
उपप्राध्यापक नियुक्तिका विषयमा ‘नोट अफ डिसेन्ट’

गुल्मी । गुल्मीको रेसुङ्गा नगरपालिका तम्घासमा रहेको रेसुङ्गा बहुमुखी क्याम्पसमा उपप्राध्यापक नियुक्तिका विषयमा विवाद देखिएको छ । क्याम्पसमा बेतलबी बिदामा रहेका उपप्रध्यापक कुञ्जरमणि गौतमलाई नियुक्त गर्ने विषयमा सञ्चालक समितिका पदाधिकारीबीच विवाद देखिएको हो ।
पुनः नियुक्ति दिने विषयमा प्रजातन्त्रवादी पदाधिकारीले निर्णय गरेपछि वामपन्थी पदाधिकारीले भने ‘नोट अफ डिसेन्ट’ लेखेको नेकपा रेसुङ्गा नगर कमिटी सचिवसमेत रहेका क्याम्पस सञ्चालक समितिका उपाध्यक्ष धर्म विकले जानकारी दिए । क्याम्पसमा कूल १० जना सञ्चालक समितिमा छन् ।

रातोपाटीको अंग्रेजी, हिन्दी र ग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
रासस
राष्ट्रिय समाचार समिति नेपालकाे सरकारी समाचार संस्था हाे ।
तपाईको ईमेल गोप्य राखिनेछ