बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

स्कुनर हाउसमा कौडा खेलिरहेका १० जना पक्राउ

मङ्गलबार, ०२ मङ्सिर २०७७, १९ : ५८
मङ्गलबार, ०२ मङ्सिर २०७७

काठमाडौँ । भक्तपुर प्रहरीले नगदसहित १० जना जुवाडेलाई पक्राउ गरेको छ । मध्यपुर ठिमी नगरपालिका–८ बोडेस्थित अमरकृष्ण अवालले सञ्चालन गरेको नगदेश स्कुनर हाउसबाट १० जनालाई पक्रेको हो । 

कौडा खेलिहरेको भन्ने गोप्य सूचनाको आधारमा महानगरीय प्रहरी वृत्त, ठिमीबाट खटिएको टोलीले २ लाख ६४ हजार १३५ रुपैयाँसहित १० जनालाई नियन्त्रणमा लिइएको वृत्तका प्रहरी नायब उपरीक्षक (डीएसपी) ऋषि कँडेलले जानकारी दिए । 

डीएसपी कँडेलका अनुसार पक्राउ पर्नेहरुमा अम्मर कृष्ण अवाल, राजकुमार चित्रकार, रविन्द्र नापित, टिका ज्यापु, कर्ण लामा, राजेन्द्र साहुखल, श्यामकृष्ण घजु, हिराकाजी प्रजापती, पञ्चकुमार घजु र तुई लाल प्रजापति रहेका छन् । 

पक्राउ परेका उनीहरुको साथबाट १६ वटा कौडा समेत बरामद भएको डीएसपी कँडेलले बताए । अमरकृष्ण अवाल स्कुनर सञ्चालक सकेत हुन् । 

उनीहरुविरुद्ध जुवा ऐन सम्बन्धी कसुरमा मुद्दा दर्ता हुने र आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप