मेलम्चीबाट एकैदिन २६ जुवाडे पक्राउ
सिन्धुपाल्चोक । जिल्लास्थित इलाका प्रहरी कार्यालय मेलम्ची सिन्धुपाल्चोकले एकैदिन विभिन्न स्थानबाट नगदसहित २६ जुवाडे पक्राउ गरेको छ । सिन्धुपाल्चोक मेलम्ची नगरपालिकाका विभिन्न स्थानमा जुवा खेलिरहेका अवस्थामा उनिहरूलाई पक्राउ गरेको हो ।
ईलाका प्रहरी कार्यालय मेलम्चीका प्रहरी निरीक्षक फलबहादुर तामाङले मेलम्ची नपा वडा नम्बर ८ केउरेनीमा चुलनाथ गिरीको घरमा अवैध रूपमा जुवा कौडा खेलिरहेको अवस्थामा ६ जनालाई १६ थान कौडासहित नगद १ लाख ४ हजार ५ सय पैंतालीस नगद बरामद गरिएको बताए ।
त्यस्तै प्रहरी निरीक्षक तामाङका अनुसार वडा नम्बर ५ सिन्धुकोटमा रहेको हरि भन्ने लोकबहादुर रायमाझीको घरमा कौडा खेलाईरहेको अवस्थामा नगद ३ लाख तेईस हजार ३ सय पैंतालीस नगद सहित २० जना पक्राउ परेका छन् ।
उक्त जुवा घरवाट प्रहरीले १६ थान कौडा, ५ बुक तास समेत बरामद गरेको छ । पक्राउ परेका २६ जनाविरुद्ध जुवा ऐन अन्तर्गत अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रेमिट्यान्सलाई उत्पादनमुखी बनाउन आवश्यक : मल्ल
-
पूर्व कर्मचारीहरुसँग देउवाले भने– कांग्रेसलाई पूर्ण बहुमत आउने गरी अभियान थाल्नुस्
-
गुणस्तरीय स्वास्थ्य–शिक्षा उपलब्ध गराउन सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री
-
पक्राउ परेका कार्यकर्ता छुटाउन प्रहरीमा धाउँदै रवीन्द्र मिश्रसहितका नेता !
-
मुख्यमन्त्री कँडेलले बुझाए अर्थमन्त्री र ऊर्जामन्त्रीलाई ध्यानाकर्षण पत्र
-
सल्यानटारका विद्यार्थीले बनाए विद्युतीय गाडी