आवश्यक परे मन्त्री पद त्याग्न तयार छुः सञ्चारमन्त्री गुरुङ
काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले पार्टी एकतालाई विभाजनबाट बचाउन आवश्यक परे मन्त्री पद त्याग्न तयार रहेको बताएका छन् । सत्ता र शक्तिको लागि हो भने स्थायी सरकारका लागि मूल नेतृत्व परिवर्तनबाहेक अन्य परिवर्तन गर्न आफूहरू तयार रहेको गुरुङको भनाइ छ ।
मंगलबार साँझ सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटस लेख्दै मन्त्री गुरुङले नेतृत्वले पार्टी एकतालाई बचाउन, विभाजनबाट रोक्न र वर्तमान संकट व्यवस्थापन गर्न सम्माननीय प्रधानमन्त्री एवंम् पार्टी अध्यक्ष, आदरणीय पार्टी अध्यक्ष, पार्टीका जिम्मेवारी अन्य नेताहरुलाई अनुरोध समेत गरेका छन् ।
‘कोभिड–१९ का कारण राष्ट्रको सामू चौतर्फी संकट भएको बेला प्रतिपक्षले समेत राष्ट्रिय एकताको राजनीतिक संस्कार देखाएर विरोध नगरेको अवस्थामा पार्टीभित्र प्रतिपक्षको भूमिकाबाट नेपालको समृद्धि, पार्टी एकताको नीति, सिद्धान्त, विचार र विधान विपरित पार्टी विभाजन गर्ने, क्रान्ति होइन् प्रतिक्रान्ति निम्त्याउने प्रस्तावलाई स्थगित गरौं,’ गुरुङले लेखेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सरकारले प्रतिशोधको मूल्य चुकाउनेछ : अर्याल
-
‘रोशीमा लेदो बग्छ, क्रसरमा रोक लगाउनुपर्छ’
-
चलचित्र विकास बोर्ड मधेसमा पटकथा लेखन सिकाउने
-
रास्वापाद्वारा रवि लामिछानेको निलम्बन फुकुवा गर्न माग
-
प्रतिनिधिसभा बैठक : स्वर्गद्वारी गुठी पीडितहरूको विषय प्राथमिकतामा
-
धोकेबाज शब्द सुन्दा आफैँलाई भने झैँ लाग्छ : एलिना चौहान