
३३ लाख ५० हजारको लागतमा उद्यान निर्माण
सिन्धुलीको फिक्कल गाउँपालिकाले उद्यान निर्माण गरेको छ । गाउँपालिका–५ सोल्पाठानामा ‘उद्धव स्मृति उद्यान’ निर्माण गरिएको हो ।
साविक सोल्पाठना गाउँ विकास समितिमा २०५४ सालमा निर्वाचित अध्यक्ष उद्धव खड्काको सम्झनामा उद्यान निर्माण गरिएको गाउँपालिका उपाध्यक्ष पार्वती सुनुवारले जानकारी दिइन् । उपचारका क्रममा कार्यकालमा नै उनको निधन भएको थियो ।
फिक्कल गाउँपालिकाको रु १९ लाख ५० हजार र सङ्घीय सांसद कोषको रु १४ लाख गरी कूल ३३ लाख ५० हजारमा उद्यान निर्माण गरिएको उनले जानकारी दिए । उद्यानमा पोखरी, छतसहितको प्रतीक्षालय, मञ्च, चिनियाँ दुबोको बगैँचा तथा बस्ने चौतारा छन् ।
उद्यान निर्माणले गाउँपालिकामा आउने पर्यटकका लागि अवलोकनस्थल पनि निर्माण भएको छ । यसबाट राजनीतिमा लागेका व्यक्तिलाई असल काममा लाग्न प्रेरणा मिल्ने पनि उनले बताइन् । खड्कालाई विकासप्रेमी र दूरदर्शी नेताका रुपमा स्थानीयवासीले चिन्ने गरेका छन् । विसं २०५४ मा निर्वाचित भएपछि खड्काले यस क्षेत्रमा मोटर बाटो र बिजुली बत्ती ल्याउने गरेको सङ्कल्प आज पूरा भएको स्थानीयवासीको भनाइ छ ।

रातोपाटीको अंग्रेजी, हिन्दी र ग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
रासस
राष्ट्रिय समाचार समिति नेपालकाे सरकारी समाचार संस्था हाे ।
तपाईको ईमेल गोप्य राखिनेछ