शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

कालीकोटमा ११ जना जुवाडे नगदसहित पक्राउ

मङ्गलबार, ०२ मङ्सिर २०७७, १४ : ४७
मङ्गलबार, ०२ मङ्सिर २०७७

काठमाडौँ । प्रहरीले नगदसहित ११ जुवाडेलाई पक्राउ गरेको छ । कालीकोटको खाडाचक्र नगरपालिका–१ हस्पिटल नजिक नरेन्द्र शाहीको होटलमा जुवा खेलिरहेको समयमा ११ जना पक्राउ परेका हुन् ।

गएराति जुवा खेलिरहेको भन्ने गोप्य सूचनाको आधारमा ११ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कालिकोटका प्रहरी नायब उपरीक्षक (डीएसपी) चक्रबहादुर शाहले जानकारी दिए ।

पक्राउ परेकाहरुको साथबाट नगद ८९ हजार रुपैयाँ बरामद भएको प्रहरीले जनाएको छ । पक्राउ परेका ११ जनाविरुद्ध जुवा ऐन अन्तर्गत अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप