बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

आन्तरिक राष्ट्रियता बलियो नभएसम्म मुलुक कमजोर भइरहन्छः धनराज गुरुङ

मङ्गलबार, ०२ मङ्सिर २०७७, १३ : ३८
मङ्गलबार, ०२ मङ्सिर २०७७

नेपाल काँग्रेसका केन्द्रीय सदस्य धनराज गुरुङले देशको आन्तरिक राष्ट्रियता बलियो नभएसम्म मुलुक कमजोर रहिरहने बताएका छन्। नेपाली जनसम्पर्क समिति साईप्रसले आयोजना गरेको कविता प्रतियोगितालाई भर्चुअल माध्यमबाट सम्बोधन गर्दै नेता गुरुङले पहाडका जनतालाई दुख्दा मधेशका जनताहरुले साथ दिने र मधेशमा बाढी जाँदा पहाडका जनताहरुले साथ दिएझै कुनै समुदाय वा जातलाई विभेद गर्न नहुने एकअर्कालाई सहयोग गर्ने भावका साथ अघि बढ्नुपर्नेमा जोड दिए । 

जनसम्पर्क समिति साईप्रसकी सभापति सिता अर्यालको अध्यक्षतामा भएको कार्यक्रममा गुरुङले नेपालका केही नेताहरुको स्वार्थपूर्तिका लागि आफ्नै देशका नागरिकहरुलाई विभाजित गर्ने दुस्प्रयास गरेको पनि आरोप लगाए । 
 यस्तै नेपाली कांग्रेसकी केन्द्रिय सदस्य एतथा संघीय सांसद डा डिला संग्रौलाले विदेशमा रहेका नेपालीहरुलाई स्वदेश फर्काउनका लागि रुनुपर्ने स्थिति रहेको भन्दै सरकारले खोक्रो राष्ट«वादको नारा बाहेक केही नदिएको आरोप लगाइन् । 
 नेपाल सरकारले प्रवासी नेपालीहरुको रेमिटान्सलाई मात्रै स्वीकार्ने तर दुःख पाइरहेका प्रवासी नेपालीहरुलाई उद्दार गर्न ध्यान नदिनु खेदजनक कार्य भएको नेता संग्रौलाको भनाइ थियो । 
समितिकी उपसभापति कर्चुगं ह्याल्मोको स्वागतमा भएको कार्यक्रममा गैरआवासीय नेपाली सघं साईप्रसका प्रवक्ता एवमं नेपाल पत्रकार महासघं युरोप शाखाका कार्यसमिति सदस्य दिनेश गौतम , नेपाल महिला सघंकी केन्द्रिय उपाध्यक्ष सरस्वती तिवारी, तमु समाज साइप्रसकी अध्यक्ष धना गुरुङ, नेपाली जनसम्पर्क समिति कतारका महामन्त्री अजिज अली , पत्रकार महासघं बेल्जियमका संयोजक ओम शर्मा, जनसम्पर्क समिति फ्रान्सका सभापति सुधिर राना, नेपाली जनसम्पर्क समिति दुबईका पूर्व सभापति खेमराज बस्नेत , जनसम्पर्क समिति स्पेनका पूर्व सभापति चिन्तामनि सापकोटा, नेपाली काँग्रेस सूचना तथा संचार विभागका सदस्य गंगाधर गौतमलगायतले आ–आफ्नो धारणा राखेका थिए । 
यसैगरी जनसम्पर्क समिति साइप्रसका महामन्त्री कुमार सिहंको संचालनमा भएको कविता प्रतियोगितामा साइप्रसकी विष्णु काफ्ले प्रथम, अम्बिका थापा र तारा पौडेल द्धितीय,  बिधिता भारती तृतीय र  सुमित्रा पाठक चौथो भएका छन् । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप