शुक्रबार, २८ वैशाख २०८१
ताजा लोकप्रिय

दुर्घटनाका घाइतेको उपचारका क्रममा मृत्यु

मङ्गलबार, ०२ मङ्सिर २०७७, २२ : १२
मङ्गलबार, ०२ मङ्सिर २०७७

मोटरसाइल दुर्घटनामा परी घाइते भएका कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–१ बन्साहाका ४० वर्षीय उत्तमसिंह धानुकको उपचारका क्रममा आज मृत्यु भएको छ । 
पूर्व–पश्चिम राजमार्गअन्तर्गत कृष्णपुर–२ वाणीमा मोटरसाइकल दुर्घटनामा परी धानुक सोमबार घाइते भएका थिए । धानुकलाई तत्कालै उपचारका लागि बाँकेको कोहलपुरस्थित मेडिकल कलेजमा भर्ना गरिएकामा उपचारकै क्रममा मृत्यु भएको परिवारजनले जनाएका छन् । 

सोमबार दिउँसो वाणीमा म १ प ७८२३ र सुप प्र ०१–००८ प २८९ नम्बरको मोटरसाइकल एकापसमा ठोक्किंदा प्रहरी सहायक निरीक्षक धीरबहादुर विष्ट, शुक्लाफाँटा नगरपालिका–१ बन्साहका धानुक र २१ वर्षीय सुनिता विष्ट घाइते भएका थिए । घाइते दुवै जनाको उपचार भैरहेको प्रहरीले जनाएको छ ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप