केन्द्रीय संस्करण
बलिदानको गौरवमय इतिहास

हाँसीहाँसी फाँसीको फन्दामा !

२३ वर्षमै ब्रिटिश साम्राज्यको जग हल्लाउने क्रान्तिवीर युवा : भगतसिंह

person explore access_timeकात्तिक ३०, २०७७ chat_bubble_outline0

 

 

राजनीति कमाउ धन्दा र सत्ताको फोहरी जुवा खाल बनिरहेको वर्तमान परिवेशमा देशप्रेमको भावनाले ओतप्रेत एक महान् क्रान्तिवीरको साहस, सौर्य र बलिदानको अमरकथा


२२ वर्षको उमेरमै फाँसी ! हाँसी हाँसीकन फाँसीको फन्दामा चढेर मृत्युवरण !

यति कलिलो अवस्थामै फाँसीको सजाय पाएका शहीदहरुका शहीद हुन् : भगतसिंह । युवावस्थामै ब्रिटिश साम्राज्यको जग हल्लाउने क्रान्तिवीरहरुका वीर हुन् : भगतसिंह ।

वास्तवमा भगतसिंह क्रान्तिकारिताको ज्वलन्त प्रतीक हुन् । खसोखासमा उनी नमूना हुन् : अदम्य साहसको । उनी मृत्युसँग जोरी खोज्ने हौसलाको प्रतीक हुन् । सबै चीज त्याग्न सक्ने क्षमताका उदाहरण हुन् उनी । र, यन्त्रणाहरुसामु अडिग रहने आँटका दृष्टान्त हुन् उनी । यी चरित्रहरु हुन् दृढताका प्रतिमूर्ति विद्रोहीका । यी प्रवृत्तिहरुविना कुनै पनि व्यक्ति क्रान्तिकारी हुनसक्दैनन् । यस्तै जिउँदोजाग्दा सन्देश हुन् : भगतसिंह ।

यथार्थमा शहीद भगतसिंह वीरता, साहस, देशभक्ति, दृढता र आत्म–वलिदानजस्ता गुणहरुका सर्वोत्तम उदाहरणमात्रै होइनन्, तीभन्दा पनि कता हो कता बेसी गुण भएका क्रान्तिकारी नायक हुन् उनी । हो, उनी आफ्नो लक्ष्यप्रतिको स्पष्टता भएका क्रान्तिकारी नेता हुन् । वैज्ञानिक दृष्टिकोणले देशको समस्या विश्लेषण गर्नसक्ने क्षमता भएका विद्रोही मानव हुन् उनी । उनी अद्भूत बौद्धिक क्रान्तिकारी व्यक्तित्वका प्रतिरुप हुन् ।

अल्पायुमै सिंगो संसारलाई क्रान्तिको बाटो देखाएका थिए भगतसिंहले । उनको क्रान्ति–सूत्र हो– ‘क्रान्ति जनताका लागि हुनुपर्छ र जनताबाटै पूरा हुनुपर्छ । यस शताब्दीमा क्रान्तिको एकमात्र अर्थ हुनेछ, जनताका लागि जनताद्वारा राजनीतिक सत्तामाथि कब्जा ।’

https://mc.webpcache.epapr.in

भगतसिंहको जेलबाहिरको जीवन चिन्तन र कर्मले भरिपूर्ण क्रान्तिकारीको जस्तै आँधीमय थियो । त्यसबेला उनको भूमिका फैलिएको थियो, कुशल संगठकको, चर्चित प्रचारकको, सिद्धहस्त लेखकको र आवश्यक परे जे पनि गर्ने एक्सनकर्ताको । जेललाई त उनले पुस्तकालय र प्रयोगशालामै रुपान्तरण गरेका थिए । उनले आफूमाथि मुद्दा चलाउने ब्रिटिश अदालतको कठघरामा अंग्रेज सरकारलाई नै उभ्याएर नांगेझार पारेका थिए ।

आँधीमय छोटो जीवन

जम्माजम्मी २३ वर्षको छोटो जीवन बाँचेका थिए भगतसिंहले । लामो जिन्दगीमा केवल २३ वर्षमात्रै बाँच्न पाए उनले । २३ वर्षमा पनि दुई वर्ष त जेलभित्रै बितेको थियो । जेल जानुभन्दा अगाडिको दुई वर्षमात्रै उनको कर्मशील जीवन गुज्रेको थियो । जेलभित्र र बाहिरको यही चार वर्ष हो, भगतसिंहको क्रान्तिकारी जीवनको कालखण्ड ।

भगतसिंहको जेलबाहिरको जीवन चिन्तन र कर्मले भरिपूर्ण क्रान्तिकारीको जस्तै आँधीमय थियो । त्यसबेला उनको भूमिका फैलिएको थियो, कुशल संगठकको, चर्चित प्रचारकको, सिद्धहस्त लेखकको र आवश्यक परे जे पनि गर्ने एक्सनकर्ताको । जेललाई त उनले पुस्तकालय र प्रयोगशालामै रुपान्तरण गरेका थिए । उनले आफूमाथि मुद्दा चलाउने ब्रिटिश अदालतको कठघरामा अंग्रेज सरकारलाई नै उभ्याएर नांगेझार पारेका थिए । आफूलाई चढाएको फाँसीलाई उल्टै ब्रिटिश साम्राज्यको लागि पासो बनाएर आच्छुआच्छु पारेका थिए उनले ।

जेलभित्र र बाहिरको चार वर्षमा उनले भारतमा क्रान्तिको सम्भावनाको झिल्को देखाए । क्रान्तिको सम्भावनालाई वास्तविकतामा फेर्नका लागि आफैलाई बलिदान दिए उनले । हो, यही चारै वर्षमा एक दशकको होइन, एक शताब्दीभन्दा बेसी कालखण्ड बराबरको चिन्तन र कर्म गरी बिजुलीझैं चम्किए उनी ।

आन्दोलनका उपज

भगतसिंह केवल एक व्यक्तिमात्रै होइनन्, उनी एउटा सिंगो आन्दोलन हुन्, विचार हुन् । उनी एउटा आन्दोलनबाट जन्मिए अनि आन्दोलनकै सर्वाेच्च र सर्वाेत्तम प्रतीक बने ।

उनी ब्रिटिश साम्राज्यको शोषण र उत्पीडनविरोधी भारतीय जनताको जुझारु आन्दोलन शुरु भइरहेको बेला जन्मिए ।

व्यक्तिका रुपमा उनी यही जुझारु आन्दोलनका सक्रिय नेता–कार्यकर्ताको परिवारमा २८ सेप्टेम्बर, १९०७ मा जन्मिए । उनी त्यसबेला जन्मिएका थिए, जब ब्रिटिश सरकारले उनका पिता सरदार किशनसिंहलाई नेपालबाट गिरफ्तार गरी केही समयपछि रिहा गरेको थियो । उनी त्यसबेला जन्मिएका थिए, जब किसान आन्दोलनको नेतृत्व गरेबापत बर्मामा निर्वासित उनका काका अजीतसिंहलाई ब्रिटिश शासकहरुले छोड्नुपरेको थियो ।

यस्तो जुझारु सिख परिवारमा जन्मिएका भगतसिंहलाई शुरुमा उनका हजुरबाले पालेका थिए । बाबा अर्जुनसिंह, जो स्वभावले धार्मिक प्रवृत्तिका थिए । उनले सानैदेखि नै आफ्ना नातिभित्र सामाजिक चेतना जगाएका थिए । उनले बाल्यकालमै भगतसिंहमा तर्क–शक्तिको विकास गर्ने

प्रयत्न गरेका थिए । बच्चैदेखि भगतसिंहमा सामाजिक बराबरी र प्रगतिको विचारको बिऊ रोपेका थिए उनले ।

सुन्दर बाल्यकाल

बाबा अर्जुनसिंहकै रेखदेखमा भगतसिंहको शुरुको चार वर्षको स्कूले पढाइ गाउँमै भएको थियो । आफू जन्मिएको गाउँ बंगा चक्क नं. १०५, गुगैरा ब्रांच (हाल लायलपुर, पकिस्तान)मा उनले प्राथमिक शिक्षा पाएका थिए ।

गाउँको प्राथमिक स्कूलका श्रेष्ठ विद्यार्थीको रुपमा विकसित थिए भगतसिंह । उनको पढाइ र लेखाइ सुन्दर थियो । आफ्ना शिक्षक र सहपाठीहरुसँगको सम्बन्धजस्तै सुन्दर थियो उनको पढाइ पनि । सबै विद्यार्थीहरुसँग सुमधुर सम्बन्ध थियो र सानैदेखि गाउँलेहरुसँग उनको मित्रता थियो ।

गाउँको प्राथमिक स्कूलका श्रेष्ठ विद्यार्थीको रुपमा विकसित थिए भगतसिंह । उनको पढाइ र लेखाइ सुन्दर थियो । आफ्ना शिक्षक र सहपाठीहरुसँगको सम्बन्धजस्तै सुन्दर थियो उनको पढाइ पनि । सबै विद्यार्थीहरुसँग सुमधुर सम्बन्ध थियो र सानैदेखि गाउँलेहरुसँग उनको मित्रता थियो ।

ती सबैसँग उनको प्रेमको कारणले स्कूल र गाउँ सिंगै उनलाई परिवारजस्तै लाग्दथे । यही मैत्री र प्रेमभावलाई क्रान्तिकारी दृष्टिकोणसँग समाहित गर्न सफल भएपछि उनी समग्र भारतीय जनताका साथी बन्न सफल भए, युवावस्थामा टेक्दा नटेक्दै । अतः उनी सानैदेखि भन्थे, ‘हो, सबै मेरा साथी हुन् ।’

गाउँले स्कूलमा प्राथमिक अध्ययनपछि किशोर भगतसिंह थप पढाइका लागि सन् १९१६–१७ मा नवाकोट, लाहौरमा आफ्ना आमा–बुबाकहाँ गए । पिता किशनसिंहले सिख जातिद्वारा स्थापित खालसा स्कूलमा उनलाई नपढाइकन डीएवी स्कूलमा पढाए । उनलाई ब्रिटिश सरकारका पक्षधर सिखहरुद्वारा पढाइने राजावादी शिक्षा पटक्कै मन परेन । त्यसलाई बहिष्कार गरी उनले थोरबहुत स्वतन्त्र खालको शिक्षा दिने डीएवी स्कूलमा भगतसिंहलाई पाँच कक्षामा भर्ना गरे ।

मन छुने संघर्षका बीच

त्यसबेला गदर पार्टीद्वारा थालिएको सशस्त्र संघर्ष असफल भइसकेको थियो । तापनि असफल संघर्षको क्रममा शहीद भएका र कालापानीको सजायँ पाएका क्रान्तिकारीहरुको कीर्तिगान चारैतिर गुञ्जिरहेको थियो । उनले गाउँमै सरदार अजीतसिंह, सूफी अम्बाप्रसाद र लाला हरदयालका साहित्यको अध्ययन गरिसकेका थिए । अनि आफ्ना काकाहरुको संघर्षबारे भित्री मनदेखि मनन गर्थे र काकीहरुको पीडा महसूस गरिसकेका थिए उनले । आन्दोलनकारी परिवारमा हुर्केका भगतसिंहलाई अरु किशोरहरुलाई भन्दा बेसी नै गदरका वीरहरुको संघर्ष र कीर्तिगानले भित्रैसम्म छोएको देखियो ।

जब भगतसिंहकै घरमा भारतमाता सोसायटीको आन्दोलन उठेको थियो, तब उनी निकै साना थिए । जब गदर पार्टीको संघर्ष शुरु भयो, उनी केही बुझ्नसक्ने बालक भइसकेका थिए, त्यसैले उनले टाढैबाट त्यस आन्दोलनलाई राम्ररी नियालेर हेरे, दर्शकका रुपमा । जब गान्धीको नेतृत्वमा असहयोग आन्दोलन शुरु भयो, किशोर भगतसिंह अब केवल दर्शकमात्रै रहेनन्, त्यसको तातो स्पर्श महसूस गर्न सक्ने भइसकेका थिए । अतः उनी असहयोग आन्दोलनको धारमै पुगेर सहभागी भए ।

जब गदर पार्टीको संघर्ष शुरु भयो, उनी केही बुझ्नसक्ने बालक भइसकेका थिए, त्यसैले उनले टाढैबाट त्यस आन्दोलनलाई राम्ररी नियालेर हेरे, दर्शकका रुपमा । जब गान्धीको नेतृत्वमा असहयोग आन्दोलन शुरु भयो, किशोर भगतसिंह अब केवल दर्शकमात्रै रहेनन्, त्यसको तातो स्पर्श महसूस गर्न सक्ने भइसकेका थिए । अतः उनी असहयोग आन्दोलनको धारमै पुगेर सहभागी भए ।

विश्वयुद्धको समाप्तिपछि सन् १९१९ मा भगतसिंह ७ कक्षामा अध्ययनरत थिए । त्यसबेला महात्मा गान्धीले भारतको राजनीतिमा असहयोग आन्दोलनको ज्वारभाटा ल्याए, कांग्रेस पार्टीको नेतृत्वमार्फत् । यो आन्दोलनको ज्वारभाटा जतिजति बढ्दै गयो, त्यतित्यति यसले ल्याएको

छालले सबैलाई छुन थाल्यो । भगतसिंहजस्ता किशोरलगायत देशवासीहरुलाई आफ्नो प्रभावमा पार्न थाल्यो, त्यस आन्दोलनले ।

आतंकको राजविरूद्ध

असहयोग आन्दोलनको क्रममा आह्वान गरिएका पाँच बहिष्कारमध्ये स्कूलहरुको बहिष्कार पनि थियो । सरकारी अदालत र जागिरको बहिष्कारसँगै स्कुलहरुको बहिष्कारको नारा चारैतिर गुञ्जन थालेको थियो । किशोर भगतसिंह पनि आन्दोलनको क्रममा हुने जुलुस र सभाहरुमा गई भाग लिन्थे । र, त्यस्ता नाराहरु आफ्नो मन–मस्तिष्कमा गुञ्जेको आभास लिएर फर्कन्थे उनी ।

आन्दोलनकै क्रममा १३ अप्रिल, १९१९ मा पञ्जाबको अमृतसरमा ब्रिटिश सरकारले जलियांवाला बाग हत्याकाण्ड मच्चायो । त्यसबेला उनी केवल १२ वर्षका विद्यार्थी थिए । त्यस हत्याकाण्डले उनको मन–मस्तिष्कमा धेरै रेक्टर स्केलको भूकम्प ल्यायो । अतः भोलिपल्टै स्कूल जाने भनेर निस्केका उनी स्कूल नगइकन जलियांवाला बाग पुगे । त्यसबेला जलियांवाला बाग वरिपरि ब्रिटिश साम्राज्यको आतंकको राज चलिरहेको थियो । त्यस्तो बेलामा पनि उनी त्यहाँ जनताको रगत पोखिएको रगताम्य माटो लिन गए । त्यहाँ उनले मारिएका मानिसका रक्तमुछेल माटो मुठ्ठीमा लिए, त्यसलाई अधरमा लगाए अनि केही माटो सिसीमा राखी फर्के, राति अबेर । अबेर घरमा पुगेर उनले आफ्नी बहिनीलाई सुनाए– ‘अंगरेजहरुले हाम्रा धेरै मानिसहरुको हत्या गरे !’ सबै घटना बताइसकेपछि उनले रक्तमुछेल सिसीलाई फूल चढाए । कयांै दिनसम्म उनले फूल चढाउने काम गरे, बलिदानको वन्दना गरे र खुनको बदला लिने संकल्प गरे ।

१३ अप्रिल, १९१९ मा पञ्जाबको अमृतसरमा ब्रिटिश सरकारले जलियांवाला बाग हत्याकाण्ड मच्चायो । त्यसबेला उनी केवल १२ वर्षका विद्यार्थी थिए । त्यस हत्याकाण्डले उनको मन–मस्तिष्कमा धेरै रेक्टर स्केलको भूकम्प ल्यायो । अतः भोलिपल्टै स्कूल जाने भनेर निस्केका उनी स्कूल नगइकन जलियांवाला बाग पुगे । त्यसबेला जलियांवाला बाग वरिपरि ब्रिटिश साम्राज्यको आतंकको राज चलिरहेको थियो । त्यस्तो बेलामा पनि उनी त्यहाँ जनताको रगत पोखिएको रगताम्य माटो लिन गए ।

जलियांवाला बाग हत्याकाण्डपछि असहयोग आन्दोलन दमित हुनुको सट्टा झन् व्यापक भयो । सो आन्दोलनको उभारले भगतसिंहको मन–मस्तिष्कलाई प्रवाहित गर्न थालेको थियो, डरलाग्दो ढंगले । सन् १९२१ मा ९ कक्षामा पढिरहेका थिए र आन्दोलनमा पनि भाग लिइरहेका थिए उनी । आन्दोलनको तातो लागेको उनको मन–मस्तिष्कले भित्रभित्रै एउटा ठोस निश्चय गर्‍यो । उनले मनमनै फैसला गरे, अब डीएवी स्कूलमा पढिरहनु ठीक छैन, आन्दोलनमा कुद्नुपर्छ ।

आन्दोलनको आगोमा होमिँदा

आफ्ना पितालाई आफ्नो निर्णय जानकारी दिएर भगतसिंहले स्कूल त्यागे अनि अरुसरह आन्दोलनको आगोमा हाम्फाले । असहयोग आन्दोलनको दोस्रो चरणको कार्यक्रम थियो, स्वदेशीको प्रचार र विदेशीको बहिष्कार । उनी पनि खद्दरको कपडा लगाउँदै विदेशी कपडा जलाउने अभियानमा सरिक भए ।

यो आन्दोलनले तेज रफ्तार लिइरहेकै बेला आन्दोलनकारी र प्रहरीबीचको संघर्षले भयानक रुप लियो । सन् १९२२ को फेब्रुअरी ५ मा गोरखपुरको चौरीचौरामा आन्दोलनकारीको भीडले २४ जना सिपाहीलाई थानामै बन्द गरी जलाईदियो । ब्रिटिश सरकारको दमन र प्रतिरोधको क्रममा आन्दोलनले हिंसात्मक रुप लिन लागेको महसूस गरी सो घटनापछि गान्धी र कांग्रेस पार्टीले आन्दोलन नै स्थगित गरे ।

आन्दोलनलाई बीचैमा तुहाइएको कारणले भगतसिंहको १५ वर्षीय किशोर मनमा प्रश्नहरुको आँधी उठायो । देशको स्वतन्त्रता र मुक्तिको श्रेष्ठ बाटो के हो : सशस्त्र वा निशस्त्र ? हिंसाको बाटो रोज्ने कि अहिंसाको ?

आन्दोलनलाई बीचैमा तुहाइएको कारणले भगतसिंहको १५ वर्षीय किशोर मनमा प्रश्नहरुको आँधी उठायो । देशको स्वतन्त्रता र मुक्तिको श्रेष्ठ बाटो के हो : सशस्त्र वा निशस्त्र ? हिंसाको बाटो रोज्ने कि अहिंसाको ?

एकातिर उनका आदर्श थिए, १९ वर्षीय शहीद करतारसिंह सराबा, जो गदरको क्रममा मारिएका थिए । अर्कातिर असहयोग आन्दोलन हाँकिरहेका थिए गान्धीले, जो अहिंसाका पुजारी थिए । यस्तो स्थितिमा उनको मानसिक द्वन्द्वले कुनै निकास खोज्न सकेन, जुन स्वाभाविकै हो ।

नेता, अभिनेता र प्रणेता

आन्दोलनको स्थगनपछि भगतसिंह कांग्रेसी नेता लाला लाजपतरायको नेतृत्वमा राजनीतिक उद्देश्यले स्थापित नेशनल कलेजमा भर्ना भए । असहयोग आन्दोलनमा लागेर स्कूल–कलेज त्यागेकाहरुलाई त्यहाँ विशेष प्राथमिकता दिइन्थ्यो । सो कलेजमा ९ कक्षा पढ्दापढ्दै स्कुल त्यागेका भगतसिंहले पनि प्रवेश पाए, दुई महिनाको कठोर परिश्रमपछि ।

अशान्त मन र जिज्ञासु प्रवृत्तिका साथ कलेज छिरेका भगतसिंहले त्यहाँ आन्दोलनको व्यवस्थित अध्ययन गरे । भारतको स्वतन्त्रताका लागि भएका सशस्त्र संघर्षहरुको विस्तृत अध्ययनले उनलाई अहिंसाको बाटोबाट अन्तै मोड्न थाल्यो । यसरी मोड्ने कार्यमा कलेजका प्राचार्य लाला छबीलदास र प्रोफेसर जयचन्द्र विद्यालंकारजस्ता विद्रोही विद्वानको हात थियो । उनीहरुले तेजस्वी विचार र व्यक्तित्व भएका जुझारु युवा भगतसिंहको अध्ययन पिपासालाई व्यवस्थित गर्नुका साथै सशस्त्र संघर्षसम्बन्धी ज्ञानलाई सघन र व्यापक पारे ।

यसमा सहयोगीको भूमिका खेले, लाला लाजपतरायद्वारा कलेजसँगै स्थापित द्वारकादास पुस्तकालय र त्यसका अध्यक्ष राजाराम शास्त्रीले । राजनीतिक पुस्तकहरुको राम्रो भण्डार रहेको सो पुस्तकालय गहन अध्ययनका लागि निकै उपयोगी थियो । यसका साथै युवा विद्यार्थीहरुबीच हुने गरमागरम विचारोत्तेजक राजनीतिक बहसको थलो थियो सो पुस्तकालय । यसमा हरेक पटकजसो सहभागी हुने भगतसिंह आतंकवाददेखि समाजवादसम्मको समर्थनमा तर्क गर्थे ।

त्यतिखेर भगतसिंह एकातिर प्रसिद्ध रुसी अराजकतावादी बाकूनिनका प्रशंसक थिए । अर्काेतिर कार्ल माक्र्सको माक्र्सवादी दर्शन र समाजवादी सिद्धान्तबाट प्रभावित हुन थालेका थिए उनी ।

राजाराम शास्त्रीका अनुसार त्यतिखेर उनको जीवनको दिशा नै मोड्ने कार्य रुसी क्रान्तिकारीहरुको अनौठो तौरतरिकाले गरेको थियो । ती रुसी क्रान्तिकारीहरु आफ्नो ज्यान जाने शर्तमा पनि शत्रुको अदालतमा कठघरामा उभिएर आफ्नो सिद्धान्तको प्रचार गर्ने तरिकामाथि विश्वास गर्थे । उनीहरुको अनौठो तौरतरिकाको नाम थियो ‘प्रोपगण्डा बाई डेथ’ अर्थात् आत्म–वलिदानद्वारा प्रचार । यसरी प्रचार गर्नेहरुले उनलाई सबैभन्दा बेसी प्रभावित पारेका थिए । यो तथ्य उनको जीवनको अवशानबाट पनि पुष्टि हुन्छ ।

ती रुसी क्रान्तिकारीहरु आफ्नो ज्यान जाने शर्तमा पनि शत्रुको अदालतमा कठघरामा उभिएर आफ्नो सिद्धान्तको प्रचार गर्ने तरिकामाथि विश्वास गर्थे । उनीहरुको अनौठो तौरतरिकाको नाम थियो ‘प्रोपगण्डा बाई डेथ’ अर्थात् आत्म–वलिदानद्वारा प्रचार । यसरी प्रचार गर्नेहरुले उनलाई सबैभन्दा बेसी प्रभावित पारेका थिए ।

यसरी आफ्नो विद्रोही स्वभावलाई वैचारिक धार दिने यत्न गरिरहेका भगतसिंहले प्रो. जयचन्द्र विद्यालंकारको घरमा विख्यात क्रान्तिकारी शचीन्द्रनाथ सान्यालसँग भेट्ने मौका पाए । शचीन्द्रनाथ सान्याल हिन्दुस्तान रिपब्लिकन एसोसियसनका संस्थापक क्रान्तिकारी नेता थिए । उनीसँगको भेटघाटले भगतसिंहको अगाडि क्रान्तिकारी पार्टीमा समाहित हुने क्षितिजको ढोका खुल्यो । जयचन्द्र र शचीन्द्रनाथसँगको सम्बन्धको फस्वरुप उनी नेशनल कलेजका विद्यार्थी भइरहेकै बेला सो पार्टीका सदस्य समेत बन्न सफल भए ।

अध्ययन र राजनीतिक सक्रियतासँगै उनले कलेजको जमानामा अभिनयलाई पनि राजनीतिक चेतना वृद्धि गर्ने हतियारको रुपमा उपयोग गरे । यसरी विद्यार्थी कालमै उनले एकसाथ नेता, अभिनेता र प्रणेताका भूमिका खेल्न थाले ।

कठिन क्रान्ति–यात्रा

सन् १९२३ मा जब उनले एफए पास गरी बीएमा प्रवेश गरे, तब उनी वरिपरिको वातावरणमा भुइँचालो आयो । आफूमाथि विवाहका लागि चर्काे दबाब परेपछि उनी धर्मसंकटमा परे, बिहे गर्ने कि क्रान्तिमा कुद्ने ?

आफ्ना नेता शचीन्द्रनाथ सान्यालले भगतसिंहलाई घरबार छाडेर क्रान्तिको कार्यमा लाग्न निर्देशन दिए । त्यसपछि उनी घरबाट भागे, पिताको नाममा विदाइ–पत्र लेखेर । विदाइ–पत्रमा उनले देशको मुक्तिका लागि आफू क्रान्तियात्रामा निस्केको विचार पोखेका थिए । उनी लाहौरबाट कानपुर गए, परिवाजनलाई गन्तव्यबारे जानकारी नदिई ।

कानपुरमा शुरुमा उनले अखवार बेचेर खानपिनको व्यवस्था गरे । पार्टी–सदस्यहरुसँगको सम्पर्कपछि उनलाई धेरै सहज भयो । पछि उनी हकरबाट पत्रकार र लेखक बने । बलवन्तसिंहको छद्म नाममा लेख्ने र क्रान्तिकारी काममा उनी सहभागी भए ।

भारतका प्रख्यात सम्पादक गणेशशंकर विद्यार्थीले उनलाई आफ्नो पत्रिका ‘प्रताप’मा सम्पादन विभागको सदस्य बनाए । त्यसपछि उनको खाने–बस्ने समस्या समाधान भयो । त्यहाँ क्रान्तिकारी पार्टीका सदस्य र लेखक–पत्रकारका रुपमा सक्रिय भएपछि उनीमाथि पनि सरकारी निगरानी बढ्यो । अतः गणेशशंकर विद्यार्थीले उनलाई अलीगढ जिल्लाको शादीपुर गाउँमा रहेको नेशनल स्कूलमा हेडमास्टर बनाएर पठाए, सुरक्षाका खातिर ।

६ महिनापछि आफ्नी हजुरआमा बिरामी भएको खबर पाएर उनी घर पर्के । घरमा पनि राजनीतिक काम गरेर उनी दिल्ली गए, जहाँ उनले बलवन्तसिंहकै नाममा केही समय ‘दैनिक अर्जुन’को सम्पादन विभागमा काम गरे ।

त्यसपछि फेरि कानपुर पुगेका भगतसिंह पार्टीका लागि कहिले राजनीतिक कार्य गर्ने त कहिले डकैतीमार्फत् पैसा जम्मा गर्ने कार्यमा लागे । उनी डकैतीमा भन्दा पनि राजनीतिक कार्यमै आफ्नो ध्यान–ध्याउन्ना केन्द्रित गर्न चाहन्थे ।

नयाँ दीक्षा : नयाँ चिन्तनकर्म

अतः सन् १९२५–२६ तिर लाहौरमा गएर नयाँ ढंगले क्रान्ति र संघर्षको बारेमा चिन्तन गर्ने कार्यमा उनी लागे । त्यहाँ उनलाई अराजकतावादबाट समाजवादतिर तान्ने काम गरे, सोहनसिंह जोश र कलेजका प्राचार्य छबीलदासले । जोश प्रख्यात कम्युनिष्ट नेता र किरती नामक पञ्जाबी मासिक पत्रिकाका सम्पादक थिए । उनी भगतसिंहसँग विभिन्न विषयमा छलफल गर्ने र लेख्नका लागि प्रेरित गर्ने गर्थे । उनको मार्गनिर्देशनले

गर्दा भगतसिंहको अध्ययन र लेखनमा पनि समाजवादी दृष्टिकोण देखिन थाल्यो ।

भगतसिंहले पहिलेदेखि समाजवादी झुकाव भएका भगवतीचरण बोहोराहरुसँग मिलेर ‘नौजवान भारत सभा’ गठन गरे । उनको ठम्याइ थियो, जनमानससँग नजोडिएको सशस्त्र क्रान्तिको प्रयत्न केवल आतंकवादको सहाराले सफल हुनसक्दैन । यही ठम्याइलाई व्यवहारमा रुपान्तरण गर्न उनले नौजवान भारत सभालाई जनसंगठनको रुपमा विस्तार गरे ।

भगतसिंहले पहिलेदेखि समाजवादी झुकाव भएका भगवतीचरण बोहोराहरुसँग मिलेर ‘नौजवान भारत सभा’ गठन गरे । उनको ठम्याइ थियो, जनमानससँग नजोडिएको सशस्त्र क्रान्तिको प्रयत्न केवल आतंकवादको सहाराले सफल हुनसक्दैन । यही ठम्याइलाई व्यवहारमा रुपान्तरण गर्न उनले नौजवान भारत सभालाई जनसंगठनको रुपमा विस्तार गरे । उनी सभाका महासचिवका रुपमा अत्यन्त क्रियाशील थिए । महासचिवका रुपमै उनले सभालाई समाजवादी संगठनको रुपमा विकास गरे । सभाले समस्त भारतका मजदुर र किसानहरुको एउटा पूर्ण स्वतन्त्र गणराज्य स्थापना गर्ने लक्ष्य बनायो । सभाले सन् १९२६ मा पहिलो पटक भारतलाई ब्रिटिश साम्राज्यबाट पूर्ण स्वतन्त्रताको माग गर्‍यो । सोही नारा जनआन्दोलनपछि कांग्रेसले एकवर्षपछि मात्रै निर्णय गरेको थियो ।

आतंककारीको आरोपमा गिरफ्तार

सभामार्फत् राजनीतिक र सामाजिक क्रान्तिको नारा उद्घोष गरिरहँदा उनको ध्यान काकोरी केसमाथि पनि केन्द्रित थियो । हिन्दुस्तान रिपब्लिकन पार्टीका अधिकांश नेताहरुलाई काकोरी केसमा फसाएर जेलमा हालिएको थियो ।

सो पार्टीका नेताहरु चन्द्रशेखर आजाद, विजयकुमार सिन्हा काकोरी केसमा फरार थिए भने योगेशचन्द्र चटर्जी जेलमा बन्द थिए । चटर्जीलाई जेलबाट भगाउन पार्टीद्वारा गोप्य योजना बनाइएको थियो तर त्यो असफल भएको योजनामा भगतसिंहको पूर्ण सहभागिता थियो ।

आफ्नो अध्ययन, समर्पण र तेजस्विताको कारणले हिन्दुस्तान रिपब्लिकन एसोसियसन पार्टीमा उनको हैसियत र प्रभाव बढ्दै गयो । विस्तारै उनी चुनावविना नै पार्टीका नेताका रुपमा स्थापित हुँदै गए, सबै नेता–कार्यकर्ताहरुको मनमनमा ।

अन्ततः दशहरा बमकाण्ड मच्चाई क्रान्तिकारीहरुलाई

बदनाम गर्ने र फसाउने ब्रिटिश सरकारको षडयन्त्रमा भगतसिंह पनि परे । उनलाई सन् १९२७ को जुलाईमा पहिलो पटक गिरफ्तार गरियो । काराबासमा चरम यातना दिइएतापनि उनी पटक्कै विचलित भएनन् ।

सो केसमा ६० हजार भारु जमानतमा दिएर उनलाई रिहा गरियो । त्यसपछि उनले केही समय आफ्ना पिताको डेरीमा काम गरे । सरकारको आँखा छल्नका लागि उनले अराजनीतिक काममा व्यस्त रहेको भान पारे । तर डेरीको काममा पितालाई सघाउँदा सघाउँदै पनि उनी मौकाको उपयोग गर्न चुकेनन् । त्यहाँ पनि उनले राति राति राजनीतिक भेला गर्ने र आफ्नो राजनीतिक लेखनलाई तेज र व्यापक गर्ने अभियान थाले । यही बीचमा उनले ‘किरती’मा नियमित रुपमा र ‘चाँद’को फाँसी अंकमा ८० पृष्ठजति जीवनी लेखे ।

संगठन र सिद्धान्तमा क्रान्ति

जमानत फिर्ता भएपछि उनी लाहौरको डेरीबाट दिल्लीको भूमिगत अड्डातिर उडे, बनचरीझंै । त्यसपछि सन् १९२८ को अप्रिल–मे महिनासम्म मात्रै आफ्नो घरपरिवारसँग उनको अलिअलि सम्बन्ध कायम रह्यो । क्रान्तियात्रामा स्वतन्त्रतापूर्वक उडेका भगतसिंह राष्ट्रव्यापी पार्टीका संगठक र नेताका रुपमा देखापरे ।

भगतसिंहले संगठन गर्नुभन्दा अगाडिसम्म भारतमा क्रान्तिकारीहरुको कुनै राष्ट्रव्यापी संगठन थिएन, न त संगठनहरुमा वैचारिक स्पष्टता नै थियो । देशको स्वतन्त्रतालाई आफ्नो लक्ष्य ठान्ने क्रान्तिकारीहरुको अगाडि स्वतन्त्रताको अभिप्राय के हो भन्ने स्पष्ट थिएन ।

अंग्रेज भायसरायलाई हटाएर उसको कुर्सीमा कुनै भारतीयलाई राख्दैमा स्वतन्त्रताको समस्या हल हुन्छ ? के समाजमा आर्थिक असमानता र त्यसमा आधारित मानवद्वारा मानवको शोषणलाई यथावत् रुपमा राखेर सही अर्थमा स्वतन्त्रताको उपभोग गर्न सकिन्छ ? स्वतन्त्रता प्राप्तिपछिको सरकार र समाजको रुपरेखा कस्तो हुन्छ ? यस्ता प्रश्नमा क्रान्तिकारीहरुको मनमा धेरै नै असष्टताको कुइरो थियो ।

अंग्रेज भायसरायलाई हटाएर उसको कुर्सीमा कुनै भारतीयलाई राख्दैमा स्वतन्त्रताको समस्या हल हुन्छ ? के समाजमा आर्थिक असमानता र त्यसमा आधारित मानवद्वारा मानवको शोषणलाई यथावत् रुपमा राखेर सही अर्थमा स्वतन्त्रताको उपभोग गर्न सकिन्छ ? स्वतन्त्रता प्राप्तिपछिको सरकार र समाजको रुपरेखा कस्तो हुन्छ ? यस्ता प्रश्नमा क्रान्तिकारीहरुको मनमा धेरै नै असष्टताको कुइरो थियो ।

