केन्द्रीय संस्करण

बङ्गलादेशमा रहेका नेपाली फुटबल टोलीका व्यवस्थापकलाई कोरोना

person explore access_timeमंसिर ३, २०७७ chat_bubble_outline0

बङ्गलादेशमा रहेका नेपाली राष्ट्रिय फुटबल टोलीका व्यवस्थापक मधुसुदन उपाध्याय कोरोना भाइरसबाट सङ्क्रमित भएका छन् ।

अखिल नेपाल फुटबल सङ्घ (एन्फा) का अनुसार बङ्गलादेशविरुद्धको अन्तरराष्ट्रिय मैत्रीपूर्ण खेलका लागि ढाकामा रहनुभएका उपाध्यायलाई कोरोना भएको हो । 

सङ्क्रमित उपाध्यायको अहिले ढाकास्थित बंगबन्धु शिख मुजिब मेडिकल अस्पतालमा उपचार भइरहेको एन्फा अध्यक्ष कर्माछिरिङ शेर्पाले जानकारी दिए । उनको स्वास्थ्य अवस्था सामान्य छ । यसअघि नेपाली फुटबल टोलीका एक खेलाडीमा पनि कोरोना सङ्क्रमण पुष्टि भएको थियो । 

नेपाली फुटबल टोली बङ्गलादेशविरुद्ध दुई अन्तरराष्ट्रिय खेल खेल्न ढाका गएको हो । गत कात्तिक २८ गते भएको पहिलो खेलमा नेपाली टोली बङ्गलादेशसित २–० गोलले पराजित भएको थियो भने मङ्गलबार भएको दोस्रो खेल बङ्गलादेशसित गोलरहित बराबरी खेलेको थियो । नेपाली फुटबल टोली बिहीबार स्वदेश फर्कने एन्फाले जनाएको छ । 

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.