बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

नेपाल बैंक लिमिटेडको १९२औं शाखा दाङको लमहीमा

बिहीबार, ०४ मङ्सिर २०७७, १७ : ०९
बिहीबार, ०४ मङ्सिर २०७७

काठमाडौं । नेपाल बैंक लिमिटेडले आफ्नो स्थापनाको ८४औं वर्ष प्रवेशको अवसरमा दाङ जिल्लाको लमहीमा स्थापना गरेको १९२औं शाखा संचालनमा ल्याएको छ ।

लमही नगरपालिकाका प्रमुख कुलबहादुर खत्री क्षेत्री तथा बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत प्रकाशकुमार अधिकारीले सो शाखाको संयुक्त रुपमा उद्घाटन गरे । यससँगै बैंकको नेटवर्क २०३ शाखा, ३८ एक्स्टेन्सन काउण्टर, १३२ एटीएममा विस्तार भएको छ ।

सोही कार्यक्रममा बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत प्रकाशकुमार अधिकारीले बार्षिकोत्सवको उपलक्ष्यमा नेपाल बैंकले एनिर्भसरी ब्यवसाय कर्जाको सुरुवात गरेको जानकारी गराए । बार्षिक ६.९९% मात्र ब्याजदर कायम गरिएको यस एनिर्भसरी ब्यवसाय कर्जाको सिमा रु. १० करोडसम्मको रहेको, व्यवसाय दर्ता भएको ६ महिना पुगेको हुनुपर्ने, उत्पादन वा खरिद लागतको १००% सम्म वा स्टक तथा स्टक एण्ड रिसिभेवलको ८०% सम्म लगानी गर्नसक्ने छ ।

बैंकले अत्याधुनिक बैंकिग सेवा सुविधाहरु मोबाइल बैंकिङ, इण्टरनेट बैंकिङ, डिम्याट खाता, मेरो शेयर, सी–आस्बा र भिसा डेबिट कार्ड कार्ड निःशुल्क प्रदान गर्दै आइरहेको छ । यसका अतिरिक्त अधिकारीले दाङ जिल्लामा बैंकको शाखा संजाल बिस्तार गर्न आफुसमेत लागिपरेको र अत्याधुनिक बैंकिङ्ग सेवाहरु, बिभिन्न प्रकारका कर्जाहरु, एलसी तथा ग्यारेण्टी सुबिधाहरु, एटिएम, डिजिटल बैंकिङ्ग सेवाहरु आदी प्रतिस्पर्धि एबं नेपालको बैकिङ्ग इण्डष्ट्रीमै सस्तो दररेटमा उपलब्ध गराउने प्रतिबद्घता ब्यक्त गरे ।

उक्त कार्यक्रमका लमही नगरपालिकाका प्रमुख (मेयर) कुलबहादुर खत्री क्षेत्रीले लमहीमा नेपाल बैंकको शाखा स्थापनाहुनु लमहीबासीहरुको गर्वको कुरा भएको, यस शाखाको संचालनले बिभिन्न कार्यका लागी ने.बे.लि.को घोराही शाखासम्म पुग्नुपर्ने अबस्थाको अन्त्य हुने बताए । यसले नगरबासीहरुको तथा देउखुरी क्षेत्रका बिभिन्न कार्यालयहरु, कर्मचारीहरु, कर्जा ग्राहकहरु, विद्यालयहरु आदीको ठूलो श्रम तथा समयको बचत हुने, लमही नगरपालिकाले बिभिन्न सहकार्य गर्दै जाने र सहुलियतपूर्ण कर्जाहरु यसैबैंकको माध्यमबाट उपलब्ध गराउन पहल गरिने जानकारी पनि दिए । नेपाल बैंकद्वारा प्रतिस्पर्धी, छिटोछरितो सेवाप्रवाह, ग्राहक मैत्री वातावरण लगायतका कुराहरुमा ध्यान दिनुपर्ने बारेमा पनि उहाँले जोड दिए ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप