डन्डिफोरको दाग हटाउन भान्सामा पाइने ५ चीज
एजेन्सी – अनुहारमा आउने डन्डिफोरको दागले धेरैलाई सताएको हुन्छ । यस्ता दागहरु लामो समयसम्म अनुहारमा रहिरहने भएकाले धेरै चिन्तित हुन्छन् । कतिपयले यस्तो दाग हटाउनका लागि विभिन्न औषधिको प्रयोग पनि गर्ने गर्छन् । तर यस्तो दाग हटाउन लगाउने औषधिले अन्य छालाका समस्याहरु पैदा गर्छन् ।
यस्ता दागका लागि भान्सामा नै पाइने केही औषधिहरुको प्रयोग गर्न सकिन्छ । जसले सजिल्यै दाग हटाउन मद्दत गर्छ ।
घ्युकुमारीको जेल
छालाको देखभाल गर्नका लागि घ्युकुमारी निकै फाइदाजनक मानिन्छ । यसले छालालाई कोमल बनाउँछ । तर यसले दाग कम गराउँछ । डन्डिफोरको दागमा दैनिक घ्युकुमारी जेल लगाउँदा रातभरीमा दाग हराउँछ ।
टी ट्री तेल
यो तेलमा एन्टिब्याक्टोरियल गुण पाइन्छ । थोरै नरिवलको तेलमा टी ट्री तेल दुई थोपा हालेर मिसाएर दाग भएको ठाउँमा लगाउनुस् । तेल लगाएको १० मिनेटपछि मनतातो पानीले पखाल्नुहोस् ।
ग्रीन टी
अनुहारको लागि ग्रीन टी निकै फाइदाजनक हुन्छ । पानीमा ग्रीन टीको ब्याग हाल्ने र उमाल्ने त्यसपछि पानी चिसो बनाउने । त्यसपछि दागमा लगाउने र केही समयपछि पानीले पखाल्ने गर्दा अनुहार सफा हुन्छ ।
मह
मह कालो दाग धब्बाका लागि निकै फाइदाजनक हुन्छ । महमा एन्टिब्याक्टेरिल र एन्टिइन्फ्लेमेटरी गुण हुने भएकाले यसले दाग हटाउन निकै सहयोग गर्छ । दाग भएको ठाउँमा एक वा दुई थोपा मह लगाएर रातभर छोड्ने र बिहानै पानीले पखाल्ने गर्दा अनुहार सफा हुँदै जान्छ ।
बरफ
एउटा सफा कपडामा बरफको टुक्रा राख्ने र दागमा चारैतिर घुमाएर लगाउने गर्दा डन्डिफोर कम हुने र त्यसको दुखाई पनि कम हुन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनमोहन अधिकारीलाई कम्युनिस्ट आन्दोलनको निरन्तरताको पर्यायका रूपमा बुझ्नुपर्छ: ईश्वर पोखरेल
-
‘वार्षिक ६ खर्ब रुपैयाँभन्दा बढीको प्रविधि निर्यात गर्ने लक्ष्य छ’
-
ड्राई पाउडर इनहेलर ‘साभाकोर्ट’ नेपाली बजारमा
-
हामीले उपभोग गरिरहेको स्वतन्त्रता र अधिकार कसैको निगाहबाट प्राप्त भएको होइन: पूर्व राष्ट्रपति भण्डारी
-
खर्च योजना सार्वजनिक गरेपछि खुम्चियो मेटाको शेयर
-
मनमोहन सेन्टर : १५औँ वसन्त पार गर्दै गर्दा...