शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

उत्तरप्रदेशमा ५० बालबालिकामाथि यौन उत्पीडन गरेको आरोपमा ईन्जिनियर पक्राउ

मङ्गलबार, ०२ मङ्सिर २०७७, २३ : २७
मङ्गलबार, ०२ मङ्सिर २०७७

एजेन्सी । भारतको उत्तरप्रदेशका एक जुनियर ईन्जिनियर करिब ५० बालबालिकामाथि यौन उत्पीडन गरेको आरोपमा पक्राउ परेका छन् । उत्तर प्रदेशको सिञ्चाई विभागमा कार्यरत जुनियर इन्जिनियर बालबालिकाहरुमाथि यौन उत्पीडन गरेको आरोपमा पक्राउ परेका हुन् । समाचार एजेन्सी पिटीआइलाई उदृत गर्दै बीबीसी हिन्दीले जनाएनअुसार ती ईन्जिनियर ५० बालबालिकामाथि यौन उत्पीडन गरेको, त्यसको भिडियो बनाएको र तस्बिर बेचेको आरोपमा पक्राउ परेका हुन् । सीबीआइएका एक अधिकारीका अनुसार उनले अनलाइनमार्फत यौन उत्पीडन गरेका थिए ।

ईन्जिनियरले विगत १० वर्षदेखि ५ देखि १६ वर्षसम्मका बालबालिका र किशोरीहरुमाथि यौन उत्पीडन गरेका थिए । यौन उत्पीडनमा पर्ने बालिका र किशोरी उत्तर प्रदेशको चित्रकुट, बांदा र हमिरपुरा जिल्लाका रहेका छन् । अधिकारीहरुकाअनुसार ती इन्जिनियरले पीडितहरुलाई शान्त राख्न नगद र मोबाइल फोन समेत उपहार दिने गरेका थिए ।

त्यसैले पनि उनी लामो समयसम्म कानुनी कार्वाहीबाट सुरक्षित रहन सफल भए । चित्रकुट जिल्लाका ती ईन्जिनियरलाई बाँडाबाट पक्राउ गरिको जनाइएको छ । सीबीआईका प्रवक्ता आरके गौरले भने- ‘उनीसँगबाट नगद, मोबाइल फोन, ल्यापटप, वेभ क्यामेरा, पेन ड्राइभ, मेमोरी कार्ड र धेरै सेक्स खेलौनाहरु समेत बरामद गरिएको छ ।’ पक्राउ परेका जुनियर इन्जिनियरको नाम भने बाहिर सार्वजनिक गरिएको छैन ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप