शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

‘अहिले त संविधान पनि प्रधानमन्त्री बन्नकै लागि मात्र स्वीकारेका हुन् कि जस्तो लाग्छ’

प्रधानमन्त्री पदको यति लोभी हुनुहुन्छ कि उहाँले सबै मान्नुहुन्छ, हेर्दै जानुहोला : मात्रिका यादवसँगको अन्तरवार्ता
बुधबार, ०३ मङ्सिर २०७७, १० : ०८
बुधबार, ०३ मङ्सिर २०७७

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्रको विवाद उत्कर्षमा पुगिसकेको छ । कतिपय नेताहरु पार्टी एकता नै संकटमा परेको भन्दै चिन्ता व्यक्त गरिरहेका छन् । शीर्ष नेताहरु आ–आफ्नो गुटको छलफलमा छन् । दुईजना अध्यक्षको बीचमा पत्र आदान–प्रदान पनि भएको छ तर पत्रले पार्टीका समस्या समाधान गर्नुभन्दा झन् बिगारेको जस्तो देखिएको छ । त्यसो त, पार्टी एकता भए यता कयौँ पटक यस्ता समस्या नआएका होइनन् । तमाम विवादलाई कुनै न कुनै रुपमा सुल्झाएर सम्भावित दुर्घटना टार्न नेताहरु सफल हुँदै आएका छन् । तर विवाद सुल्झाउने क्रममा विगतमा भएका सहमतिहरु पालना नभएको भन्दै यतिबेला सचिवालयका बहुमत सदस्यहरु बैठक बोलाएर आवश्यक निर्णय गर्ने तयारीमा छन् । नेकपाभित्रको पछिल्लो विवाद समाधान होला त ? समाधानका आधार के हुन सक्छन् ? प्रस्तुत छ, नेकपाको आन्तरिक राजनीतिमा उठेका यी र यस्ता अनेक प्रश्नका बारेमा सो पार्टीका स्थायी कमिटी सदस्य एवं पूर्वमन्त्री मातृका यादवसँग रातोपाटीका प्रतिनिधिले गरेको कुराकानीः

नेकपा गठन भएदेखि नै सानोतिनो विवाद हुँदै आएकै हो । अहिले विवादले ठुलो रुप लिएको छ । खासमा यत्रो विवाद कसरी उत्पन्न भयो ?

–विश्वमै एकखालको राजनीतिक धु्रवीकरणको बहस चलिरहेको बेला विभिन्न दुई धारमा रहेको एमाले र माओवादी पार्टीबीच चुनावी मोर्चा हुँदै एकीकरण भयो । पार्टी एकतासँगै एउटा वैचारिक, राजनीतिक, संगठनात्मक रुपमा प्रतिवेदन नै पारित भयो । विधि, विधान सबै निर्माण भयो । अहिले त्यही विधि, विधानलाई मान्ने कि कसैको व्यक्तिगत विचारलाई मान्ने भन्नेमा संघर्ष चलिरहेको छ ।

एउटा धार आफू खुसी हिँड्न खोज्ने, एउटा धार पार्टीको विचार, पद्धति, सिद्धान्तअनुसार हिँड्न खोज्ने र हिँडाउन खोज्ने । यसखालको दुईटा धार सुरुदेखि नै थियो तर सुरुमा विवाद त्यति गहिरिएको थिएन । पार्टीको गतिविधि अगाडि बढ्दै जाँदा दुईवटा चिन्तन झाङ्गिदै गयो । पार्टीको जुन मूल्य–मान्यता छ, त्यो अनुसार अगाडि बढ्ने कि व्यक्तिको सोच अनुसार अगाडि बढ्ने भन्नेमा संघर्ष चलिरहेको छ । पार्टीको नेतृत्वमा सरकार बस्ने कि सरकारको नेतृत्वमा पार्टी बस्ने भन्ने पनि अहिले बहसको विषय बनेको छ ।

अहिले त ‘संघीय लोकतान्त्रिक गणतन्त्र आवश्यक नै थिएन, किन मान्ने ? द्वन्द्व व्यवस्थापन गर्नका लागि मानिदिएको हो’ भनिरहेका छन् । संविधान पनि प्रधानमन्त्री बन्नका लागि मात्र मानेका हुन् जस्तो लाग्छ । प्रधानमन्त्री बन्न हतार भएका कारण फास्ट ट्रयाकबाट संविधान बनाउन लागेको कुरा कसैबाट लुकेको छैन ।

सरकारलाई नेतृत्व गरेको व्यक्ति (केपी शर्मा ओली) र पार्टीको सिद्धान्त, विचारलाई नेतृत्व गरेको व्यक्ति (प्रचण्ड) बीच संघर्ष चलिरहेको छ । यसलाई कतिपयले पदको बाँडफाँटको झगडा हो पनि भनिरहेका छन् । त्यो बिल्कुलै होइन, त्यो सरासर गलत आरोप हो । पार्टीभित्र विचार, पद्धति, विधि, विधानलाई स्थापित गराउन संघर्ष भइरहेको छ ।

तपाई पार्टीभित्र व्यक्तिवादी सोच र पार्टीमा विधि, विधान, पद्धति, विचार स्थापित गराउने बीच संघर्ष चलिरहेको बताउनु हुन्छ । पार्टीमा विधि, विधान, पद्धति, विचार स्थापित भइसकेको छ कि त्यो स्थापित हुने क्रममा छ ?

–पार्टी निर्माणको क्रममा राजनीतिक प्रतिवेदन तयार हुँदा त्यसको बारेमा बहस सुरु भएको थियो । त्यसलाई मान्ने तथा आत्मसात् गर्ने काम भयो । तर अहिले एक पक्षबाट त्यसलाई छाड्ने काम भइरहेको छ । अहिले त ‘संघीय लोकतान्त्रिक गणतन्त्र आवश्यक नै थिएन, किन मान्ने ? द्वन्द्व व्यवस्थापन गर्नका लागि मानिदिएको हो’ भनिरहेका छन् । संविधान पनि प्रधानमन्त्री बन्नका लागि मात्र मानेका हुन् जस्तो लाग्छ । प्रधानमन्त्री बन्न हतार भएका कारण फास्ट ट्रयाकबाट संविधान बनाउन लागेको कुरा कसैबाट लुकेको छैन । अर्थात् कसैलाई प्रधानमन्त्री बन्नु थियो र त्यतिबेला हतारमा संविधानलाई स्वीकार गरियो भन्ने कुरा अहिले आएर पुष्टि भएको छ ।

पार्टी एकतामा पनि जुन सहमतिमा हस्ताक्षर भयो, जुन प्रतिवेदनमा हस्ताक्षर भयो, त्यो पनि प्रधानमन्त्री बन्नकै लागि भएको कुरा अहिले आएर पुष्टि भएको छ । नत्र जे सहमति भएको छ, जे प्रतिवेदन पारित भएको छ त्यसलाई व्यवहारमा लागु गर्नुप-यो । ‘जे छु मै छु, अरु कोही छैन । मैले नै यो पार्टी बनाएको हुँ, मैले नै सबैथोक गरेको हो, मलाई जनताले प्रधानमन्त्री बनाईदिएका हुन्’ भन्नेजस्ता भ्रम कसैमा छ भने उसले बुझ्नु प¥यो, जनताले व्यक्तिलाई होइन, पार्टीलाई मत दिएका हुन् । तर उहाँ (ओली) मा यी सबै चिज मैले नै गरेको हो भन्ने दम्भ छ । जनताको जनवाद अहिलेको राजनीतिक कार्यदिशा हो । तर उहाँ (ओली) ले अहिले जनताको बहुदलीय जनवादका लागि हल्ला गरिरहनु भएको छ । सहमति गर्ने बेलामा जनताको जनवादमा गर्नुभयो, अहिले आएर जनताको बहुदलीय जनवादको अडानमा बस्नु भएको छ । यो गलत कुरा हो । सोच अग्रगामी हुनु प¥यो, पश्चगामी होइन । अगाडिको कुरा सोच्नु प¥यो, पछाडिको होइन । पार्टीको विधि, विधान र प्रतिवेदनलाई उहाँले स्वीकार गर्न चाहनु भएको छैन । पार्टीभित्रको विवादको मुख्य जड नै यही हो ।

प्रचण्डलगायतका नेताहरुले भन्दै आएको पद्धति, विचार, विधि, विधान निर्माणकै क्रममा छ कि निर्माण भइसकेको अवस्था हो ?

–विधि, विधान र पद्धति निर्माण भइसकेको छ । त्यसलाई पूर्णता दिने काम महाधिवेशनबाट हुन्छ । प्रचण्ड लगायतका नेताहरुले जुन कुरा भनिरहनु भएको छ, त्यो पार्टीको लाइन हो । पार्टीको लाइन र विचारलाई सबैले मान्नु प¥यो । पार्टीको पद्धति, विचारभन्दा बाहिर गएर कसैले कुरा गर्न मिल्दैन । व्यक्तिवादी सोचले न देश बन्छ, न पार्टी बन्छ । पार्टी, सरकार के को लागि ? देश बनाउनका लागि न हो ! जनतालाई सुख, सुविधा, विकास दिन सकिएन भने किन चाहियो पार्टी, किन चाहियो सरकार ? आम रुपमा जनताले प्रश्न उठाउन थालेका छन् । यसको जवाफ कसले दिने ? यसको दायित्व कसले लिने ? यसको जिम्मेवारी कसले लिने ? व्यक्तिवादी सोचले कुनै पनि समस्या समाधान हुँदैन ।

तपाईहरुले भनेजस्तै केपी शर्मा ओलीले पनि मैले पार्टी र सरकारलाई विधि र पद्धतिमा चलाउन खोजेको हुँ तर पार्टीका नेताहरुबाट नै असहयोग भयो भन्ने आरोप लगाउँदै आउनु भएको छ, दुवै पक्षको आरोप उस्तैउस्तै छ । कसको कुरालाई सही मान्ने त ?

–उहाँ (ओेली) ले के भनिरहनु भएको छ, के गरिहनु भएको छ, त्यो कुरा आमजनताले पनि हेरिरहनु भएको छ र सुनिरहनु भएको छ । कसले झुठ बोलिरहेको छ, कसले सत्य बोलिरहेको छ भन्ने प्रस्टै छ । यदि केपी शर्मा ओलीको कुरा सही हो भने त्यो कुरा बैठकमा राखेर त्यसको सामना गर्नुप¥यो नि ! मैले पार्टी र सरकारलाई विधि, पद्धतिका आधार चलाउन खोजेको छु तर फलानो फलानोले चल्न दिइरहेका छैनन् भनेर उहाँले पार्टीको बैठकमा भन्नुप¥यो नि ! पार्टीको बैठक बस्न नदिने, बैठक बसे पनि त्यसमा नआउने । पार्टीको निर्णय पनि नमान्ने, यस्तो कहीँ हुन्छ ? पार्टीको अध्यक्षले नै पार्टीको निर्णय म मान्दिन, पार्टीको बैठक बस्यो भने पार्टी फुटाईदिन्छु, पार्टीको बैठक नराख्नू भनेको कुरा तपाईले नेपालको राजनीतिमा आजसम्म कहिले सुन्नु भएको छ ? तर नेकपाका अध्यक्ष र सरकारका प्रधानमन्त्री  केपी शर्मा ओली अहिले भन्दै आएको कुरा नै त्यही हो । उहाँले झुटो बोलिरहनु भएको छ भन्ने कुराको योभन्दा अर्को प्रमाण के चाहियो ? त्यसैले समस्या उहाँ (ओली) मा छ ।

एक पक्षले अर्कोमा समस्या देखिरहेको छ भने अर्को पक्षले अर्कै पक्षमा समस्या देखाइरहेको छ, समस्या कसमा छ भने कुरा समय क्रम वा विस्तारै प्रमाणित हुँदै जाला, तर....

– समय क्रम वा पछि होइन, अहिले नै रिजल्ट कस्तो आइरहेको छ भन्ने हेर्नु प¥यो । पार्टी बर्बाद भइरहेको छ । देश बर्बाद भइरहेको छ । यस्तो अवस्थामा के हुने हो, के नहुने हो भनेर हेर्न भविष्यलाई कुर्ने होइन । पछिका लागि पर्खिने होइन । गल्ती उहाँमा छ भने सच्चिनु प¥यो ।

यस्तै चलिरह्यो भने पार्टी एक नरहन पनि सक्छ भन्ने अवस्था आइसकेको हो ?

–पार्टी एक रहन्छ एक रहँदैन भनेर अहिले सोच्ने विषय नै होइन । कसैलाई पार्टीको विचार र सिद्धान्त मन पर्दैन भने त्यसले यो कुरा सोच्ने हो । समाजवाद उन्मुख जनताको जनवादलाई आत्मसात् गर्ने भन्ने कुरामा सहमति जनाउनु भएको थियो नि त उहाँले ! पार्टीको विधि विधानलाई आत्मसात गरेर अगाडि बढ्नुपर्ने बेलामा फेरि पछाडि फर्किने प्रयास भइरहेको छ । पाँच वर्ष भइसक्यो संविधान निर्माण भएको तर समाजवाद खै ? समाजवाद ल्याउन, त्यो अनुसारको कार्यक्रम ल्याउन कसले रोकेको छ उहाँलाई ? पार्टीले रोकेको छ र ? कुनै व्यक्तिले रोकेको छ र ? उहाँले आफूलाई चाहिने विषयमा भटाभट निर्णय गरिरहनु भएको छ । जहाँ असजिलो हुन्छ अनि पार्टीले सहयोग गरेन, पार्टीका नेताले विरोध ग-यो भनि हल्ला गर्नुहुन्छ, जसमा कुनै सत्यता हुँदैन । उहाँको कुन कामलाई पार्टीले रोक्यो ? त्यो कुरा उहाँले स्पष्ट रुपमा भन्नुप-यो । आरोपमात्र लगाएर हुँदैन, प्रमाणित पनि गर्नुप-यो ।

दसैँ भत्ताको बारेमा सरकारले नै निर्णय गरेको थियो, पछि त्यसको विरोध हुन थालेपछि उहाँले फिर्ता लिनुभयो । उहाँले त्यो फिर्ता लिँदा पार्टीमा कुनै छलफल गर्नुभएको थिएन, तैपनि हामीले समर्थन ग-यौं र त्यसलाई सफल पा-यौं, पार्टीका कसैले त्यसको विरोध गरेन नि ! अर्थात् राम्रो काम गरेपछि सबैको साथ र सहयोग कायम नै रहन्छ । कोरोनालाई कसरी जित्ने, यसलाई कसरी नियन्त्रण गर्ने भन्ने विषयमा जहिले पनि पार्टीले कुरा उठाईरहन्थ्यो तर उहाँले कहिल्यै त्यसमा चासो दिनुभएन ।

मान्नुपर्छ नि, नमान्ने कुरै हुँदैन । पार्टीमा बस्ने र पार्टीले गरेको निर्णय नमान्ने भनेर हुन्छ र ! नेताहरुले वास्ता नगरेका कारण त अहिलेसम्म उहाँले पार्टीको निर्णय मान्नुभएको छैन नि ! नेताहरुले आजैबाट कडाइ गरुन् त, उहाँले पनि पार्टीको निर्णय मान्न बाध्य हुनुपर्ने अवस्था आउँछ ।

पार्टीमा विवाद छ भन्ने कुरा त छर्लङ्ग नै छ, तर यो संकटबाट पार्टीलाई कसरी जोगाउने ?

–म त भन्छु, अब कमरेडहरु प्रचण्ड, माधवकुमार नेपाल, झलनाथ खनाल, वामदेव गौतम, नारायणकाजी श्रेष्ठले खुट्टा कमाउनु हुँदैन । उहाँहरुको अगाडि ठूलो चुनौती छ । उहाँहरुले त्यो चुनौतीको सामना गर्दै अगाडि बढ्नु हुन्छ भने मलाई विश्वास छ ।

‘खुट्टा कमाउनु हुँदैन’ भन्नुभयो, यसको अर्थ के हो ?

–उहाँहरुले छलफल गर्नुहुन्छ, पार्टीबाट निर्णय गर्नुहुन्छ । सचिवालयको बैठक बोलाउनु भएको छ । सम्भवतः आज (बुधबार) बस्छ होला । सचिवालयको बैठकपछि स्थायी कमिटीको बैठकमा लग्नुपर्छ । स्थायी कमिटीको बैठक सम्पन्न भएपछि त्यसलाई केन्द्रीय समितिको बैठकमा लाग्ुपर्छ । पार्टीलाई लाइन अनुसार चलाउने यो नै महत्वपूर्ण प्रकृया हो । मंसिर १५ गतेका लागि केन्द्रीय समितिको बैठक बोलाइएको छ । त्यो बैठकमा पनि यो बहसलाई लैजान सकिन्छ । अब उहाँहरुले निर्णय गर्ने बेला आएको छ । सबभन्दा शक्तिशाली भनेको केन्द्रीय समितिको बैठक हो । त्यो बैठकबाट पार्टीका तमाम समस्याको निर्क्यौल गर्नुपर्छ ।

तर प्रधानमन्त्री ओलीले प्रष्ट भनिसक्नु भएको छ कि म पार्टीको निर्णय पनि मान्दिनँ, कुनै बैठकमा आउदिनँ र एक पक्षीय ढंगले निर्णय गरे पार्टी फुट्नेसम्मको चेतावनी दिनुभएको छ । तपाईहरु पार्टीको निर्णय नै सर्वोपरी हुन्छ भनिरहनु भएको छ, समस्या कसरी समाधान हुन्छ त ?

–उहाँले घुर्की देखाउनु हुन्छ । अहिले बैठकमा आउन थाल्नु भएको छ । उहाँले डर देखाएर, हप्काएर पार्टी र सरकार चलाउन खोज्नुभएको छ, त्यो अब चल्दैन भन्ने कुरा सायद उहाँले बुझ्नुभएको छैन । बुढेसकालमा केटाकेटीपन आउँदो रहेछ, सायद त्यही नै उहाँमा आएको छ जस्तो लाग्छ । उहाँबाहेक पनि थुप्रै बैठक बसेका छन् । निर्णयहरु पनि भएका छन् । अहिले पनि उहाँ नआए अब कुरेर बस्ने होइन, अगाडि बढ्छ र बढ्नु पनि पर्छ । एकजनाका लागि देश र पार्टीलाई बर्बाद हुन दिनुहुँदैन ।

यदि कुनै अप्रिय निर्णय लिनुभयो भने उहाँकै लागि आत्मघाती हुनसक्छ । अप्रिय निर्णय होइन, उहाँले जनता र देशको हितमा प्रिय निर्णय गर्नुपर्छ । ज्ञानेन्द्रले पनि संविधान मिचेर ‘कु’ गर्नुभएको थियो नि त । त्यसको परिणाम के भयो त ? इतिहासमा यस्ता कुराहरु खोज्ने हो भने धेरै उदाहरण छन् जसको अन्त्य राम्रो भएको छैन । प्रधानमन्त्री ओलीले आफ्नो अन्त्य कसरी गराउनुहन्छ, आफ्नो कार्यकाल कसरी सम्पन्न गराउनुहुन्छ, त्यो उहाँमा भर पर्ने कुरा हो ।

प्रधानमन्त्री ओलीले पटक-पटक ‘पार्टीको निर्णय मान्दिनँ’ भन्नुभएको छ, यदि पार्टीले भोलि गएर कुनै निर्णय ग¥यो र त्यसलाई प्रधानमन्त्री ओलीले मान्नुभएन भने त्यसपछिको स्टेप के हुन्छ तपाईहरुको ?

–मान्नुपर्छ नि, नमान्ने कुरै हुँदैन । पार्टीमा बस्ने र पार्टीले गरेको निर्णय नमान्ने भनेर हुन्छ र ! नेताहरुले वास्ता नगरेका कारण त अहिलेसम्म उहाँले पार्टीको निर्णय मान्नुभएको छैन नि ! नेताहरुले आजैबाट कडाइ गरुन् त, उहाँले पनि पार्टीको निर्णय मान्न बाध्य हुनुपर्ने अवस्था आउँछ । पार्टी बचाउनलाई, देश बचाउनलाई, जनताको दुःख सम्बोधन गर्नलाई पार्टीलाई अगाडि बढाउनु प-यो । देश र पार्टीलाई अब यथास्थितिमा छाड्नु हुँदैन । पार्टीभित्र विधि र पद्धतिलाई कार्यान्वयन गराउँदै अगाडि बढ्नुपर्ने आवश्यकता आइसकेको छ ।

प्रचण्डसँगको भेटमा त प्रधानमन्त्री ओलीले ‘तपाईहरुले धेरै जोरजबरजस्ती गर्नुभयो भने कुनै अप्रिय निर्णय पनि लिनसक्छु’ भनेर चेतावनी दिनुभएको कुरा पनि बाहिर आएको छ, उहाँले कस्तो अप्रिय निर्णय लिन सक्नुहुन्छ जस्तो लाग्छ तपाईलाई ?

–यदि कुनै अप्रिय निर्णय लिनुभयो भने उहाँकै लागि आत्मघाती हुनसक्छ । अप्रिय निर्णय होइन, उहाँले जनता र देशको हितमा प्रिय निर्णय गर्नुपर्छ । ज्ञानेन्द्रले पनि संविधान मिचेर ‘कु’ गर्नुभएको थियो नि त । त्यसको परिणाम के भयो त ? इतिहासमा यस्ता कुराहरु खोज्ने हो भने धेरै उदाहरण छन् जसको अन्त्य राम्रो भएको छैन । प्रधानमन्त्री ओलीले आफ्नो अन्त्य कसरी गराउनुहन्छ, आफ्नो कार्यकाल कसरी सम्पन्न गराउनुहुन्छ, त्यो उहाँमा भर पर्ने कुरा हो । बृहत पार्टी एकताको प्रस्ताव उहाँ (ओली) को होइन, त्यो प्रस्ताव कमरेड प्रचण्डको हो । जसको प्रस्तावबाट एकता प्राप्त भएको छ, त्यसलाई जोगाउने जिम्मेवारी पनि उसैको हुन्छ । प्रचण्डले एकतालाई जोगाउन हरसम्भव प्रयास गरिरहनु भएको छ । प्रचण्डले पटक पटक लचकता देखाउनु भएको छ । उहाँले लचकता यति देखाईसक्नु भएको छ कि अब हद भयो । अझै पनि लचकता देखाउनु भयो भने पार्टी बर्बाद हुन्छ । लचकता अपनाउँदै गयो भने उहाँ (ओली)मा म जे भन्छु त्यही हुँदो रहेछ भन्ने दम्भ पलाउँछ । त्यो दम्भलाई हटाउनका लागि भए पनि अब सख्त भएर अगाडि बढ्नुपर्छ । मलाई विश्वास छ कि अब उहाँ (प्रचण्ड)हरु अगाडि बढ्नु हुन्छ ।

हाम्रै गाउँमा उहाँ (ओली) कै समर्थकले आफ्नै पार्टीका दुईजना मान्छे मारेको हो । तर अझै उहाँले आफ्ना ती समर्थकलाई नेता बनाइराख्नु भएको छ । कम्युनिस्ट आन्दोलनमा पनि त्यस्ता व्यक्तिहरु छन् । आफ्नै पार्टीका कमरेडहरुलाई मार्न लगाउने जस्ता घृणित काम भएको छ । मेरो विचारमा त पार्टीभित्र हुने यस्तो गतिविधिको बारेमा छानविन गर्न एउटा आयोग नै बन्नुपर्ने हो । बारामा एमालेकै मान्छे मारिएको छ र एमालेकै मान्छे जेलमा छ । यस्ता धेरै घटना छन् जसको छानविन हुन आवश्यक छ ।

अब के अन्तिम अस्त्रको रुपमा ओलीविरुद्ध अविश्वास प्रस्ताव ल्याउने हो ?

–हामीले किन अविश्वासको प्रस्ताव लगाउनु प-यो र ! पार्टी तथा संसदीय दलले जे निर्णय गर्छ, त्यो उहाँले मान्नुपर्छ । र, मलाई विश्वास छ कि उहाँले मान्नु हुन्छ । उहाँ पदको यति लोभी हुनुहुन्छ कि उहाँले सबै मान्नुहुन्छ, हेर्दै जानुहोला ।

पार्टीको केन्द्रमा देखिएको विवाद तल्लो कमिटीमा समेत पुग्न थालिसक्यो, आन्तरिक विवादकै क्रममा भएको झडपमा एक कार्यकर्ताको ज्यान पनि गयो । अझै यो पार्टी लाइनमा आउँछ र सुध्रिन्छ भन्ने लाग्छ तपाईलाई ?

–विगतमा पनि यस्तो भएको हो । हाम्रै गाउँमा उहाँ (ओली) कै समर्थकले आफ्नै पार्टीका दुईजना मान्छे मारेको हो । तर अझै उहाँले आफ्ना ती समर्थकलाई नेता बनाइराख्नु भएको छ । कम्युनिस्ट आन्दोलनमा पनि त्यस्ता व्यक्तिहरु छन् । आफ्नै पार्टीका कमरेडहरुलाई मार्न लगाउने जस्ता घृणित काम भएको छ । मेरो विचारमा त पार्टीभित्र हुने यस्तो गतिविधिको बारेमा छानविन गर्न एउटा आयोग नै बन्नुपर्ने हो । बारामा एमालेकै मान्छे मारिएको छ र एमालेकै मान्छे जेलमा छ । यस्ता धेरै घटना छन् जसको छानविन हुन आवश्यक छ । दुश्मनले एक अर्कालाई मार्नु र मार्न लगाउनु अर्कै कुरा हो तर पार्टीभित्रै नेताले अर्को नेतालाई मार्न लगाउनु जघन्य अपराध नै हो । यसको सत्यतथ्य छानविन हुनुपर्छ । एउटा कमरेड मारिएपछि सबैको छाती पोल्नुपर्ने हो, सबैको मन रुनुपर्ने हो । सबैले न्यायका लागि उठ्नुपर्ने हो । तर पार्टीका मान्छे मारिएका छन्, पार्टीकै अर्को मान्छेले मुद्दा दर्ता हुन दिँदैन । रमिता हेरेर बस्छ । उल्टै पीडितमाथि मुद्दा दर्ता गराएको छ ।

गृहमन्त्रीले त मुद्दा दर्ता हुन्छ भन्नुभएको थियो । उहाँले कारवाही प्रक्रिया निष्पक्ष ढंगले अघि बढाउन चाहनु पनि भएको थियो तर मुद्दा दर्ता गर्न झमेला भयो । प्रधानमन्त्री ओलीले सिधै मुद्दा दर्ता नगर्नुस् भनेका होलान् भनेर हामीले बुझ्नुपर्ने हुन्छ । गृहमन्त्रीले मुद्दा दर्ता हुन्छ भन्छन् तर मुद्दा दर्ता हुँदैन भने कुरा प्रष्ट बुझ्नु पर्छ कि उहाँभन्दा माथिकाले रोकेका हुन् ।

पर्साको घटना पार्टीमा एउटा एजेण्डाको रुपमा प्रस्तुत भएको छ, पार्टीले पीडित परिवारलाई न्याय दिलाउन सक्छ त ?

–त्यस्तो जघन्य अपराधमा पनि पार्टीले न्याय दिलाउन सकेन भने त्यो कम्युनिस्ट पार्टी हुनसक्छ र ! न्याय दिन नसकने हो भने त्यो कम्युनिस्टको पार्टी हुँदैन, त्यो भिलेनहरुको पार्टी हुनजान्छ । फिल्महरुमा हुन्छ नि, मन नपरेको मान्छेलाई मारिदिन्छन् । त्यस्तै यहाँ भइरहेको छ । नेकपा पार्टी हिरोहरुको पार्टी बन्नुपर्छ, भिलेनहरुको पार्टी होइन । त्यसैले पर्साको घटनाबारे अन्तर्राष्ट्रिय स्तरको छानविन हुनुपर्छ । ओलीले त घुमाउरो पारामा यो घटना प्रचण्डले गराएको भन्नुहुन्छ । प्रचण्डले त पर्सा घटनाको छानविन हुनुपर्छ भन्दै आउनु भएको छ । त्यो घटना प्रचण्डले गराएको हो कि ओलीले गराएको हो, त्यसको सत्यतथ्य छानविन हुन आवश्यक छ ।

गृहमन्त्री रामबहादुर थापा प्रचण्डकै पक्षबाट गृहमन्त्री बन्नुभएको हो, तै पनि पर्साको उक्त घटनाका बारेमा कानुनी कारवाही अघि बढाउने सन्दर्भमा उहाँको भूमिका प्रभावकारी देखिएन नि, किन ?

–गृहमन्त्रीले त मुद्दा दर्ता हुन्छ भन्नुभएको थियो । उहाँले कारवाही प्रक्रिया निष्पक्ष ढंगले अघि बढाउन चाहनु पनि भएको थियो तर मुद्दा दर्ता गर्न झमेला भयो । प्रधानमन्त्री ओलीले सिधै मुद्दा दर्ता नगर्नुस् भनेका होलान् भनेर हामीले बुझ्नुपर्ने हुन्छ । गृहमन्त्रीले मुद्दा दर्ता हुन्छ भन्छन् तर मुद्दा दर्ता हुँदैन भने कुरा प्रष्ट बुझ्नु पर्छ कि उहाँभन्दा माथिकाले रोकेका हुन् । उहाँभन्दा माथि भनेकै प्रधानमन्त्री हो । प्रधानमन्त्री ओलीले सबैको मन्त्रालयमा हस्तक्षेप गर्नुहुन्छ भन्ने कुरा प्रस्ट नै छ । म आफै मन्त्री भएको बेला उहाँले कतिपय कुरा मलाईसमेत जानकारी नदिइकन मेरो मन्त्रालय अन्तर्गतका निर्णयहरु गर्नुहुन्थ्यो । मेरा मन्त्रालय बेलाबेलामा कसले चलाउथ्यो, त्यो मलाई नै थाहा हुँदैन्थ्यो । उहाँलाई मन लाग्यो भने आफ्नै निवासबाट सबै चेन्ज गरि हाल्नुहुन्थ्यो । बैठकमा प्रस्तावहरु नआए पनि निर्णयहरु गरेर पठाईदिने काम गर्नुहुन्थ्यो उहाँले । यस्तो अवस्थामा उहाँले पीडितको उजुरी नलिनका लागि प्रहरीलाई भन्नु उहाँका लागि कुनै ठूलो कुरा होइन ।

पार्टीमा धेरै कुरा भइसकेको छ, धेरै प्रयोग पनि भइसकेको छ । तर पार्टीमा देखिएको विवादको ठोस समाधान आएन । समाधानको उपाय के हो त, प्रस्ट भनिदिनुस् न ?

