शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

नेसन्स लिगः बेल्जियम र इटाली फाइनल्समा प्रवेश

बिहीबार, ०४ मङ्सिर २०७७, ०७ : ४६
बिहीबार, ०४ मङ्सिर २०७७

रोमेलु लुकाकुको दुई गोलको मद्दतले डेनमार्कलाई हराउँदै बेल्जियमले यूईएफए नेसन्स लिगको फाइनल्समा स्थानमा बनाउन सफल भएको छ । बुधबार राति भएको खेलमा बेल्जियम ४–२ गोल अन्तरले विजयी बनेको हो ।

योरी टेलिमान्सले खेलको तेस्रो मिनेटमा बेल्जियमलाई अग्रता दिलाए पनि जोनास विन्डले डेनमार्कका लागि बराबरी गोल फर्काए । दोस्रो हाफमा लुकाकुले दुई गोल गर्दै बेल्जियमलाई ३–१ को अग्रता दिलाए ।

नासेर चाड्लीको आत्मघाती गोलले बेल्जियमको अग्रता कम भए पनि लगत्तै केभिड डि ब्रुयनाले गोल गर्दै बेल्जियमको जीत सुनिश्चित गरे ।

जीतसँगै समूह ए२ को शीर्ष स्थान कब्जा गर्दै बेल्जियमले इङ्ल्याण्डको फाइनल्समा पुग्ने आशा समाप्त गरेको छ ।

बेल्जियम फ्रान्स, स्पेन र इटालीसँगै फाइनल्समा पुगेको छ ।

समूह कै अन्य खेलमा इङ्ल्याण्डले १० खेलाडीमा सिमित आइसल्याण्डमाथि ४–० को सहज जित हासिल गर्यो । इङ्ल्याण्डको जीतमा फिल फोडेनले दुई तथा डेल्कन राइस र मेसन माउन्टले एक–एक गोल गरे ।

अन्य खेलमा इटालीले बोस्निया हर्जगोभिनालाई २–० ले पराजित गर्दै प्रतियोगिताको फाइनल्समा स्थान बनायो । नेदरल्याण्डले पोल्याण्डलाई २–१ गोल अन्तरले हराए पनि फाइनल्समा पुग्नबाट बञ्चित रह्यो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप