कोरोनाका कारण भारतमा थप ८ नेपालीको मृत्यु

काठमाडौं । कोरोना भाइरसको कारणले विदेशमा थप आठजना नेपालीको निधन भएको छ । गैरआवासीय नेपाली सङ्घका अनुसार, यो साता भारतको महाराष्ट्र र चेन्नाईमा कोरोना भाइरसका कारण आठजना नेपाली ज्यान गएको हो ।
गैरआवासीय नेपाली सङ्घको स्वास्थ्य समितिका अनुसार विदेशमा शनिबार साँझसम्म कोरोनाका कारण निधन हुने नेपाली सङ्ख्या २९३ जना पुगेको छ । सङ्घका अनुसार विश्वभर ४४ देशमा अनुमानित ४५ हजार ४३९ जना नेपालीमा कोरोना सङ्क्रमण देखिएको छ । तीमध्ये अनुमानित ४१ हजार ४३९ जना कोरोना सङ्क्रमणमुक्त भएका छन् । विदेशमा कोरोनामुक्त हुने नेपालीको सङ्ख्या ९१ प्रतिशत रहेको छ ।
गैरआवासीय नेपाली सङ्घको स्वास्थ्य समितिका संयोजक डा सञ्जीव सापकोटाका अनुसार, युके, स्पेन, अष्ट्रिया, जर्मनी, भारत, युएई, कतार र साउदी अरबमा रहेका नेपालीमा थप कोरोना सङ्क्रमण देखिएको छ ।यो साता नेपालमा मात्र दुई लाख ६ हजार ३५३ जना कोरोना भाइरसबाट सङ्क्रमित भएका छन् भने तीमध्ये एक लाख ६८ हजार १२९ जना कोरोनामुक्त भएका छन् । नेपालमा कोरोना सङ्क्रमणबाट मुक्त हुनेहरुको सङ्ख्या ८१ दशमलव पाँच प्रतिशत रहेको छ । शनिबार साँझसम्म नेपालमा एक हजार २०२ जनाको कोरोना सङ्क्रमणका कारण ज्यान गएको छ ।
गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) को स्वास्थ्य समिति ले चाडपर्वका बेला हुने ससाना भेटघाटहरु कम गर्न आग्रह गरेको छ । समितिका संयोजक डा.सापकोटाले सोसियल डिस्ट्यान्स कायम राख्दै चाडपर्व मनाउन सबैलाई आग्रह गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नक्कली शैक्षिक प्रमाणपत्र पेस गर्ने कर्मचारीविरुद्ध विशेष अदालतमा मुद्दा
-
अर्थतन्त्र सुधारका प्रयासहरू सकारात्मक छन्, तर यतिले मात्रै पुग्दैन : अध्यक्ष ढकाल
-
राजनीतिक संयन्त्रको कुरा सरकारले नटेरेको गगनको गुनासो
-
विदेशी फिल्मको दबदबा : नेपाली भन्दा ४० प्रतिसत बढी विदेशी फिल्म प्रदर्शन
-
ट्रम्प ट्यारिफबारे चीनको प्रतिक्रिया : हामी पछि हट्ने छैनौँ
-
शिक्षक आन्दोलनले बानेश्वरमा सडक आवागमन प्रभावित, तस्बिरहरू