शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

घोराहीबाट २ लाख ६८ हजार नगदसहित ७ जुवाडे पक्राउ

बुधबार, ०३ मङ्सिर २०७७, १७ : ४१
बुधबार, ०३ मङ्सिर २०७७

काठमाडौं । प्रहरीले दाङको घोराहीबाट २ लाख ६८ हजार नगदसहित ७ जना जुवाडेलाई पक्राउ गरेको छ । वुधवार बिहान ३ बजे घोराही उप–महागनरपालिका–१६ मुनाटोलका पूर्णराज भण्डारी उर्फ गोपालको घरमा छापा मारेर नगदसहित जुवा खेल्नेहरुलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय दाङका एसपी गणेश चन्दले रातोपाटीलाई बताए ।

पक्राउ पर्नेमा घोराही–१६ बस्ने तेजप्रसाद गिरी, डम्बर डिसी, प्रेमराज भण्डारीउर्फ शिवराज र २८ वर्षीय विवेक भण्डारी छन् । त्यस्तै, घोराही १७ का ३४ बर्षीय किशोर बुढा मगर र  २७ बर्षीय अजय भुसाल पनि जुवाको खालबाट पक्राउ परेका छन् ।

भण्डारीको घरमा जुवा खेलिरहेको सुराकको आधारमा प्रहरीले छापा मारेको थियो । जुवा खेल्नेहरुको साथबाट ६ गड्डी तास बरामद गरिएको छ । पक्राउ गरिएकालाई प्रहरीले जुवा ऐनमा मुद्दा चलाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप