प्रदेश १ मा ४४० कोरोना सङ्क्रमित थपिए
बुधबार, ०३ मङ्सिर २०७७, २१ : ४०
पछिल्लो २४ घण्टाको अवधिमा प्रदेश १ मा ४४० जना कोरोना सङ्क्रमित थपिएका छन् । तीमध्ये १४६ महिला र २९४ पुरुष छन् ।
थपिएका सङ्क्रमितमा मोरङका २२३ मध्ये विराटनगरका १२४, सुनसरीका ८४, झापाका ६६, इलामका १२, उदयपुरका ११, सङ्खुवासभाका पाँच, पाँचथरका चार, धनकुटाका दुई, ताप्लेजुङ, ओखलढुङ्गा र भोजपुरका एक÷एक र प्रदेश बाहिरका ३० जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
यस प्रदेशमा अहिलेसम्म कोरोना सङ्क्रमितको सङ्ख्या २४ हजार ५१६ पुगेको छ भने आज ३६३ जनासहित अहिलेसम्ममा १९ हजार २३१ जना निको भएर घर फर्किएका छन् । पछिल्लो २४ घण्टाको अवधिमा यस प्रदेशमा एक हजार २६१ जनासहित कूल एक लाख ८० हजार ५३० जनाको पिसिआर परीक्षण भइसकेको मन्त्रालयले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कतारको चाहना ‘डोमेस्टिक वर्कर’, नेपालको चाहना ‘श्रम समझदारी रिभ्यू’
-
बागमतीको समृद्धि : उत्पादन र रोजगारीमा वृद्धि
-
उपनिर्वाचनमा आजदेखि प्रचारप्रसार गर्न नपाइने
-
आज यी चार प्रदेशमा चट्याङ्गसहित हल्का वर्षा, लुम्बिनी प्रदेशमा हावाहुरीको सम्भावना
-
यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर
-
महोत्तरीको मटिहानीमा ६ घण्टापछि आगो नियन्त्रणमा