बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

गण्डकी विश्वविद्यालयमा डा. देवकोटाको ‘इन्ट्री’ पछि बोर्ड सदस्यहरुले किन दिए राजीनामा  ?

मुख्यमन्त्री गुुरुङद्वारा राजीनामा फिर्ता लिन आग्रह
मङ्गलबार, ०२ मङ्सिर २०७७, १७ : २२
मङ्गलबार, ०२ मङ्सिर २०७७

काठमाडौं— गण्डकी विश्वविद्यालयको बोर्ड अफ ट्रस्टिजको अध्यक्ष छनौट प्रक्रियामा विवाद सृजना भएको छ । प्रदेश सरकारको अग्रसरतामा स्थापना गरिएको विश्वविद्यालयको बोर्ड अफ ट्रस्टिजको नयाँ अध्यक्षमा डा. दिनेशचन्द्र देवकोटा चयन भएपछि विवाद भएको हो । विवादसँगै वोर्डका सदस्यहरुले धमाधम राजीनामा दिएका छन् । 

बोर्डले राजनीतिक चलखेलको आधारमा अध्यक्षमा डा. देवकोटालाई चयन गरेपछि राजीनामा दिन बाध्य भएको एक सदस्यले आरोप लगाए । कुनै संस्थाको अध्यक्ष चयन गर्दा वा निवार्चित गर्दा संस्थाको निर्देशिका तथा कार्यविधिमा आधारित भएर छनौंट गरिन्छ । तर गण्डकी विश्वाविद्यालयको बोर्ड अफ ट्रस्टिजको नयाँ अध्यक्ष एकलौटी ढङ्बाट निवार्चित गरिएको उनको भनाइ छ । 

कात्तिक २६, २७, २८ गते विश्वविद्यायलयको बोर्ड बैठकमा सहभागी ११ जना सदस्य मध्ये ७ जनाले डाक्टर तीर्थ थापालाई नयाँ अध्यक्ष बनाउँन प्रस्ताव गरे । तर डा. थापाले अध्यक्ष पद सहमालेर समय दिन नसक्ने भन्दै बोर्डको सदस्य पदमा मात्रै बसेर काम गर्ने बताएका थिए । त्यसपछि विश्वविद्यालय जस्तो पवित्र संस्थाको गरिमामय पदको लागि अध्यक्ष छनोट गर्दा चलखेल भएको हो । 

 बैठकमा सहभागी सदस्यलेहरुका अनुसार कुलपति डा. गणेशमान गुरुङले हतारहतार गरेर विधि प्रक्रिया विपरित देवकोटालाई विश्वविद्यालयको अध्यक्ष बनाएका हुन्  ।
  ‘बोर्डको अध्यक्ष कसरी छान्ने भनेर कार्यविधि बनाउँ भनेर बैठकमा कुरा राख्यौं,’ राजीनामा दिएका एक् सदस्यले भने, ‘कार्यविधि बनाएर अध्यक्षको छनौट गरौँ भन्दा भन्दै कुलपति डा. गुरुङले आजै अध्यक्ष छान्नुपर्छ भनेर जबरजस्ती निर्वाचनको प्रक्रियालाई अगाडि बढाएर डा.देवकोटालाई निर्वाचित गरियो ।’

बोर्डका धेरै सदस्यले कार्यविधि बनाएर अध्यक्ष नियुक्ति गर्ने भन्दाभन्दै निर्वाचनमा डा.देवकोटाको नाम बाहेक अन्यको नाम दर्ता भनएपछि उनी निर्वाचित भएको घोषणा गरियो ।  
बोर्डको अध्यक्ष डा. देवकोटा निर्वाचित भए लगत्तै असहमति जनाएर राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष डा. जगदीश पोखरेलले राजीनामा दिएका थिए ।  बोर्डको अध्यक्ष निर्वाचिनमा जुन प्रकारको प्रक्रिया अपनाइयो त्यसले पदमा बसिरहन नैतिकताले नदिने भन्दै बोर्डका ११ मध्ये पोखरेलसहित हालसम्म ७ जना सदस्यले राजीनामा दिएका हुन् ।

जसमा शिक्षाविद् डा. पूर्णचन्द्र अधिकारी, वातावरणविज्ञ डा. सुमित्रा मानन्धर गुरुङ, अनुसन्धानकर्ता डा. प्रतिभा पाण्डे, डा. तीर्थ थापा, ऊर्जा विशेषज्ञ डा. राम मनोहर श्रेष्ठ, डा. जीत जोशी रहेका छन् । 
 देवकोटा अध्यक्षमा निर्वाचित भए पश्चात अब गण्डकी विश्व विद्यालयको बोर्डमा उद्यमी चन्द्र ढकाल, उद्यमी कृष्ण आचार्य तथा मिडिया उद्यमी निर्मल गुरुङ सदस्य रहेका छन् ।  विश्वविद्यालयको बोर्डमा १५ जना सदस्य हुनुपर्नेमा ११ जना नियुक्त गरिएको थियो ।  

राजीनामा दिएकालाई बोर्डमा फर्कन मुख्यमन्त्रीको आग्रह 
यसैबीच गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले बोर्ड सदस्यबाट राजीनामा दिएकाहरुलाई पुनः बोर्डमा फर्कन आग्रह गरेका छन् । तर, नयाँ सुरु हुन लागेका शैक्षिक संस्थालाई नीति नियम बिना अगाडि बढाउन खोजिएकाले त्यसलाई नसच्याइएसम्म बोर्डमा नफर्किने राजीनामा दिएकाहरुले बताएका छन् । 

राजीनामा दिएकामध्ये डा.तीर्थ थापाले आफू कुनै राजनीतिक दल सम्बद्ध नभएको बताउँदै स्वतन्त्र तरिकाले काम गर्ने माहोल नहुँदासम्म राजीनामा फिर्ता नलिने सुनाए ।  

नियमसंगत तरिकाले डा. देवकोटालाई नै अध्यक्ष चयन गरौं भन्दा मनलाग्दी भएको उनको आरोप छ । बोर्डमा अध्यक्ष चयन भएका डा. देवकोटा सन् २००८ देखि २०११ सम्म राष्ट्रिय योजना आयोगमा उपाध्यक्ष रहेका थिए भने जापानबाट विद्यावारिधी तथा अमेरिकाबाट स्नातकोत्तर गरेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप