
हराएकी बालिका मृतावस्थामा फेला

हेटौंडा । घाइते एवं अचेतावस्थामा फेला परेकी मकवानपुर, वाग्मती गाउँपालिकाकी चार वर्षीया बालिकाको हेटौंडा अस्पतालमा उपचारका क्रममा मृत्यु भएको छ । वाग्मती–७ लामिटारकी रुविना पाख्रिन आफ्नो घरदेखि ३०० मिटर टाढा रगतले लतपत भई घाइते अवस्थामा भेटिएकी थिइन् । उपचारका लागि हेटौँडा अस्पतालमा ल्याउँदा चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए ।
बुधबार हराएकी बालिका आज टाउकामा चोटपटक र शरीरभरि रगत बगेको अवस्थामा फेला परेको वडाध्यक्ष दिल्लीप्रसाद घोरसाइनीले जानकारी दिए । सो घटनामा एक जनालाई पकाउ गरी आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता इन्द्रबहादुर रानाले बताए ।

रातोपाटीको अंग्रेजी, हिन्दी र ग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
रासस
राष्ट्रिय समाचार समिति नेपालकाे सरकारी समाचार संस्था हाे ।
तपाईको ईमेल गोप्य राखिनेछ