अर्याल दाजुभाइलाई कोभिड– १९ को संक्रमण : दुवैकाे स्वास्थ्य अवस्था गम्भीर
मार्क्सवादी चिन्तक तथा प्रसिद्ध वाम बुद्धिजीवि मुरारी अर्यालको स्वास्थ्य अवस्था गम्भीर रहेको उनका परिवार निकट स्रोतले जानकारी दिएको छ ।
कोभिड–१९ संक्रमणका कारण सिकिस्त बनेका अर्यालको हाल त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जमा उपचार भइरहेको छ । हाल उनलाई भेन्टिलेटरमा राखिएको छ र उनको स्वास्थ्य अवस्था निक्कै गम्भीर बनेर गएको छ । चिकित्सकहरुले परिवारजनलाई जानकारी दिएअनुसार, कोभिड–१९ को कारण उनको फोक्सोमा गम्भीर असर पुगेको छ ।
प्रा.डा. मुकुन्दमणि अर्याल
त्यसैगरी, प्रसिद्ध भौतिकशास्त्री प्रा.डा. मुकुन्दमणि अर्यालको पनि स्वास्थ्य अवस्था गम्भीर रहेको जानकारी प्राप्त भएको छ । परिवार निकटका स्रोतले जानकारी दिएअनुसार उनलाई पनि कोभिड–१९ को संक्रमण भएको छ । हाल उनको मनमोहन कार्डियोथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरमा उपचार चलिरहेको छ ।
डा. अर्याल कस्मोलोजीमा अमेरिकाबाट विद्यावारिधि हासिल गर्ने पहिलो नेपाली हुन् । नाताले उनी मार्क्सवादी चिन्तक मुरारी अर्यालका साख्खै जेठा दाजु हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नियोजित रूपमा लोडसेडिङको हल्ला फैलाइयो, अफवाहप्रति सजग रहनुस् : ऊर्जामन्त्री
-
नुवाकोटमा ‘शिवालय सिनेप्लेक्स’ पुनः सञ्चालनमा
-
गृहमन्त्रीको सचिवालयबाट पौडेलको एनइओसीमा ४ गतेको मितिमा आज सरुवा
-
१० बजे १० समाचार : तीनकुने घटनाका आरोपितविरुद्ध मुद्दा दर्ता, महरा प्रकरणमा जोडिएकी रोशनी मृत फेला
-
स्थानीय तहको गुनासो : खरिद ऐनका कारण ठेक्का व्यवस्थापनमा समस्या भयो
-
विद्यालय शिक्षा विधेयक : निजी विद्यालय र बाल विकासको विषय जटिल बन्दै