
म्युजिक भिडियोमा अभिनयको मौका दिनुअघि ‘बलात्कार’ प्रयास

काठमाडौं । किशोरीलाई म्युजिक भिडियोमा अभिनयको मौका दिनुअघि बलात्कार प्रयास गरेको अभियोगमा एक युवालाई प्रहरीले पक्रेको छ ।
सर्लाहीको चन्द्रपुर नगरपालिका–४ घर भइ काठमाडौं बस्दै आएका रविराज साहलाई प्रहरीले काठमाडौंको जडिबुटीबाट पक्राउ गरेको हो । म्युजिक भिडियो बनाउँदै आएका साह जडिबुटी बस्थे ।
जनकपुर बस्ने एक किशोरीलाई उनले ‘म्यूजिक भिडीयोको सुटिङ छ’ भनेर काठमाडौं बोलाए । तर, भिडियोमा खेल्न दिनुअघि रविराजले जडिबुटीस्थित कोठामा लगेर बलात्कारको प्रयास गरेको किशोरीले बताएकी छिन् ।
जडिबुटीबाट साहलाई पक्राउ गरिएको महानगरीय प्रहरी वृत्त बानेश्वरका डीएसपी दक्ष कुमार बस्नेतले रातोपाटीलाई बताए । बस्नेतले भने, ‘बलात्कार प्रयास मुद्धामा म्याद लिएर थप अनुसन्धान गरिरहेका छौँ ।’

रातोपाटीको अंग्रेजी, हिन्दी र ग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
रातोपाटी संवाददाता
‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम २०७० जेठ २७ देखि सञ्चालनमा आएको हो ।
तपाईको ईमेल गोप्य राखिनेछ