शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

म्याग्दीमा कालिज र भरुवा बन्दुकसहित ५ जना पक्राउ

आइतबार, ३० कात्तिक २०७७, १६ : ११
आइतबार, ३० कात्तिक २०७७

पोखरा । म्याग्दीमा कालिज र भरुवा बन्दुकसहित ५ जना पक्राउ परेका छन् । गएराती म्याग्दीको बेनी नगरपालिका ४ थामडाँडा स्थित अर्जे खोलाको जंगलमा भरुवा बन्दुक प्रयोग गरी वन्यजन्तु चोरी सिकार भइरहेको भन्ने स्थानीयको गोप्य सूचनाको आधारमा प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।

स्थानीयको सूचनाको आधारमा प्रहरी टोली तत्काल खटिएर वन्यजन्तुको अवैध सिकार गर्ने ५ जनालाई पक्रेको छ । प्रहरीले अवैध सिकार गर्ने ५ जना समूहको साथबाट एक नाले भरुवा बन्दुक,कालिज जस्तो देखिने चरा २ वटा समेत बरामद गरेको छ । उनीहरुलाई पक्राउ गरि थप अनुसन्धानको लागि जिल्ला प्रहरी कार्यालय म्याग्दी पठाइएको छ ।

पक्राउ पर्नेहरुमा म्याग्दी बेनी नगरपालिका ४ थामडाडा कै ३६ वर्षीय सक बहादुर गुरुङ, २१ वर्षीय सञ्जय गुरुङ, २५ वर्षीय सन्तोष गुरुङ, २० वर्षीय सन्दिप गुरुङ र ४९ वर्षीय पूर्ण गुरुङलाई नियन्त्रणमा लिएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप