सोमबार, २४ वैशाख २०८१
ताजा लोकप्रिय

जबरजस्ती करणी गरेको आरोपमा पक्राउ

बिहीबार, ०४ मङ्सिर २०७७, १३ : २७
बिहीबार, ०४ मङ्सिर २०७७

काठमाडौं । जबरजस्ती करणी गरेको आरोपमा चन्द्रागिरी नगरापलिका–१४ बस्ने बीर बहादुर मगरलाई प्रहरीले पक्रेको छ ।

दोलखा भीमेश्वर नगरपालिका–१३ घर भएका ३८ वर्षीय बीर बहादुरले नैकाप स्थित आर्किड कोलोनी नजिकै २३ वर्षीया महिलालाई बलात्कार गरेको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ ।

बुधवार साँझ महानगरीय प्रहरी वृत थानकोटबाट खटिएको प्रहरी टोलीले उनलाई पक्रेको हो । घटनाबारे अनुसन्धान भइरहेको महानगरीय प्रहरी वृत्त थानकोटका डिएसपी घनश्याम श्रेष्ठले रातोपाटीलाई बताए ।

आर्किड कोलोनी नजिकै आफ्नो कोठामा महिलालाई बोलाएर उनले बलात्कार गरेको पीडित पक्षको दावी छ । आरोपीलाई प्रहरीले कलंकीबाट पक्राउ गरेको हो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप