बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

अमेरिकामा कोरोनाको तीव्र परीक्षण गर्न नयाँ विधिलाई अनुमति

बुधबार, ०३ मङ्सिर २०७७, १६ : ४१
बुधबार, ०३ मङ्सिर २०७७

वासिङ्टन ।अमेरिकामा कोरोनाभाइरसको तिब्र परीक्षणका लागि  सरकारको आधिकारिक निकायले अनुमति दिएको छ । आपतकालिन अवस्थामा मात्रै प्रयोग गर्न सकिने गरी मंगलबार पहिलो पटक यस्तो अनुमति प्रदान गरिएको हो । घरमा समेत प्रयोग गर्न मिल्ने यस विधिले ३० मिनेटमा नै कुनै व्यक्तिलाई कोरोना संक्रमण भएको छ छैन भन्ने नतिजा देखाउने जनाइएको छ । 

अमेरिकाको नियामक निकायको रुपमा रहेको खाद्य तथा औषधी सम्बन्धी कार्यालयले यसलाई कोरोनाभाइरस नियन्त्रणका लागि एउटा महत्वपूर्ण कदमको रुपमा लिएको छ । अहिले प्रारम्भिक चरणमा यो विधिलाई सिमित ठाउँमा र सिमित अवस्थामा मात्रै प्रयोग गर्न दिइने अधिकारीहरुले जनाएका छन् । 

प्रयोगका लागि अनुमति दिइएको औषधी क्यालिफोर्नियाको औषधी उत्पादक कम्पनी लुकिरा हेल्थले उत्पादन गरेको हो । विरामी आफैंले नाकबाट स्वाव परीक्षण गर्न मिल्ने र औषधी प्रयोग गर्न सक्ने पनि कम्पनीका अधिकारीहरुले जानकारी दिएका छन् । अमेरिकामा हाल घरमै पनि व्यक्तिले स्वाब लिएर परीक्षणका लागि प्रयोगशालामा पठाउन सक्छन् वा तोकिएका स्वास्थ्य केन्द्रमा गएर परीक्षण गर्न सक्छन् तर परीक्षणको नतिजा प्राप्त गर्न लामो समय पर्खिनुपर्दछ । –एपी
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप