शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

कोभिड–१९ बाट विश्व स्वास्थ्य सङ्गठनका ६५ कर्मचारी सङ्क्रमित

मङ्गलबार, ०२ मङ्सिर २०७७, १४ : ०७
मङ्गलबार, ०२ मङ्सिर २०७७

एजेन्सी । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)का ६५ जना कर्मचारी कोरोनाभाइरसबाट सङ्क्रमित भएका छन् । संगठनका अधिकारीहरुले सोमबार दिएको जानकारी अनुसार कोरोनाभाइरसको महामारी फैलिएदेखि अहिलेसम्म संगठनका ६५ जना सङ्क्रमित भएका हुन् ।

उनीहरु सबै जना संगठनको केन्द्रीय कार्यालय जेनेभामा कार्यरत कर्मचारी रहेको पनि अधिकारीहरुले बताएका छन् ।  संगठनका केही कर्मचारी घरबाटै काम गर्दा र केही कर्मचारी फिल्डमा काम गरेका बेला सङ्क्रमित भएको जनाइएको छ ।  

डब्लुएचओले सामाजिक सञ्जाल ट्वीटरबाट दिएको जानकारी अनुसार सङ्क्रमण पुष्टि भएका सवैलाई पर्याप्त उपचारको व्यवस्था गरिएको छ ।  त्यसैगरी उनीहरुसँग सम्पर्कमा रहेकाहरूलाई पनि परीक्षण गराउने र स्वास्थ्य सतर्कता अपनाउन लगाउने पनि गरिएको डब्लुएचओले जनाएको छ । 

विश्वव्यापीरूपमा फैलिएको महामारी नियन्त्रण तथा व्यवस्थापनका लागि नेतृत्वदायी भूमिका खेल्दै आइरहेको अन्तर्राष्ट्रिय संस्थाका कर्मचारी नै सङ्क्रमित हुनुलाई अर्थपूर्ण रुपमा लिने गरिएको छ ।  जोन हकिङ्स विश्वविद्यालयका अनुसार विश्वभरी अहिलेसम्म कुल पाँच करोड ४६ लाख ७८ हजार १५९ जना कोरोनाभाइरसबाट सङ्क्रमित भएका छन् । ती मध्ये १३ लाख २१ हजार ४०३ जनाको मृत्यु भएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप