शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

नेपाली राष्ट्रिय फुटबल टीम दोस्रो खेल जित्ने लक्ष्यका साथ तयारीमा

सोमबार, ०१ मङ्सिर २०७७, १७ : १९
सोमबार, ०१ मङ्सिर २०७७

नेपाली राष्ट्रिय फुटबल टीम बंगलादेशसँगको आफ्नो दोस्रो खेलका लागि प्रशिक्षणमा व्यस्त रहेको छ ।  पहिलो खेलमा २—० गोल अन्तरले पराजित भएको नेपाली टोली दोस्रो खेलमा जित्नै पर्ने दबावका साथ प्रशिक्षणमा जुटेको हो । नेपालले आफ्नो अन्तिम खेलका लागि शेख जमल धनमुण्डी मैदानमा प्रशिक्षण गरेको छ । 

नेपाली फुटबल टोलीका प्रशिक्षक बालगोपाल महर्जनले पहिलो खेलमा व्यहोरेको हारलाई मध्यनजर गर्दै प्रशिक्षण थालिएको बताए । पहिलो खेलमा भएका कमीकमजोरीहरुलाई सच्याउने गरी दोस्रो खेलको तयारीमा आफूहरु रहेको उनले बताए ।  कोभिडका कारण अभ्यासमा पर्याप्त नभएकाले पहिलो खेलमा पराजित हुनु परेको उनले बताए । आगामी खेलमा पहिलो खेलमा देखिएको कमीकमजोरीलाई सच्याउने पनि उनले बताए । 

खेलाडीहरु पनि दोस्रो खेलका लागि उत्साहित रहेका छन् । टीममा केही नयाँ अनुहार हुनु र कोभिडका कारण पर्याप्त अभ्यास नभएकाले पहिलो खेलमा नतिजा आफ्नो पक्षमा नभएको उनीहरुको भनाइ छ । शनिबार गरिएको कोरोना परीक्षणको रिपोर्ट पनि सबैको नेगेटिभ आएको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप