बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

कोरोनाबाट  तीन जनाको मृत्यु

सोमबार, ०१ मङ्सिर २०७७, १९ : ०१
सोमबार, ०१ मङ्सिर २०७७

कोरोना भाइरस (कोभिड–१९)को सङ्क्रमणबाट तीन जनाको मृत्यु भएको छ ।  जिल्ला स्वास्थ्य  कार्यालयका प्रमुख डा नरेन्द्रकुमार झाका अनुसार मृत्यु हुनेमा पाँचखाल नगरपालिकाका ९१ वर्षीय पुरुष, बनेपा नगरपालिकाका ७२ वर्षीय पुरुष र भक्तपुरका ७३ वर्षीय पुरुष रहेका छन् ।  

उनीहरुको अस्पतालमा उपचारको क्रममा आज मृत्यु भएको हो ।हालसम्ममा जिल्लामा कोरोना सङ्क्रमणबाट ३२ पुरुष र १३ महिला गरी ४५ जनाको मृत्यु भएको छ । ती मध्ये १४ जना अन्य जिल्लाका रहेका छन् ।

आज मात्रै जिल्लाबाट २० जना सङ्क्रमणबाट मुक्त भइ घर फर्किएका छन् । यसैगरी विभिन्न स्थानमा गरी ११ नयाँ सङ्क्रमित थपिएका छन् । थपिएकामा  बनेपा नगरपालिकामा ६, धुलिखेल नगरपालिकामा १ , पनौती नगरपालिकामा २  र नमोबुद्ध नगरपालिकामा २ जना रहेका छन् । 

हालसम्ममा जिल्लामा दुई हजार २४३ जनामा सङ्क्रमण देखिएकोमा एक हजार ७०३ जना निको भइसकेका छन् । सक्रिय सङ्क्रमितको सङ्ख्या भने ५०९ जना रहेको स्वास्थ्य कार्यालयले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप