युट्युबर विरुद्ध अक्षयकुमारले दर्ता गरे ५०० करोडको मानहानी मुद्दा

मुम्बई । बलिउड अभिनेता अक्षयकुमारले युट्युबरलाई ५०० करोड भारतीय रुपैयाँको मानहानी केस दर्ता गरेका छन् । उनले राशिद सिद्दीकी नामको एक युट्युवर बिरुद्ध उक्त केस गरेका हुन् । राशिदले सुशान्त सिंह राजपुतको मावलमा अक्षय कुमारलाई केही गम्भिर आरोप लगाएका थिए । त्यसैले अक्षयले उनी बिरुद्ध कानुनी एक्सन लिएका हुन् । उनलाई मानहानीको टोसिस समेत पठाइएको छ ।
बिहारका युट्युबर राशिदले आफ्नो ‘एफएफ न्युज’ च्यानलमा अक्षयकुमार, आदित्य ठाकरे र मुम्बई पुलिसको छवि खराब गर्ने कोशिश गरेर गलत जानकारीको साथ आपत्तिजनक भिडियो शेयर गरेका थिए । यतिमात्र कहाँ हो र ती युट्युबरले अक्षयकुमारलाई रिया चक्रवर्तीलाई सहयोग गरेको आरोप समेत लगाएका थिए । राशिदले एक भिडियो बाहिर ल्याएको थियो । जसमा भनिएको थियो ‘अक्षयले रियालाई देशबाट निस्किएर क्यानडा जान पुरै सहयोग गरेका थिए ।’
अर्काे एक भिडियोमा भनिएको थियो, ‘सुशान्तको मावलामा अक्षयकुमारले महाराष्ट्रका सीएम उद्धव ठाकरे र उनको छोरा आदित्य ठाकरेसँग केही गोप्य वार्ता भएको छ ।’ युट्युवरकाअनुसार अक्षयकुमार सुशान्तको फिल्म ‘एम.एस धोनी’ को सफलताले खुशी थिएनन् । त्यो भिडियो हेरेपछि अक्षयले युट्युबरको बिरुद्ध भारतीय ५०० करोड रुपैयाँको मानहानीका केस दर्ता गरेका हुन् ।
समाचारका अनुसार राशिद सिद्दीकीले आफ्नो भिडियोमार्फत अहिलेसम्म १५ लाख रुपैयाँ कमाएका छन् । ती युट्युबर यस अघि पनि सुशान्तको मुद्दामा गलत समाचार फैलाएको, सीएम उद्धव ठाकरे र उनका छोरा आदित्य ठाकरेका नाम लिएको आरोपमा पक्राउ परेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सङ्घीय निजामती सेवा ऐनको शीघ्र निर्माणको माग गर्दै लुम्बिनीका चार कर्मचारी सङ्गठनद्वारा ज्ञापन पत्र
-
बालुवाटारमा सुरु भयो मन्त्रिपरिषद् बैठक, शिक्षक आन्दोलनबारे के होला निर्णय ?
-
शिक्षामन्त्रीको राजीनामासँगै दबाबमा प्रधानमन्त्री
-
उपसचिव हुँ भन्दै ठगी गर्ने एक महिला पक्राउ
-
तत्काल प्रमुख निर्वाचन आयुक्त नियुक्त नगर्ने ओलीको ‘मुड’
-
शिक्षक आन्दोलनको २० औँ दिनमा शिक्षामन्त्रीद्वारा राजीनामा