शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

कहिले बन्छ ‘खलनायक–२’ ?

बिहीबार, ०४ मङ्सिर २०७७, १२ : ३२
बिहीबार, ०४ मङ्सिर २०७७

काठमाडौं । निर्माता रोज राणाले बनाउन लागेको फिल्म ‘खलनायक–२’को सुटिङ गत भदौबाटै सुरु हुने बताइएको थियो । तर, मंसिर लाग्दा पनि फिल्मको सुटिङ सुरु हुन सकेको छैन । फिल्मको सुटिङ सुरु हुन अझै केही समय लाग्ने निर्माता रोज राणाले बताए ।

‘फिल्म सुटिङका लागि माहोल अझै ठिक छैन । त्यसैले फिल्म केही समय पछि मात्र सुरु गर्ने मनस्थिति बनाएको छु’ राणाले भने, ‘मेरो फिल्मको टीम ठुलो भएकोले पनि केही समय कुर्नु नै उपयुक्त हुने देखेको छु ।’
निर्माता राणाले सुपरहिट फिल्म ‘खलनायक’को सिक्वेलको रुपमा यो फिल्म निर्माण गर्न लागेका हुन् । 

ऋषि न्यौपानले निर्देशन गरेको ‘खलनायक’को अब बन्ने सिक्वेलको निर्देशकमा ‘रणवीर’ निर्देशक गोविन्द सिंह भण्डारीले गर्दैछन् । फिल्मको द्धन्द्ध एनबि महर्जनको रहने छ भने लेखन मौनता श्रेष्ठले गरेका छन् ।

अभिनेता राजेश हमाल, विराज भट्ट, निखिल उप्रेती र झरना थापाको मुख्य भूमिका रहेको खलनायकको सिक्वेलमा अहिले पुस्ताका कलाकारको अभिनय रहनेछ । कलाकारको जानकारी फिल्म छायाँकन सुरु समयमा दिने राणाले सुनाए ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप