अमेरिकामा केही हप्ताभित्रै कोरोनाको भ्याक्सिन पाउन सकिनेः स्वास्थ्य विभाग

अमेरिकामा कोरोनाभाइरस संक्रमणका कारण ज्यान गुमाउनेको संख्या साढे दुई लाख नाघिसकेको छ ।
जोन होपकिन्स युनिभर्सिटीका अनुसार यहाँ कोरोनाभाइरस संक्रमितको संख्या १.१५ करोड पुगिसकेको छ ।
यसैबीच अमेरिकी स्वास्थ्य विभागले अबको केही हप्ताभित्र दुई भ्याक्सिनलाई अधिकृत गरिने जसका कारण यो वितरणको लागि तयार हुने बताइएको छ ।
बीबीसीको उत्तर अमेरिकी संवाददाता पिटर बोजले यसको जानकारी दिएका हुन् ।
अमेरिकी औषधी कम्पनी फाइजर र यसको सहयोगी जर्मन कम्पनी बायोएनटेकले अमेरिकामा भोलिका दिनमा कोभिड–१९ भ्याक्सिनको आपतकालीन प्रयोगको अनुमति दिनका लागि आवेदन दिएको छ ।
फाइजरका अनुसार ४० हजारभन्दा बढी मानिसहरुमा गरिएको ट्रायलका अनुसार यो भ्याक्सिन ९५ प्रतिशतसम्म प्रभावकारी छ र यसका कुनै गम्भीर नकारात्मक प्रभाव पनि देखिएको छैन ।
बायोएनटेकका मुख्य कार्यकारी अधिकारीका अनुसार युरोपेली संघमा डिसेम्बरको मध्यसम्म भ्याक्सिनले सशर्त स्विकृति पाउने सम्भावना छ ।
यसबाहेक अमेरिकी औषधी कम्पनी मोडर्नाले पनि उसको भ्याक्सिन त्यति नै प्रभावकारी भएको बताउँदै वर्षको अन्त्यसम्म उपलब्ध हुने बताएको छ ।
कोरोनाले अमेरिकामा सबैभन्दा धेरै मानिसको ज्यान लिएको छ ।
अमेरिकाभरी कोरोनाभाइरसको नयाँ लहर आइसकेको छ र हरेक दिन संक्रमणको आँकडामा नयाँ रेकर्ड बनिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गणेश थापामाथि फिफाले लगाएको प्रतिबन्ध टुंगियो
-
‘आफू काम नगर्ने, गल्लीमा बसेर गाली मात्र गर्ने ?’
-
कांग्रेस-एमालेका नेतासँगको संवादपछि सरकार टिक्दैन भनेको हो : प्रचण्ड
-
धौलागिरिमा तीन वटा लामा झोलुङ्गे पुल निर्माण सुरु
-
शिक्षा ऐन निर्माण नगर्नु सरकारको गैरजिम्मेवारपन हो : जनमोर्चा
-
बंगलादेशद्वारा नेपालसहित भारत र भुटानबाट विभिन्न सामग्री आयातमा रोक