शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

सुवरेजलाई कोरोनाभाइरसको संक्रमण, बार्साबिरुद्धको खेल गुमाउने

मङ्गलबार, ०२ मङ्सिर २०७७, १२ : ५६
मङ्गलबार, ०२ मङ्सिर २०७७

लुइस सुवरेजलाई कोरोनाभाइरसको संक्रमण देखिएको छ । उरुग्वेयन फुटबल एसोसिएसन (एयूएफ) ले यसबारे पुष्टि गर्दै उनको स्वास्थ्य अवस्था सामान्य रहेको र निर्देशिकाअनुसार आइसोलेसनमा रहेको जनाएको छ ।

संक्रमण पुष्टि भएपछि एथ्लेटिको म्याड्रिडका स्ट्राइकरले मंगलबार ब्राजिलविरुद्धको विश्वकप छनौट खेल तथा शनिबार ला लिगामा पूर्वक्लब बार्सिलोनाविरुद्धको खेल गुमाउने भएका छन् ।

त्यस्तै, उरुग्वेका गोलकिपर रोड्रिगो मुनोज र स्टाफ सदस्य माटिया फाराल पनि संक्रमित बनेका छन् । टोलीका अन्य सदस्यहरुको परीक्षणको नतिजा भने नेगेटिभ आएको एयूएफले जनाएको छ । तीनै जनाको स्वास्थ्य अवस्था समान्य रहेको बताइएको छ ।

सुवारेजले गत शुक्रबार कोलम्बियाविरुद्धको खेल खेलेका थिए । उक्त खेलमा उरुग्वे ३–० ले विजयी बनेको थियो ।

३३ वर्षीय खेलाडी निकै उत्कृष्ट फर्ममा रहेका छन् । क्याम्प नाउ छाडेर एथ्लेटिकोसँग आबद्ध भए यता उनले ६ खेलमा ५ गोल गरेका छन् । डिएगो सिमिओनीको टोली शीर्ष स्थानमा रहेको रियल सोसिडाडभन्दा ३ अंकले पछि तेस्रो स्थानमा रहेको छ । तर, टोलीले दुई खेल कम खेलेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप