाले आ.व. २०७६/७७ को वासलात नाफा नोक्सान हिसाब माछापुच्छ्रे बैंकको शतप्रतिशत लगानी रहेको सहायक कम्पनी माछापुच्छ्रे क्यापिटल लिमिटेडको प्रथम वार्षिक साधारण सभा मंसिर ४ गते सम्पन्न भएको छ । 
वार्षिक साधारणसभाले आ.व. २०७६/७७ को वासलात नाफा नोक्सान हिसाब तथा नगद प्रवाह विवरण सहितको वार्षिक प्रतिवेदन पारित गर्नुका साथै कम्पनीको संचित मुनाफा रु. १ करोड ३६ लाख ३९ हजार मध्येवाट चुक्ता पुँजीको ६.४% का दरले हुन आउने रकम रु. १ करोड २८ लाख नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।

त्यसैगरी सभाले कृति क्यापिटल एण्ड इन्भेष्टमेन्ट लिमिटेडलाई माछापुच्छ्रे क्यापिटल लिमिटेडमा गाभ्ने सम्बन्धी विशेष प्रस्ताव पारित गरेको छ । मर्जर पश्चात कम्पनीको नाम माछापुच्छ्रे कृति क्यापिटल लिमिटेड हुनेछ ।

नेपाल धितोपत्र बोर्डबाट लगानी व्यवस्थापन, धितोपत्र प्रत्याभूति र संस्थागत परामर्श सेवाको लागि इजाजत प्राप्त गरेको यस कम्पनीले मर्जर पश्चात थप सबल भै आगामी दिनमा भेन्चर क्यापिटल, प्राइभेट इक्वीटी, म्यूच्यअल फण्ड, निक्षेप सदस्य सेवा लगायतका अन्य सेवाहरु थप गर्ने र सरोकारवाला सबैलाई विस्तारित सेवा प्रवाह गर्ने लक्ष्य लिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप