शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

शाहरुखसँग फिल्म खेल्न यसरी मानेकी थिइन् जुही, सुपरहिट भयो दुबैको जोडी

मङ्गलबार, ०२ मङ्सिर २०७७, ०९ : २१
मङ्गलबार, ०२ मङ्सिर २०७७

बलिउडका सुपरस्टार शाहरुख खानले आज जुन स्थान हाँसिल गरेका छन्, त्यस्तो सबैको भाग्यमा हुँदैन । तर ९० को दशकको सुरुवातमा जब शाहरुख खानले फिल्मको दुनियाँमा कदम राखे तब उनलाई कसैले पनि चिन्दैनथ्यो । आमिर खान र सलमान खानजस्ता कलाकारले आफ्नो स्थान पक्का पारिसकेका थिए । गोबिन्दा, मिथुन चक्रवर्ती, सञ्जय दत्त, अनिल कपुर र सनी देओलजस्ता कलाकार पहिले नै दर्शकका मनमा राज गरिसकेका थिए ।

 यस्तोमा बाहिरबाट आएका शाहरुखले बलिउडमा आफ्नो भिन्न स्थान बनाउन सहज थिएन । सुरुवाती फिल्ममा उनले विरलै फिल्म पाउँथे, त्यो पनि सहज थिएन । कुरा सन् १९९२ को । फिल्म राजू बन गया जेन्टलम्यानका लागि जुही चावलालाई कास्टिङ लीड नायिकाको रुपमा साइन गराइसकिएको थियो । तर नायकका लागि सुरुमा आमिर खानको नाम सुझाइएको थियो । तर कारणवश फिल्ममा आमिर अनुबन्ध हुन सकेनन् । त्यसपछि शाहरुख खानको नामको चर्चा भयो । जुही चावला त्यतिबेला एक उदीयमान कलाकार थिइन् र उनी पहिले नै चर्चित भइसकेकी थिइन् । उनी उक्त फिल्मका लागि नयाँ थिइनन् र आमिरसँग उनको जोडी कयामत से कयामतसम्म निकै रुचाइएको थियो ।

वास्वतमा शाहरुख खान जब राजू बन गया जेन्टलम्यानमा काम गर्ने निश्चित भएपछि जुहीले त्यतिबेला शाहरुखको नाम मात्रै सुनेकी थिइन् । त्यतिबेला फिल्ममा शाहरुखसँग स्क्रिन सेयर गर्नका लागि उनलाई ‘आमिर खानजस्तै देखिने एउटा नयाँ केटा छ, उसँग तिमीले काम गर्नुपर्छ ’ भनिएको थियो । जुहीले यसबारे एक अन्तर्वार्तामा भनेकी थिइन्, ‘जब मैले पहिलो पटक शाहरुखलाई सेटमा देखेँ तब म हैरान भएकी थिएँ ।’

जुहीलाई आमिर जस्ता लागेनन् शाहरुखः

साधारण देखिने ती केटा आमिर खान जस्ता गोरो थिएनन् । हाइट पनि ठिकै थियो । जुहीले भनेकी थिइन्, ‘शाहरुख आमिर खानजस्ता त फिटिक्कै छैनन् । तर पछि जब म उनीसँग काम गर्न थालेँ तब निकै सहज महसुस गर्न थालेँ । शाहरुखको चुलबुलेपनले मेरो मन जित्यो र फिल्ममा हाम्रो जोडीलाई धेरैले रुचाउनुभयो । ’

शाहरुख र जुहीको जोडी बलिउडको सुपरहिट जोडीमध्ये एकमा गनिन्छ । दुबैले डर, डुप्लीकेट, एस बस, फिर भी दिल हे हिन्दुस्तानी र भूतनाथसमेत थुप्रै हिट फिल्ममा काम गरेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप