युट्युबर विरुद्ध अक्षयकुमारले दर्ता गरे ५०० करोडको मानहानी मुद्दा
मुम्बई । बलिउड अभिनेता अक्षयकुमारले युट्युबरलाई ५०० करोड भारतीय रुपैयाँको मानहानी केस दर्ता गरेका छन् । उनले राशिद सिद्दीकी नामको एक युट्युवर बिरुद्ध उक्त केस गरेका हुन् । राशिदले सुशान्त सिंह राजपुतको मावलमा अक्षय कुमारलाई केही गम्भिर आरोप लगाएका थिए । त्यसैले अक्षयले उनी बिरुद्ध कानुनी एक्सन लिएका हुन् । उनलाई मानहानीको टोसिस समेत पठाइएको छ ।
बिहारका युट्युबर राशिदले आफ्नो ‘एफएफ न्युज’ च्यानलमा अक्षयकुमार, आदित्य ठाकरे र मुम्बई पुलिसको छवि खराब गर्ने कोशिश गरेर गलत जानकारीको साथ आपत्तिजनक भिडियो शेयर गरेका थिए । यतिमात्र कहाँ हो र ती युट्युबरले अक्षयकुमारलाई रिया चक्रवर्तीलाई सहयोग गरेको आरोप समेत लगाएका थिए । राशिदले एक भिडियो बाहिर ल्याएको थियो । जसमा भनिएको थियो ‘अक्षयले रियालाई देशबाट निस्किएर क्यानडा जान पुरै सहयोग गरेका थिए ।’
अर्काे एक भिडियोमा भनिएको थियो, ‘सुशान्तको मावलामा अक्षयकुमारले महाराष्ट्रका सीएम उद्धव ठाकरे र उनको छोरा आदित्य ठाकरेसँग केही गोप्य वार्ता भएको छ ।’ युट्युवरकाअनुसार अक्षयकुमार सुशान्तको फिल्म ‘एम.एस धोनी’ को सफलताले खुशी थिएनन् । त्यो भिडियो हेरेपछि अक्षयले युट्युबरको बिरुद्ध भारतीय ५०० करोड रुपैयाँको मानहानीका केस दर्ता गरेका हुन् ।
समाचारका अनुसार राशिद सिद्दीकीले आफ्नो भिडियोमार्फत अहिलेसम्म १५ लाख रुपैयाँ कमाएका छन् । ती युट्युबर यस अघि पनि सुशान्तको मुद्दामा गलत समाचार फैलाएको, सीएम उद्धव ठाकरे र उनका छोरा आदित्य ठाकरेका नाम लिएको आरोपमा पक्राउ परेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कङ्गोसँगको बराबरीपछि रोनाल्डोको सन्देश: हामीले चाहेको जस्तो सुरुवात भएन, तर यो अझै सकिएको छैन
-
दोस्रो हाफको सुरुवातमै जुड बेलिङ्घमको गोल, इङ्गल्यान्ड ३–२ ले अगाडि
-
पहिलो हाफको रोमाञ्चक खेलमा इङ्गल्यान्ड र क्रोएसियाबिच २–२ को बराबरी
-
ह्यारी केनको व्यक्तिगत दोस्रो गोल, क्रोएसिया विरुद्ध इंग्ल्याण्ड २–१ ले अगाडि
-
ह्यारी केनको पेनाल्टी गोलमा इंग्ल्याण्डलाई सुरुवाती अग्रता
-
इंग्ल्याण्ड र क्रोएसियाबिचको महाभिडन्त, यस्तो छ दुवै टोलीको ‘सुरुवाती ११’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण