शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

उत्तर कोरियामा मानिसहरुलाई धुम्रपान गर्नबाट रोक्न के गरिँदै छ ?

आइतबार, ३० कात्तिक २०७७, ०९ : ०७
आइतबार, ३० कात्तिक २०७७

उत्तर कोरिया संसारको त्यो मुलुकमध्ये एक हो जहाँ धुम्रपान गर्ने मानिसहरुको ठूलो संख्या छ ।

यहाँसम्म कि उत्तर कोरियाका नेता किम जोङ उनलाई पनि सार्वजनिक रुपमा चुरोट हातमा लिइरहेको देख्न सकिन्छ । यस्तोमा उत्तर कोरियाले आफ्ना जनतालाई धुम्रपानबाट हतोत्साहित गर्नका लागि कस्तो कदम उठाउला भन्ने प्रश्न उठ्न सक्छ ।

देशमा धुम्रपानविरुद्ध थुप्रै अभियान चलाइसकिएको छ । विश्व स्वास्थ्य संगठनको आँकडा अनुसार उत्तर कोरियामा लगभग आधा पुरुष धुम्रपान गर्छन् । यद्यपि, यहाँ महिलाले धुम्रपान गर्ने चलन शून्य बराबर छ ।

यसै महिना पारित भएको एक नयाँ कानून अनुसार सार्वजनिक स्थलमा धुम्रपान प्रतिबन्ध छ । तर सरकारी मिडियामा सर्वोच्च नेता किम जोङ उनको हातमा चुरोट देखाइने गरिन्छ जसले गलत उदाहरण पेश हुन्छ ।

यस्तोमा देशमा धुम्रपान रोक्नका लागि उठाइएको नयाँ कदमबाट के हासिल होला ?

के भन्छ नयाँ कानून ?

यसै महिना दक्षिण कोरियामा रोकथाम कानून लागू गरिएको छ जसअनुसार मानिसहरुको स्वास्थयको सुरक्षाका लागि नयाँ नियम बनाइएको छ । संस्था र जनताले यसको अनिवार्य पालना गर्नुपर्छ । चुरोट उत्पादन र बिक्रिको नियम पहिलेको भन्दा कडा पारिएको छ ।

यस्ता स्थानलाई पनि परिभाषित गरिएको छ जहाँ धुम्रपान गर्नु गैरकानूनी हुनेछ । यसमा राजनीतिक र वैचारिक शिक्षाका स्थल, थिएटर, सिनेमा, शिक्षण संस्थान, जन स्वास्थ्य संस्थान र सार्वजनिक यातायातसँग जोडिएका स्थान समावेश छन् ।

नियमको उल्लंघन गरे जरिवानाको चर्चा भइरहेको छ तर सरकारी मिडियामा अहिलेसम्म यसबारे कुनै जानकारी दिइएको छैन ।

नयाँ कानून पारित भएपछि सरकारी समाचार एजेन्सी केसीएनएको एउटा रिपोर्टमा भनिएको छ – धुम्रपान गर्नेहरुमा कोरोनाको संक्रमण उच्च छ । रिपोर्टमा डाक्टर र अन्तर्राष्ट्रिय विशेषज्ञलाई उद्धृत गरिएको छ ।

उत्तर कोरियामा धुम्रपानविरुद्ध अभियान कहिले सुरु भयो ?

उत्तर कोरिया विश्व स्वास्थ्य संगठनको सूर्तीमाथि नियन्त्रण गर्ने सम्झौतामा हस्ताक्षर गर्ने देशमध्येको एक हो । उसले सन् २००५ मा यसमा हस्ताक्षर गरेको थियो । त्यसलगत्तै उत्तर कोरियामा सूर्तीजन्य वस्तुविरुद्ध अभियान चलाइन्छ ।

सूर्तीजन्य वस्तु नियन्त्रण कानून अनुसार सूर्तीजन्य उत्पादनको प्याकिङमा चेतावनी प्रकाशित गरिन्छ र सार्वजनिक स्थलमा धुम्रपान निषेध छ ।

केसीएनएको एक रिपोर्ट अनुसार सन् २०१९ मा धुम्रपानको नकारात्मक प्रभावबारे जागरुकता फैलाउनका लागि व्यापक अभियान चलाइएको थियो । – बीबीसी

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप