लुक्ला विमानस्थल चाँडै स्थानीय तहमा हस्तान्तरण गरिन्छः मन्त्री भट्टराई

सोलुखुम्बु । संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री योगेशकुमार भट्टराईले लुक्लास्थित तेञ्जिङ हिलारी विमानस्थल स्थानीय सरकारलाई हस्तान्तरण गरिने बताएका छन् । खुम्बु–पासाङ ल्हामु गाउँपालिकामा निर्माण गरिएको पर्यटन सूचना केन्द्रको आज उद्घाटन गर्दै मन्त्री भट्टराईले स्थानीय सरकारको मागअनुसार कानुनी प्रक्रिया पूरा गरी चाँडै हस्तान्तरण गर्ने जानकारी दिएका हुन् ।
मन्त्री भट्टराईले कोरोना महामारीले पर्यटन क्षेत्र शिथिल भएका समयमा स्वास्थ्य सुरक्षाका उपाय अपनाउदै पर्यटकलाई स्वागत गर्न आग्रह गरे । उनले खुम्बु क्षेत्रको पर्यटन प्रबद्र्धनका लागि पर्यटकीय पदमार्गमा पर्यटकका लागि शौचालयको व्यवस्थापन गर्ने तथा नेपालको प्रमुख पर्यटकीय गन्तव्य खुम्बु भएकाले होटल सञ्चालक, गाइड र मजदूरलाई विशेष तालिम दिइने पनि घोषणा गरे ।
कार्यक्रममा पर्यटन विभागका महानिर्देशक रुद्रसिंह तामाङले स्थानीय सरकारको माग बमोजिम पर्यटकीय भौतिक पूर्वाधार निर्माण गरिने प्रतिबद्धता व्यक्त गरे । गाउँपालिकाका कार्यावाहक अध्यक्ष टासील्हामु शेर्पाले स्याङबोचे विमानस्थलको स्तरोउन्नति तथा सञ्चालनका लागि स्थानीय तहसँग आवश्यक छलफल गर्न आग्रह गरे । मन्त्रालयबाट प्राप्त रु।तीन करोड ६३ लाखको बजेटबाट करिब चार महिना अगाडि निमार्ण सम्पन भएको सूचना केन्द्र आज गाउँपालिकालाई हस्तान्तरण गरिएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जीवनजल लिन घण्टौँ पैदलयात्रा पार गर्नुपर्ने अवस्थाको अन्त्य
-
‘संविधान संशोधनको लागि सबै दलहरू मिल्नुपर्छ’
-
म्याग्दी र कालीगण्डकी नदीको कटान रोक्न ग्याबियन पर्खाल निर्माण
-
‘सञ्चो’ कम्पनीमा २८ करोड क्षति : पुनः सञ्चालन सम्भव छ ?
-
हरेक दिन २० पुस-अप गर्नुहोस्, पाउनुहुनेछ ५ परिवर्तन
-
यस्तो छ आज सागसब्जी र फलफूलको मूल्य