–अध्यक्ष प्रचण्डले पनि आफ्नो प्रस्तावमा समाधानका उपायहरु दिनुभएको छ । कमरेड केपी शर्मा ओलीले गम्भीर रुपमा आत्मसमीक्षा गर्ने, आत्मालोचना गर्ने, पार्टी एकता र संविधान, संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा एवं देशको निर्माणमा आवश्यक त्यागसहितको पहल लिई समुचित योगदान दिनुहुन्छ कि भनेर कमरेड प्रचण्डले आफ्नो प्रस्तावमा उल्लेख गर्नुभएको छ । समाधानको सबभन्दा सरल, सहज र हितकर उपाय यही हो ।

तपाईले कतै सुन्नुभएको छ कि माओवादीले एमालेलाई सिध्याउने कुरा गरेको छ ? माओवादी पार्टीको भेला भएको कतै देख्नुभएको छ वा सुन्नुभएको छ ? पूर्व माओवादीको कतै भेला भएको छैन, कतै कुनै छलफल पनि भएको छैन । एमालेलाई सिध्याउनुपर्छ पनि भनेको छैन तर पूर्व एमालेलाई ब्युँत्याउने काम प्रधानमन्त्री केपी शर्मा ओलीबाट नै पटक पटक भएको कुरा पुष्टि नै भएको छ ।

उहाँ (ओली) ले त यसअघि पनि आत्मालोचना गर्नुभएको होइन र ? आत्मालोचनाले नै फेरि पनि समस्या समाधान गर्ला ?

–आत्मालोचना गर्ने कुरा उहाँको थेगो भइसकेको छ । जे कुरामा पनि आत्मालोचना गर्ने, गल्ती सुधार गर्ने भन्नुहुन्छ तर कुरामै सीमित हुन्छ । उहाँले यसअघि अमूर्त कुरा गर्नुहुन्थ्यो भने अब मूर्त रुपमा जानुपर्छ । कहाँ कहाँ गल्ती भएको छ, त्यसलाई कसरी सुधार गर्ने, त्यसमा कसरी आत्मालोचना गर्ने, ती सबै मूर्त रुपमा भन्नुपर्ने हुन्छ, अनिमात्र हुन्छ ।

पार्टी एकीकरणपछि पनि पूर्व एमाले र पूर्व माओवादीबीच भावनात्मक एकता हुन सकेन, एमालेले माओवादी सिध्याउन खोज्ने, माओवादीले एमाले सिध्याउन खोज्ने, यसकै परिणामस्वरुप विवाद झाङ्गिएको त होइन ?

–तपाईले कतै सुन्नुभएको छ कि माओवादीले एमालेलाई सिध्याउने कुरा गरेको छ ? माओवादी पार्टीको भेला भएको कतै देख्नुभएको छ वा सुन्नुभएको छ ? पूर्व माओवादीको कतै भेला भएको छैन, कतै कुनै छलफल पनि भएको छैन । एमालेलाई सिध्याउनुपर्छ पनि भनेको छैन तर पूर्व एमालेलाई ब्युँत्याउने काम प्रधानमन्त्री केपी शर्मा ओलीबाट नै पटक पटक भएको कुरा पुष्टि नै भएको छ । प्रधानमन्त्री ओलीले नै नेकपा एमाले नामको पार्टी दर्ता गराएको कुरा पनि बाहिर आइसकेको छ । उहाँले पूर्व एमालेसँग जुम भेला गरेर कुराकानी गर्नुभएको छ । बेलाबेलामा उहाँले माओवादीलाई सिध्याईदिने भनिरहनु हुन्छ । तर हाम्रो धारणा भनेको न अब एमाले छ, न अब माओवादी छ । अहिलेको पार्टी भनेको नेकपा हो ।

प्रधानमन्त्री ओलीले यो बीचमा पनि माधवकुमार नेपाल, झलनाथ खनाल, वामदेव गौतमलाई बोलाएर विभिन्न प्रलोभन दिनुभएको छ । उहाँहरुसँग पनि माओवादीलाई सिध्याउने कुरा गर्नुभएको छ । तर उहाँहरु यसपटक प्रधानमन्त्री ओलीको प्रलोभनमा पर्नुभएको छैन । यो नै ठुलो कुरा हो । अब एमाले पनि छैन र माओवादी पनि छैन भन्ने कुराको प्रमाण हो यो । यो तालले देश अगाडि बढ्दैन भन्ने कुरा उहाँहरुले पनि बुझिसक्नु भएको छ । सबै कुरा पार्टीको बैठकबाटै समाधान हुनुपर्छ भन्ने कुरामा उहाँहरुको जोड छ । र, यो निकै सकारात्मक कुरा हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप