शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

बाराबाट भन्सार छलीको ४८ लाख ६१ हजारको सामान बरामद

बुधबार, ०३ मङ्सिर २०७७, २० : ०२
बुधबार, ०३ मङ्सिर २०७७

काठमाडौं । बाराका विभिन्न सीमा–नाकाबाट प्रहरीले ठुलो परिमाणमा भन्सार छलीको सामान बरामद गरेको छ ।

तिहार शुरु भएपछि विभिन्न स्थानबाट ४८ लाख ६१ हजार मुल्यको कपडा र किराना सामान बरामद गरिएको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता (डिएसपी) गौतम मिश्रले रातोपाटीलाई बताए ।

भारतबाट भन्सार छलेर नेपालतर्फ सामान ल्याउने दुईजनालाई प्रहरीले पक्रेको छ । अवैध मालसामान ओसार पसारमा प्रयोग भएको प्र–३–०१–०२२च ७०७० नम्बरको कार र एउटा मोटरसाईकल पनि प्रहरीले बरामद गरेको छ ।

बरामद सामान र सवारी भन्सार कार्यालय बिरगन्जमा बुझाइएको डिएसपी मिश्रले बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप