केन्द्रीय संस्करण

एफएनसीसीआई निर्वाचनः ढकाल पक्षका दुई केन्द्रीय सदस्य निर्विरोध निर्वाचित

person explore access_timeमंसिर ४, २०७७ chat_bubble_outline0

काठमाडौं । नेपाल उद्योग बाणिज्य महासंघको केन्द्रीय सदस्यमा २ जना उम्मेद्वार निर्विरोध चयन भएका छन् । प्रदेश १ का तर्फबाट उम्मेद्वारी दिएका राजेन्द्र राउत र द्दिराष्ट्रिय उद्योग वाणिज्य संघका तर्फबाट उम्मेद्वारी दिएका सन्दीप अग्रवाल केन्द्रीय सदस्यमा निर्विरोध चयन भएका हुन् ।

उनीहरु दुवैजनाले वरिष्ठ उपाध्यक्षका उम्मेदवार चन्द्र ढकालको समूहबाट उम्मेद्वारी दिएका थिए ।  उनीहरु सर्वसम्मत चयन भएपनि औपचारिक रुपमा विजयी घोषणा भने गरिसकिएको छैन । महासंघको ५४ औं वार्षिक साधारणसभा तथा निर्वाचन आगामी मंसिर ११,१२ र १३ गते काठमाडौंमा हुँदैछ ।  
 

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.