महासंघको निर्वाचनमा क–कसले गर्दैछन् मतदान ? (नामावलीसहित)
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचनका लागि हुन लागेको मतदानमा सहभागिता जनाउन पाउने सदस्यहरुको टुंगो लागेको छ । महासंघको निर्वाचन समितिले यही मंसिर ११–१३ गते हुन लागेको ५४ साधारणसभा तथा नयाँ कार्यसमितिको निर्वाचनका लागि जिल्ला तथा नगर, वस्तुगत, एशोसिएट्स, द्धिराष्ट्रिय र संस्थापक सदस्यसहितको नामावलीलाई प्रकाशन गरेको हो । सो नामावलीमा परेका दाबी विरोधलाई समेटेर समितिले अन्तिम नामावली प्रकाशन गर्नेछ ।
समितिले प्रकाशन गरेको नामावली अनुसार जिल्ला तथा नगरतर्फ १ सय ७ वटा उद्योग वाणिज्य संघ छन् । त्यस्तै, १२ वटा जिल्ला तथा नगरतर्फबा १२ वटा संस्थापक सदस्यलाई पनि सो नामावलीमा समावेश गरिएको छ ।
त्यस्तै वस्तुगततर्फ विभिन्न संघ तथा विषयगत महासंघ समेत गरी १ सय १ संस्थाका प्रतिनिधि मतदानमा सहभागी हुनेछन् ।
उता, एशोसिएट्स समूहतर्फ कुल ९ सय २३ वटा व्यवसायिक फर्महरुले मतदान गर्न पाउनेगरी अन्तिम नामावली प्रकाशन गरिएको छ । द्धिराष्ट्रिय सदस्यको तर्फबाट १२ वटा उद्योग वाणिज्य संघहरुको प्रतिनिधित्व रहनेछ ।
महासंघको निर्वाचनमा उपाध्यक्षको निर्वाचन समूहगत प्रतिनिधिबाट हुनेछ । वरिष्ठ उपाध्यक्षका लागि भने जिल्ला तथा नगरतर्फबाट ५० प्रतिशत, एशोसिएट्सतर्फ ३० प्रतिशत र वस्तुगत समूहतर्फ २० प्रतिशत मतभार हुने व्यवस्था गरिएको छ । यसमा द्धिराष्ट्रिय समूह एशोसिएट्समा समेटिएको छ भने संस्थापक समूह जिल्ला तथा नगर सदस्यमा समावेश गरिएको छ । विशिष्ठ, मानार्थ सदस्य लगायतलाई पनि एशोसिएट्सकै हैसियत दिइए पनि उनीहरुलाई निर्वाचनमा सहभागी गराउने व्यवस्था छैन ।
हाल वरिष्ठ उपाध्यक्षका लागि उपाध्यक्षद्वय चन्द्र ढकाल र किशोर प्रधान प्यानलसहित प्रतिस्पर्धामा छन् । उपाध्यक्षतर्फ एशोसिएट्समा रामचन्द्र सांघाई तथा सौरभ ज्योति, जिल्ला तथा नगरमा गुणनिधि तिवारी र दिनेश श्रेष्ठ तथा वस्तुगतमा उमेशलाल श्रेष्ठ र अञ्जन श्रेष्ठबीच प्रतिस्पर्धा हुँदैछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एक राउन्ड गोली प्रहार गरी ३० हजार क्याप्सुल ट्रामाडोल सहित ३ जना पक्राउ
-
अखिल (क्रान्तिकारी) केन्द्रीय समितिको तेस्रो बैठक सम्पन्न, एकता प्रक्रियालाई अन्तिम टुङ्गो दिने निर्णय
-
२ मतको अन्तरले रास्वपा बागमतीको सभापतिमा उत्सव अर्याल विजयी
-
एचआइभी नियन्त्रण र उपचारमा सुधार भए पनि लाञ्छना र विभेद अझै गम्भीर
-
ब्राजिल विरुद्ध मोरक्को : टिम, तथ्यांक र पूर्वानुमान
-
मोहनचन्द्र अधिकारीको ‘जगेडा जिन्दगी’ सार्वजनिक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण