शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

यसरी आफ्नो ग्रीन टीलाई बनाउनुहोस् असरदार, तीब्र रुपमा घट्नेछ तौल

बिहीबार, ०४ मङ्सिर २०७७, १३ : १९
बिहीबार, ०४ मङ्सिर २०७७

ग्रीन टीको प्रयोग बढेको पेटलाई कम गर्नका लागि निकै फाइदाजनक हुन्छ । आफ्नो दैनिकीमा असाध्यै व्यस्त हुनेहरु जो व्यक्तिले आफ्नो शरीरको हेरविचार गर्न सक्दैनन् र अनियमित खानपिनका कारण मोटोपनाबाट ग्रसित छन् भने उनीहरुले आफ्नो खानामा ग्रीन टी प्रयोग गर्न सक्छन् । ग्रीन टीमा भएका तत्वले शरीरको अतिरिक्त बोसो घटाउन महत्वपूर्ण भूमिका निभाउँछ । 

ग्रीन टीले शरीरमा भएको बोसो कम गर्नुका साथै शरीरबाट विषालु पर्दाथलाई पनि बाहिर निकाल्ने काम गर्छ । दैनिक बिहान एक कप ग्री टी पिउँदा तपाईंलाई ठूलै फाइदा मिल्छ ।

ग्रीन टीले शरीरमा बढेको फ्याट गलाउन महत्वपूर्ण भूमिका निभाउँछ । ग्रीन टीको प्रयोग मधुमेह रोगीका लागि रामबाणजस्तै हुन्छ । ग्रीन टीले शरीरमा कोलेस्ट्रोल र रक्तचापलाई नियन्त्रण गर्न मद्दत गर्छ । 

एक असरदार ग्रीन टी बनाउनका लागि तपाईंले एक गिलास पानी तताउनुहोस् । यसमा एक चम्चा ग्रीन टी मिसाउनुहोस्, पानी उम्लिएपछि यसमा पुदिना र तुलसीका दुई–दुईवटा पात हाल्नुहोस् र केही बेर पकाउनुहोस् । दुई मिनेटपछि यसमा अदुवा कुटेर हाल्नुहोस् र थोरै बेर उम्लिएपछि यसमा आधा चम्चा कागतीको रस मिसाउनुहोस् । तपाईंको वेट लस ग्रीन टी बनेर तयार भयो । यसलाई बिहान खाली पेटमा खानु निकै फाइदाजनक छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप