शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

आजबाट टेलिभिजनमा ‘नेपाली कमेडी शो’

बुधबार, ०३ मङ्सिर २०७७, १२ : ३९
बुधबार, ०३ मङ्सिर २०७७

काठमाडौं । स्ट्याण्ड–अप कमेडीमा आधारित नयाँ टेलिभिजन कार्यक्रम ‘नेपाली कमेडी शो’ प्रसारणमा आउने भएको भएको छ । हास्यकलाकार राजा राजेन्द्र पोखरेलद्वारा निर्मित कार्र्यक्रम आज मंसिर ३ गते बुधवारदेखि  जनता टेलिभिजनबाट प्रसारणमा आउन लागेको हो ।

राती ८ः४५ बजेदेखि प्रसारण हुने कार्यक्रम उज्वल प्रशान्तले निर्देशन गरेका हुन् ।  एक घण्टा लामो कार्यक्रममा कलाकारहरु राजा राजेन्द्र पोखरेल, सुवोध गौतम, दिनेश काफ्ले, प्रभात लामा, राधिका कँडेल, सुन्दर खनाल, कल्पना खतिवडा, सुयासा खनाललगायत कलाकारले जोडदार प्रस्तुति मार्फत दर्शकलाई हँसाउनेछन् ।  कार्यक्रम जनता टेलिभिजन एचडीको प्रस्तुतिमा तयार पारिएको हो ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप