शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

धनुषामा कोरोना संक्रमणबाट वडाअध्यक्षको मृत्यु

बिहीबार, ०४ मङ्सिर २०७७, १५ : ३१
बिहीबार, ०४ मङ्सिर २०७७

जनकपुर । धनुषामा कोरोना संक्रमणबाट एक वडाध्यक्षको अस्पतालमै मृत्यु भएको छ । धनुषाधाम नगरपालिका ६ का अन्दाजी ५० वर्षीय वडाध्यक्ष बन्देबहादुर मोक्तानको उपचारको क्रममा बिहीबार प्रादेशिक अस्पताल जनकपुरधाममा मृत्यु भएको हो ।

मृतक वडाध्यक्षलाई अचानक स्वास्थ्यमा समस्या देखापरेपछि उपचारको लागि प्रादेशिक अस्पतालमा लगिएको थियो । गत सोमबार उनको स्वाब परीक्षण गर्दा कोरोना संक्रमण पुुष्टि भएको नगरप्रमुख बालेश्वर मण्डलले जानकारी दिए ।
यता, नेकपा धनुषाका सचिव दिपक यादवले एक विज्ञप्ति जारी गर्दै वडाध्यक्ष मोक्तानको उपचारका क्रममा कोरोना संक्रमणका कारण निधन भएको पुष्टि गरेका छन् ।

सचिव यादवले मृत आत्माको चिरशान्तिको कामना गर्दै शोकसन्तप्त परिवार प्रति गहिरो समवेदना प्रकट गरेका छन् । मृतक मोक्तान वडा नम्बर ६ बाट तत्कालीन नेकपा एमालेबाट निर्वाचित भएका थिए । धनुषामा कोरोना संक्रमणका कारण अहिलेसम्म २० जनाको मृत्यु भइसकेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप