अर्याल दाजुभाइलाई कोभिड– १९ को संक्रमण : दुवैकाे स्वास्थ्य अवस्था गम्भीर
मार्क्सवादी चिन्तक तथा प्रसिद्ध वाम बुद्धिजीवि मुरारी अर्यालको स्वास्थ्य अवस्था गम्भीर रहेको उनका परिवार निकट स्रोतले जानकारी दिएको छ ।
कोभिड–१९ संक्रमणका कारण सिकिस्त बनेका अर्यालको हाल त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जमा उपचार भइरहेको छ । हाल उनलाई भेन्टिलेटरमा राखिएको छ र उनको स्वास्थ्य अवस्था निक्कै गम्भीर बनेर गएको छ । चिकित्सकहरुले परिवारजनलाई जानकारी दिएअनुसार, कोभिड–१९ को कारण उनको फोक्सोमा गम्भीर असर पुगेको छ ।

प्रा.डा. मुकुन्दमणि अर्याल
त्यसैगरी, प्रसिद्ध भौतिकशास्त्री प्रा.डा. मुकुन्दमणि अर्यालको पनि स्वास्थ्य अवस्था गम्भीर रहेको जानकारी प्राप्त भएको छ । परिवार निकटका स्रोतले जानकारी दिएअनुसार उनलाई पनि कोभिड–१९ को संक्रमण भएको छ । हाल उनको मनमोहन कार्डियोथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरमा उपचार चलिरहेको छ ।
डा. अर्याल कस्मोलोजीमा अमेरिकाबाट विद्यावारिधि हासिल गर्ने पहिलो नेपाली हुन् । नाताले उनी मार्क्सवादी चिन्तक मुरारी अर्यालका साख्खै जेठा दाजु हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
'अब जनताले भन्नुपर्ने अवस्था आयो–भो, यस्तो सुशासन चाहिँदैन'
-
दुई दशकमा दुई पटक कारागारबाट भागेका ५८ वर्षीय मौर्य अन्ततः प्रहरीको नियन्त्रणमा
-
बेलायतमा नेपाल चिनाउने अभियान: वेल्समा बन्दैछ 'नेपाली भिलेज'
-
ललितपुरमा भन्सार छलीका तीनवटा गाडी बरामद, बेच्न खोज्ने दुई जना पक्राउ
-
नाम्खा गाउँपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा
-
नेपालगञ्जको तापक्रम ४१ डिग्री पुग्ने अनुमान, पोखरासहितका सहरमा मध्यम वर्षा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण