शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

मिस्ट्रीखोला जलविद्युत् आयोजना अन्तिम चरणमा

सोमबार, ०१ मङ्सिर २०७७, १८ : ४३
सोमबार, ०१ मङ्सिर २०७७

म्याग्दीको अन्नपूर्ण गाउँपालिका –४ नारच्याङमा ४२ मेगावाट क्षमत्ताको मिस्ट्रीखोला जलविद्युत आयोजना निर्माणको अन्तिम चरणमा छ । माउन्टेन इनर्जी नेपाल लिमिटेड प्रर्वद्धक रहेको मिस्ट्रीको बाँध, क्यानल निर्माण र पेनस्टक पाइप जडानको काम सकिएको छ । 

टनेल निर्माणलाई अन्तिम रुप दिनुका साथै विद्युतगृहमा जडान भएका उपकरणको परीक्षण भैरहेको आयोजनाको परामर्शदाता इञ्जिनियर दिवाकर खड्काले बताए ।

‘‘टनेलको फिनिसिङ सकिनै लागेको छ । समग्रमा ९८ प्रतिशत काम सकिएको छ,’’ उहाले भने ‘‘विद्युतगृहमा जडान भएको टर्वाइन, जेनेरेटर लगायतका उपकरण परीक्षण भइरहेको छ ।” 

सन। २०१६ को जुन १३ मा शुरु भएको आयोजनाको दुई हजार २७०।५ मिटर सुरुङको २०७६ बैशाखमा ब्रेक थ्रु भएको थियो । नारच्याङको बेसीगाउँस्थित कालीगण्डकी नदीको बायाँ किनारमा विद्युतगृह निर्माण गरेको छ । निलगिरि र घलेम्दी खोलाको दोभानमा २३ मिटर अग्लो बाँध बनाइएको छ । 

बाँधमा पानी थुनेर परीक्षण भइसकेको छ । कूल ११५ मिटर लम्बाई, ८।५ मिटर चौडाई र १३ मिटर गहिराइ भएको दुई  भूमिगत बालुवा थिग्राउने पोखरी ९क्यानल० बनाइएको छ । आउटलेटदेखि बाँधसम्मे पेन स्टक पाईप जडान भएको छ ।


मिस्ट्री सहित नुवाकोटमा निर्माणको अन्तिम चरणमा पुगेको ५ मेगावाट क्षमताको तादीखोला जलविद्युत आयोजनाको प्रभावित क्षेत्रका बासिन्दाका लागि १९ लाख ६८ हजार २७ कित्ता सेयर बाँडफाड गरिएको छ । 

दुवै आयोजनाको प्रर्वद्धक माउन्टेन इनर्जीका प्रशासन तथा लेखा प्रमुख राजेन्द्र शर्माले दोस्रो चरणमा कात्तिक २५ गतेदेखि सर्वसाधारणका लागि पनि शेयर खरिदका लागि आवेदन आव्हान गरिएको बताए ।

म्याग्दीको अन्नपूर्ण गाउँपालिकाका बासिन्दाले शेयर हालेका हुन् । नारच्याङका श्याम पुर्जाले बैदेशिक रोजगार, गाइभैसी, भेडाबाख्रा बेचेर स्थानीयले हाइड्रोमा शेयर लगानी गरेको बताए । 

रु पाँच अरब ६४ करोड रुपैयाँ लागत अनुमान गरिएको आयोजनामा प्रर्वद्धक बाहेक नेपाल ईन्भेष्टमेन्ट बैङ्कले ७० करोड, जलविद्युत विकास कम्पनीले एक अरब र नेपाल बैंकले ५० करोड रुपैयाँ ऋण लगानी गरेका छन् । 

यसैगरी नविल बैंकले एक अरब, लक्ष्मी बैंकले ४० करोड, सिद्धार्थ बैंकले ३० करोड र एस डेभलभमेन्ट बैंकले ३० करोड ऋण लगानी रहेको छ । विद्युत विकास विभागले २०६४ मा जनेरेशन लाइसेन्स (निर्माण अनुमति) दिएको थियो । 

नेपाल विद्युत प्राधिकरणले २२० केभी कालीगण्डकी करिडोर प्रशारण लाइन र दाना सब स्टेशन बनाउन ढिलाई गर्दा आयोजना नौ वर्ष पछि धकेलिएको हो । मिस्ट्रीखोला म्याग्दीमा हालसम्म निर्माण भएका र निर्माणाधिन अवस्थामा रहेका मध्ये सबैभन्दा ठूलो आयोजना हो ।

नारच्याङमा २ मेगावाट क्षमताको तातोपानी साना जलविद्युत आयोजना सञ्चालनमा छ । त्यस्तै ५ मेगावाटको घलेम्दीखोलाले गत माघ महिनादेखि उत्पादन शुरु गरेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप