धनुषामा कोरोना संक्रमणबाट वडाअध्यक्षको मृत्यु

जनकपुर । धनुषामा कोरोना संक्रमणबाट एक वडाध्यक्षको अस्पतालमै मृत्यु भएको छ । धनुषाधाम नगरपालिका ६ का अन्दाजी ५० वर्षीय वडाध्यक्ष बन्देबहादुर मोक्तानको उपचारको क्रममा बिहीबार प्रादेशिक अस्पताल जनकपुरधाममा मृत्यु भएको हो ।
मृतक वडाध्यक्षलाई अचानक स्वास्थ्यमा समस्या देखापरेपछि उपचारको लागि प्रादेशिक अस्पतालमा लगिएको थियो । गत सोमबार उनको स्वाब परीक्षण गर्दा कोरोना संक्रमण पुुष्टि भएको नगरप्रमुख बालेश्वर मण्डलले जानकारी दिए ।
यता, नेकपा धनुषाका सचिव दिपक यादवले एक विज्ञप्ति जारी गर्दै वडाध्यक्ष मोक्तानको उपचारका क्रममा कोरोना संक्रमणका कारण निधन भएको पुष्टि गरेका छन् ।
सचिव यादवले मृत आत्माको चिरशान्तिको कामना गर्दै शोकसन्तप्त परिवार प्रति गहिरो समवेदना प्रकट गरेका छन् । मृतक मोक्तान वडा नम्बर ६ बाट तत्कालीन नेकपा एमालेबाट निर्वाचित भएका थिए । धनुषामा कोरोना संक्रमणका कारण अहिलेसम्म २० जनाको मृत्यु भइसकेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पारिवारिक दुस्मनीमा बालकको हत्या : टिकटक बनाउन बोलाए, गोली हानेर मारे
-
प्रहरीले दमन गरेपछि आन्दोलनलाई थप सशक्त बनाउने नेपाल शिक्षक महासङ्घको निर्णय
-
कुलेखानी सिस्नेरी छैमले सडकको अनुगमन, समयमा काम सक्न मन्त्रीको निर्देशन
-
न्यायाधीश समक्ष मिश्रले भने - एउटा निर्दोष मान्छेलाई हिरासतमा राखेर सरकारलाई राति निद्रा लाग्छ ?
-
संक्रमणकालीन न्याय : अध्यक्षका लागि ८ र सदस्यका लागि २४ जना सर्ट लिस्टमा
-
मुम्बईको जितमा बुमराहको रेकर्ड