सोमबार, १० मङ्सिर २०८१
ताजा लोकप्रिय

उद्योग वाणिज्य महासंघमा सहमतिको ढोका करिब बन्द

निर्वाचनको अन्तिम समयमा महासंघमा के पाक्दैछ ?
बिहीबार, ०४ मङ्सिर २०७७, १५ : ४३
बिहीबार, ०४ मङ्सिर २०७७

काठमाडौं । मंसिर १३ गतेका लागि तोकिएको नेपाल उद्योग वाणिज्य महासंघको ५४औं साधारणसभा तथा नयाँ कार्यसमितिको निर्वाचन नजिकिँदै गर्दा आन्तरिक रस्साकस्सी पनि जारी छ । महासंघले तोकेको समय तालिका अनुसार बिहीबार साँझ ५ बजे उम्मेदवारी मनोनय दर्ताको अन्तिम समय रहेको छ । 

अर्थात  महासंघको पदाधिकारीका लागि उमेदवारी दिने उम्मेदवारले आफ्नो मनोनयन ५ बजेभित्र दर्ता गरिसक्नुपर्छ । यो मानेमा महासंघको निर्वाचनलाई लिएर सहमति गर्ने समय सीमा आज बेलुका ५ बजेसम्मलाई मात्र छ । 
चुनावी माहोलकै बीच सहमतिको प्रयास हुँदै आएको भएपनि दुई समूह पूर्णतः चुनावी प्रतिस्पर्धामा होमिसकेको छ । यसैले यस पटकको महासंघको नयाँ कार्यसमितिको चयन आपसी सहमतिमा नहुने करिबकरिब पक्कापक्की जस्तै भइसकेको छ । 

यद्यपी वातावरण उथलपुथल हुन र कुनै घटना घट्न ठूलो समय चाहिँदैन, २–४ मिनट नै काफी हुन्छ भने झैं सहमतिको सम्भावना पुरै निमिट्यान्नै भइसकेको भने छैन । बेलुका ५ बजेसम्म सहमतिको वातावरण बन्न पनि सक्छ । तर यसका लागि आमन्नेसामन्ने हुने दुबै पक्षसँग ठूलो साहस र त्यागको आवश्यकता पर्छ । 

निर्वाचनको अन्तिम समयमा महासंघमा के पाक्दैछ ?
महासंघको आसन्न निर्वाचनलाई लिएर दुई प्यानलमा एक प्यानलको नेतृत्व व्यवसायी चन्द्रप्रसाद ढकालले र अर्को प्यानलको व्यवसायी किशोर प्रधानले गरेका छन् । यी दुबै पक्ष अहिले तीव्र चुनावी प्रचार प्रसारमा छन् । 
यद्यपी निर्वाचनको अन्तिम समयमा यी दुबै पक्षले आ–आफ्नो चुनावी गृहकार्यसँगै आपसी सहमतिको अन्तिम प्रयास समेत जारी राखेको बताइएको छ ।

सकेसम्म मनोनयन दर्ता गर्ने अन्तिम समय साँझसम्म भनेपनि सहमति जुटाउन सकिन्छ कि भनेर लागिपरेको देखिन्छ । यसैका लागि अहिले महासंघमा नेतृत्वकर्ताहरुको दौडधुप चलिरहेको स्रोतले जानाएको छ । 
‘अहिलेसम्म सहमतिको बनेको देखिँदैन । भए त राम्रो हो । तर अहिलेसम्म सहमतिका लागि कुनै पहल भएको र साथीहरु तयार भएको मलाई जानकारी छैन’, वस्तुगत संघ तर्फका उपाध्यका उम्मेदवार (चन्द्र ढकाल प्यानलबाटबाट) तथा व्यवसायी उमेशलाल श्रेष्ठले भने, ‘अन्तत्वगत्वाः अब अन्तिममा जाने भनेको चुनावी प्रतिस्पर्धामा नै हो ।’

यता, व्यवसायी किशोर प्रधानको प्यानलको तर्फबाट वस्तुगत संघतर्फ नै उपाध्यक्षको उम्मेदवार रहेका उमेशलाल श्रेष्ठसँग चुनावी प्रतिस्पर्धा गर्दै गरेका व्यवसायी अन्जनकुमार श्रेष्ठले समेत अब करिब करिब सहमति ढोका बन्द भएको बताए । 

 रातोपाटीसँग कुरा गर्दौ श्रेष्ठले चुनावी प्रकृया नेतृत्व चयनको उच्चतम प्रजातान्त्रिक विधि तथा पद्धति भएकाले सोही मार्फत नेतृत्व चयनमा जाने बताए । यसलाई अस्वस्थ र राजनीतिको संज्ञा दिन नहुने उनको भनाइ छ । 
‘हामीले सहमतीको हरदम प्रयास नगरेका होइनौं । तर साथीहरु उल्टै राजनीतिमा तल्लीन हुनुभयो । महासंघमा राजनीति गरेर नेतृत्वमाथि नै प्रहार गर्ने कुचेष्ठा गर्नु भयो । यसले सहमतिको वातावरण धुमिल हुन पुगेको हो,’ व्यवसायी श्रेष्ठले भने, ‘तर यो असहमति हामीबीच मंसिर १३ गतेसम्म मात्र हो । त्यसपछि हामी सबै एकै ठाउँमा उभिने छौं ।’

‘को कसको पक्ष, को कसको मान्छे र कसका लागि भन्ने हुँदैन’, उनले थपे, ‘चुनावमा विभाजितजस्तो देखिएपनि सबै जना उद्योग व्यवसायी, निजी क्षेत्र र सिंगो राष्ट्रको आर्थिक संवृद्धि र विकासकै लागि हुनेछौं ।’

यता, महासंघका पूर्वअध्यक्षहरु सुरज वैद्य, पशुपति मुरारकालगातयका टोलीले भने सकेसम्म सहमतिमा जान नेतृत्वकर्ताहरुलाई सुल्झाइरहेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

प्रयास श्रेष्ठ
प्रयास श्रेष्ठ

श्रेष्ठ रातोपाटीका लागि आर्थिक विषयमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप