सेसेल्समा देउसी भैलोसँगै शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न
पूर्वी अफ्रीकाको सेसेल्सको दोस्रो ठुलो टापु प्रास्लिनमा कार्यरत नेपालीहरूले तिहारको अवसरमा देउसी भैलो तथा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न गरेका छन् । कार्यक्रममा त्यहाँ कार्यरत नेपालीहरुको उल्लेख्य उपस्थिति रहेको थियो ।
कृष्ण बहादुर श्रेष्ठको अध्यक्षतामा भएको उक्त कार्यक्रमको सन्चालन गायक तथा रचनाकार पुरूषोत्तम अधिकारीले गरेका थिए भने वरिष्ठ गायक रामेश श्रेष्ठले नेपालबाट प्रत्यक्ष रुपमा टेलिफोनमार्फत् शुभकामना सन्देश दिएका थिए ।
श्रेष्ठले नेपाली जो जहाँ रहेपनि रितिथिति परम्पराको निरन्तरता दिनुपर्नेमा जोड दिए ।
त्यसैगरी सेसेल्सकै राजधानी भिक्टोरिया, माहेमा कार्यरत गैर आवासीय नेपाली संघ राष्ट्रीय समन्वय परिषद सेसेल्सका अध्यक्ष आर पी पन्तले पनि टेलिफोन मार्फत शुभकामना तथा बधाई सन्देश दिएका थिए।
त्यसैगरी कार्यक्रम आयोजक सदस्य एवम् गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् सेसेल्सका उपाध्यक्ष मनोज बिकले पनि समयसामयिक विषयमा आफ्नो धारणा राखेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शपथस्थलमा लफडा, नाउपाका कैलाश बने भौतिक मन्त्री
-
रामेछापको राकाथुम हत्याकाण्डमा जिल्लाको फैसला उल्टियो, ५ जना प्रतिवादीलाई जन्मकैद
-
एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक वैशाख २८ र २९ गते
-
राष्ट्रपति रनिङ सिल्डमा सुदूरपश्चिम पहिलोपटक टिम च्याम्पियन
-
प्रहरी अतिरिक्त महानिरीक्षकद्वय भण्डारी र चौधरीको बिदाइ
-
कोशी प्रदेशसभा बैठकमा सङ्कल्प प्रस्ताव पेस