इथियोपियामा बन्दूकधारी समूहद्वारा बसमा आक्रमण, ३४ जनाको मृत्यु
आइतबार, ३० कात्तिक २०७७, १८ : २३
![इथियोपियामा बन्दूकधारी समूहद्वारा बसमा आक्रमण, ३४ जनाको मृत्यु](https://rpcdn.ratopati.com/media/albums/gunmen-aatack-ethiopia1_Qw4ouyi5lw.png)
एजेन्सी । इथियोपियाको पश्चिमी क्षेत्रमा एक यात्रुबाहक बसमा एक बन्दूकधारी ‘आतङ्कवादी’ समूहले आक्रमण गर्दा कम्तीमा ३४ जनाको मृत्यु भएको राष्ट्रिय मानवअधिकारवादी समूहल् आइतबार जनाएको छ । इथियोपियामा पछिल्ला दिनहरूमा घातक हमलाहरू भएका राष्ट्रिय मानबअधिकारवादी संस्थाले उल्लेख गरेको छ ।
इथियोपियाली मानवअधिकार आयोगले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “आक्रमणकारी हमलामा मारिनेको सङ्ख्या ३४ रहेको भेटिएको र अन्य कैयौँ मानिस घाइते भएका छन् । आक्रमण स्थानीय समयअनुसार शनिबार साँझ बेनिसाङ्गुल गुमुज क्षेत्रमा भएको थियो ।”