भगतसिंहले सबैभन्दा पहिले क्रान्तिकारीहरुसामु यस्ता प्रश्न उठाएर समाजवादलाई पार्टीको लक्ष्यको रुपमा स्थापित गर्ने प्रयास गरे । राजनीतिक स्वतन्त्रताको लडाइँ लक्ष्यतिरको पहिलो पाइलामात्रै हो र हामी त्यहीँ रोकियौं भने हाम्रो क्रान्ति अधुरो हुनेछ । सामाजिक र आर्थिक स्वतन्त्रताको अभावमा राजनीतिक स्वतन्त्रता वास्तवमा थोरै कुलीनहरुद्वारा बहुमतलाई चुस्ने स्वतन्त्रतामात्रै हुनेछ । शोषण र असमानताको उन्मूलनको सिद्धान्तको आधारमा गठित समाजवादी समाज र समाजवादी राज्यसत्ताबाट मात्रै सही अर्थमा राष्ट्रको चौतर्फी विकास हुनेछ ।

सोभियत क्रान्तिबाट प्रेरित भगतसिंहले समयको आवाजको रुपमा गुञ्जेको समाजवादलाई आफ्नो पार्टीको लक्ष्यको रुपमा स्थापित गर्न भरमग्दुर प्रयत्न गरे । सन् १९२८ सेप्टेम्बरमा दिल्लीमा उनकै क्रियाशीलतामा आयोजित क्रान्तिकारीहरुको बैठकले समाजवादलाई आफ्नो पार्टीको लक्ष्य घोषणा गर्‍यो ।

भगतसिंहले दिल्लीमा देशव्यापी संगठन बनाउने उद्देश्यका साथ क्रान्तिकारीहरुको बैठक बोलाएका थिए । पहिले बंगालमा अनुशीलन र युगान्तर समूह, पञ्जाबमा गदर पार्टी अनि उत्तरप्रदेश र बिहारमा हिन्दुस्तान रिपब्लिकन एसोसियसनको नाममा सक्रिय थिए केही संगठन र व्यक्तिहरु । उनीहरुबीच सहयोग र समन्वय गर्न व्यापक भेटघाट र यात्रा गरी उनले सो भेला बोलाएका थिए ।

८ र ९ सेप्टेम्बर, १९२८ मा दिल्लीको कोटला फिरोजशाहमा भएको थियो सो भेला । त्यसले भगतसिंहको सुझावमा समाजवादलाई पार्टीको घोषित लक्ष्यको रुपमा स्वीकार्‍यो । यसका साथै पार्टीको नाम पनि ‘हिन्दुस्तान सोसलिस्ट रिपब्लिकन एसोसियसन’मा रुपान्तरण गर्‍यो ।

त्यस्तै संगठनलाई लोकतन्त्रीकरण गर्ने क्रममा एक व्यक्तिलाई आन्दोलनको सर्वेसर्वा बनाइएन । आन्दोलनको सञ्चालनका लागि केन्दीय कमिटी गठन गरियो । र, कमिटीलाई नै नीति निर्माण गर्ने सर्वाेच्च तह मानियो । भगतसिंह र विजयकुमार सिन्हालाई प्रचार र अन्तरप्रान्तीय सम्पर्कको जिम्मा दिइयो । दलको सेनापतिमा बैठकमा अनुपस्थित चन्द्रशेखर आजादलाई छानियो ।

सांडर्सको हत्या

वास्तवमा सन् १९२८ को साल भारतका लागि राजनीतिक हलचलको वर्ष थियो । मजदुरहरु विशाल स्तरको हडतालमा थिए भने पूँजीपतिहरु पनि असन्तुष्ट थिए । त्यसलाई मत्थर पार्न सुधारको नारासहित साइमन कमिशन गठन गरिएको थियो । त्यसको विरोधमा देशव्यापी आक्रोश पोखिँदै गर्दा हिन्दूस्तान सोसलिस्ट रिपब्लिकन एसोसियसनले एक्सन गर्ने नीति तय गर्‍यो । उसले एकातिर एक्सनका लागि बम बनाउने कारखाना स्थापना गर्ने र अर्काेतिर पैसा जुटाउन बंैक लुट्ने योजना बनायो । यसै क्रममा लाहौरको पञ्जाब नेशनल बंैक लुट्ने योजना उनीहरु बैंकको मूलढोकामा पुगिसकेपछि अचानक तुहियो ।

यसैबीच ३० अक्टोबरमा साइमन कमिशनको दौडाहा टोली लाहौर पुग्यो । त्यस टोलीलाई कालो झण्डाले स्वागत गर्नेहरुमाथि अन्धाधुन्ध लाठीचार्ज गरियो । त्यसमा घाइते भएका लाला लाजपतरायको १९ नोभेम्बरमा मृत्यु भयो । यसले देशभरि क्रोध र विद्रोहको भाव पैदा गर्‍यो । र क्रान्तिकारीहरुमा ‘के हामी राष्ट्रिय सम्मान पनि रक्षा गर्न नसक्ने हदसम्म असहाय भयौं भन्ने प्रश्न जन्मायो ।

३० अक्टोबरमा साइमन कमिशनको दौडाहा टोली लाहौर पुग्यो । त्यस टोलीलाई कालो झण्डाले स्वागत गर्नेहरुमाथि अन्धाधुन्ध लाठीचार्ज गरियो । त्यसमा घाइते भएका लाला लाजपतरायको १९ नोभेम्बरमा मृत्यु भयो । यसले देशभरि क्रोध र विद्रोहको भाव पैदा गर्‍यो । र क्रान्तिकारीहरुमा ‘के हामी राष्ट्रिय सम्मान पनि रक्षा गर्न नसक्ने हदसम्म असहाय भयौं भन्ने प्रश्न जन्मायो ।

यही आक्रोश र विद्रोहको भावलाई समेटेर भगतसिंह र राजगुरुले लाला लाजपतरायको मृत्युको ठीक एकमहिनापछि त्यस हत्याको बदला लिए । उनीहरुले लाजपतरायलाई लाठी प्रहार गरी हत्या गर्ने अग्रेज अधिकारीलाई गोली हानेर मारे । डिप्टी सुपरिण्टेण्डेण्ट पुलिस सांडर्सलाई लाहौर पुलिसको केन्द्रीय कार्यालयबाट निस्कँदै गर्दा उनीहरुले हत्या गरेका थिए । हत्यापछि उनीहरुले रातो पर्चा प्रकाशित गरी दावी गरे, ‘सांडर्स मरे, लालाजीको मृत्युको बदला लिइयो !’

सांडर्सको हत्यापछि भगतसिंहको क्रान्तिकारी मन दुःखित भयो, किनकि उनी रक्तपिपाशु थिएनन्, मानवतावादी थिए । सांडर्सको हत्यापछि उनलाई लाहौरबाट बाहिर जान कठिन भयो । तर उनी गोरा साहेबको छद्मा रुप–रंगमा कलकत्ता भागे ।

बमको दर्शन

त्यसबेला कलकत्तामा कांग्रेसको ऐतिहासिक सम्मेलन भइरहेको थियो । जेलबाट रिहा भएका बंगालका अधिकांश क्रान्तिकारीहरुको त्यहाँ जमघट थियो । यही मौकामा भगतसिंहले यतीन्द्रनाथ दास (जतीनदास) लगायतका क्रान्तिकारीहरुसँग भेटेर राजनीतिक कुराकानी गरे । दास बम बनाउने कार्यका विशेषज्ञ थिए । उनले भगतसिंहको अनुरोधमा आगरा शहरमा बम बनाउन सिकाउने बचन दिए । र, केही समयपछि नै आगरामा बम कारखाना बनाइयो र केही क्रान्तिकारीहरुलाई बम बनाउन सिकाइयो ।

 यता देशव्यापी रुपमा बढ्दो मजदुर आन्दोलनलाई हर संभव उपाय प्रयोग गरी दबाउन ब्रिटिश सरकारले असेम्बलीमा ट्रेड डिस्प्यूट्स बिल र पब्लिक सेफ्टी विधेयक ल्यायो । ती घटनाक्रमहरुको गहन अध्ययन गरिरहेका भगतसिंहले सो विधेयकविरुद्ध आक्रामक खालको हस्तक्षेप गर्नुपर्ने तर्क प्रस्तुत गरे ।

उनकै प्रस्तावमा केन्द्रीय समितिले असेम्बलीमा विधेयकसम्बन्धी मतदानको परिणाम घोषणा हुनुभन्दा केही क्षणअगाडि बम प्रहार गर्ने निर्णय गर्‍यो । बम प्रहारको लक्ष्य कसैको ज्यान लिनु थिएन, विधेयकप्रति जनताको गहन आक्रोश पोख्नु थियो र बहिरो सरकारको कान खोल्नु थियो । अतः कसैको मृत्यु नहुनेगरी बम प्रहार गरेपछि दर्शक दीर्घाबाट पर्चा बाँड्ने, नारा लगाउने र गिरफ्तारी दिएर आफ्नो विचारको प्रचार गर्ने उद्देश्य राखियो ।

उनकै प्रस्तावमा केन्द्रीय समितिले असेम्बलीमा विधेयकसम्बन्धी मतदानको परिणाम घोषणा हुनुभन्दा केही क्षणअगाडि बम प्रहार गर्ने निर्णय गर्‍यो । बम प्रहारको लक्ष्य कसैको ज्यान लिनु थिएन, विधेयकप्रति जनताको गहन आक्रोश पोख्नु थियो र बहिरो सरकारको कान खोल्नु थियो ।

लामो बहस र विवादपछि केन्द्रीय समितिले भगतसिंह र बटुकेशर दत्तलाई यो एक्सनको जिम्मा दियो । समितिका सबै सदस्यहरु र एक्सनमा जानेहरुलाई राम्ररी थाहा थियो, गिरफ्तारीछि उनीहरुलाई मृत्युदण्ड दिइनेछ । आफ्नो ज्यान वलिदान दिनुपर्ने भयानक तथ्य राम्ररी थाहा हुँदाहुँदै पनि उनीहरुले एक्सनको दायित्व आफ्नो काँधमा लिए, अत्यन्त हर्ष र खुसीका साथ । अदालतलाई आफ्नो राजनीतिक प्रचारको मञ्च बनाई देशव्यापी विचार फैलाउने मोहवश उनीहरुले यो जोखिम मोल्ने काम गरे ।

सन् १९२९, अप्रिल ८ का दिन असेम्बलीमा ट्रेड डिस्प्यूट्स विधेयकमाथि मतदान भयो । अध्यक्ष बिट्ठलभाई पटेलले परिणाम घोषणा गर्न लागेका मात्रै के थिए, सरकारी पक्षको पछिल्लो बेञ्चतिर ठूलो आवाजमा बम पड्कियो । एकाएक भवन धुँवा नै धुँवाले भरियो, चारैतिर भागदौड मच्चियो । केही समयसम्म खचाखच बसिहरहेका सांसद र दर्शकहरु बाहिर कुलेलम ठोके । भवनमा केवल अध्यक्ष पटेल, मोतीलाल नेहरु र सरकारी पक्षका नेता सर जेम्स क्रेयरमात्रै मूर्तिवत बसिरहे । र दर्शक दीर्घाको बीचमा भगतसिंह र बटुकेशर दत्तले नाराले संसद् गुञ्जाइरहे । ‘सर्वहारा वर्ग चीरञ्जीवी होस्’, ‘साम्राज्यवादको नाश होस्’, ‘इंकलाब जिन्दावाद !’ यस्तो नारा लगाउँदै उनीहरुले चारैतिर पर्चा पनि फ्याँकिरहे ।

‘बहिराहरुलाई सुनाउनका लागि जोड्दार आवाजको आवश्यकता हुन्छ’ पर्चाको पहिलो वाक्य थियो यो । सो पर्चामा उनीहरुले माग गरेका थिए, ‘जनताका प्रतिनिधिहरु आफ्ना निर्वाचकहरुकहाँ जानु जरुरी छ र जनताको भावी विप्लवका लागि तम्तयारी गर्नु आवश्यक छ ।’

चाहेका भए उनीहरु भीडसँगै सजिलै भवनबाट बाहिर निस्कन सक्थे, तर उनीहरु भागेनन् । केही समयपछि दलबलसहित आएका प्रहरीहरुले उनीहरुलाई गिरफ्तार गरे । वास्तव यो उनीहरुको गिरफ्तारी थिएन, जानीबुझीकन गरिएको आत्मसमर्पण थियो । अदालती संघर्षमार्फत् ब्रिटिश सरकारलाई न्यायको कठघरामा उभ्याउनका लागि गरिएको सुनियोजित योजना थियो यो ।

अदालतको कठघरामा

पार्टीले ती दुई क्रान्तिकारीहरुलाई जुन गह्रुंगो दायित्वका लागि वलिदान दिएको थियो, सो दायित्व भगतसिंह र दत्तले पूर्ण उत्तरदायित्व र अत्यन्त कौशलतापूर्वक पूरा गरे । उनीहरुले अदालतसामु उभिएर पार्टीको सिद्धान्त र विचारहरु धेरै निडरतापूर्वक देशभरि प्रचार गरे । उनीहरुका विचार देशभरिका अखवारहरुले हावासरी फैलाए । उनीहरुद्वारा सुनियोजित ढंगले प्रचारित सुव्यवस्थित विचारलाई एक प्रकारले तत्कालीन समयको क्रान्तिकारी आन्दोलनको घोषणापत्र भन्नसकिन्छ । भगतसिंहका साथी तथा लेखक शिव वर्माको यो विश्लेषण सटिक छ ।

अदालती कारबाहीको क्रममा दिल्ली असेम्बली बमकाण्डका अभियुक्त भगतसिंह र दत्तलाई आजन्म कारबासको सजायँ दिइयो । पछि उनीहरुमाथि ब्रिटिश साम्राज्यका राजाविरुद्ध लडाइँ थालेको अभियोगमा राजद्रोहको मुद्दा पनि चलाइयो ।

जेल र अदालती संघर्षको क्रममा उनीहरुले ब्रिटिश साम्राज्यको न्याय व्यवस्थालाई च्यातचुत् पारे । उनीहरुले ब्रिटिश सरकारको जनताविरोधी कुकर्म र ब्रिटिश–भारतका जेलहरुमा हुने बर्बरताको धज्जी उडाए, अत्यन्त कुशलतापूर्वक । आफ्नो लक्ष्यअनुरुप उनीहरुले आफूहरुविरुद्ध चलाइएको राजद्रोहको मुद्दालाई जनताको अदालतमा ब्रिटिश साम्राज्यविरोधी आन्दोलनको मुद्दाको रुपमा रुपान्तर गर्नमा सफलता प्राप्त गरे ।

जेल र अदालती संघर्षको क्रममा उनीहरुले ब्रिटिश साम्राज्यको न्याय व्यवस्थालाई च्यातचुत् पारे । उनीहरुले ब्रिटिश सरकारको जनताविरोधी कुकर्म र ब्रिटिश–भारतका जेलहरुमा हुने बर्बरताको धज्जी उडाए, अत्यन्त कुशलतापूर्वक । आफ्नो लक्ष्यअनुरुप उनीहरुले आफूहरुविरुद्ध चलाइएको राजद्रोहको मुद्दालाई जनताको अदालतमा ब्रिटिश साम्राज्यविरोधी आन्दोलनको मुद्दाको रुपमा रुपान्तर गर्नमा सफलता प्राप्त गरे । बी. टी. रणदिवेका अनुसार, भारतको स्वाधीनता संग्रामको क्रममा जनताको आक्रोश र चेतनाको आगोलाई हावा दिनका लागि ब्रिटिश साम्राज्यकै दमनयन्त्रको यति सफलतापूर्वक उपयोग त अरु कसैले पनि गर्न सकेनन् ।

जेलमा संघर्षको अध्याय

काराबासको क्रममा पनि अपराधीसरह राखिएका उनीहरुले जेलमा राजनीतिक बन्दीहरुको अधिकारका लागि कठोर र दृढतापूर्ण संघर्ष गरे । बन्दीहरुप्रति मानवोचित व्यवहारको माग गर्दै उनीहरुले भोक हड्ताल थाले, जुन अत्यन्त शसक्त सावित भयो । पछि उनीहरुले भोक हड्ताललाई आमरण अनसनमा फेरे, जुन ३ महिनासम्म सफलतापूर्वक चल्यो । र, अनसनकै क्रममा अनसनकारी यतीन्द्रनाथ दास (जतीनदास)ले शहादत प्राप्त गरे ।

यसबीचमा जेलभित्र यातनाका बीच पनि भगतसिंहका निजी कामहरु नियमित रुपमा चलिरहे । लेख्ने, पढ्ने, अदालतमा बयान दिने, हाँस्ने–हँसाउने, गुनगुनाउने कार्य जारी रह्यो । उनको अध्ययनको मुख्य विषय थियो : साम्यवाद । पढाइमा ज्यानै छाडेर लाग्ने भगतसिंहले जेललाई पुस्तकालय नै बनाए, साम्यवादसम्बन्धी गहन अध्ययन र अन्तक्र्रिया गर्ने पुस्तकालय ।

उनी साम्यवादी किताबहरुको गहन अध्ययन, चिन्तन र लेखनसँगै साथीहरुसँग आफूले पढेका किताबहरुमाथि व्यापक बहस गर्थे । यी सबै चिन्तन–कर्मको क्रममा उनीहरुले ब्रिटिश जेललाई भारतको मुक्ति र क्रान्तिसम्बन्धी साम्यवादी मोडल खोज्ने प्रयोगशालामा रुपान्तरित गरे ।

फाँसीको फन्दामा

अन्ततः भगतसिंह, राजगुरु र सुखदेवलाई फाँसीको सजायँ तोकियो, ब्रिटिश शासन अन्त्य गर्ने षडयन्त्र गरेको र एक अंग्रेज अधिकारीको हत्या गरेको ‘अपराध’मा । फाँसीको सट्टा गोलीले उडाउन माग गर्ने तीनैजना क्रान्तिकारीहरुले मृत्युभन्दा पहिले सरकारलाई लेखेको पत्रमा उद्घोष गरे, ‘अत्यन्त छिटै अन्तिम संघर्षको दुन्दुभी बज्नेछ । त्यसको परिणाम निर्णायक हुनेछ । साम्राज्यवाद र पूँजीवाद आफ्नो अन्तिम क्षण गन्दैछन् । हामीले यिनका विरुद्ध युद्धमा भाग लियौैं र यसमा हामीलाई गर्व छ ।’

फाँसीको सट्टा गोलीले उडाउन माग गर्ने तीनैजना क्रान्तिकारीहरुले मृत्युभन्दा पहिले सरकारलाई लेखेको पत्रमा उद्घोष गरे, ‘अत्यन्त छिटै अन्तिम संघर्षको दुन्दुभी बज्नेछ । त्यसको परिणाम निर्णायक हुनेछ । साम्राज्यवाद र पूँजीवाद आफ्नो अन्तिम क्षण गन्दैछन् । हामीले यिनका विरुद्ध युद्धमा भाग लियौैं र यसमा हामीलाई गर्व छ ।’

आफ्नो जीवनको अन्त्य जति जति अत्यन्त निकट आएको दृश्य देखियो, त्यति त्यति उनीहरुमा गरिखाने जनताको उज्ज्वल भविष्यप्रतिको आस्था गहिरिँदै गयो । महान र पवित्र आदर्शप्रतिको यही अडिग विश्वासले नै कुनै पनि देशका युवाहरुलाई जस्तोसुकै निर्मम हत्याराहरुसामु पनि मुस्कुराएर मृत्युवरण गर्न

प्रेरित गर्दछ । २३ मार्च, १९३१ को साँझ ती तीनजना वीर क्रान्तिकारीहरुले पनि हाँसी हाँसीकन फाँसीको फन्दा चुमेर मृत्युवरण गरे अनि अमरत्व प्राप्त गरे । आजीवन कारावासको सजाय दिइएका बटुकेशर दत्तले लामो समयसम्म जेलभित्रबाट संघर्ष गरे ।

फाँसीको तख्तामा चढ्दै गर्दा भगतसिंहले एकजना ब्रिटिश मजिस्ट्रेटलाई सम्बोधन गर्दै भने, ‘मजिस्ट्रेट महोदय, तपाईं वास्तवमै भाग्यमानी हुनुहुँदोरहेछ, किनकि तपाईंले क्रान्तिकारीहरुले आफ्ना महान आदर्शका लागि कसरी हाँसी हाँसीकन मृत्युलाई अँगालो मार्छन् भन्ने दृश्य देख्ने मौका पाउनु भएको छ ।’

सन्दर्भ सामग्रीहरू

–    युगद्रष्टा भगतसिंह और उनके मृत्युंजय पुरखे, वीरेन्द्र सिन्धु, सन् १९९६, राजपाल एण्ड सन्ज, दिल्ली

–    अमर शहीद सरदार भगतसिंह, जितेन्द्रनाथ सान्याल, सन् १९९९, नेशनल बुक ट्रस्ट, इण्डिया

–    शहीद भगतसिंह की चुनी हुई कृतियाँ, सं. शिव वर्मा, सन् १९८७, समाजवादी साहित्य सदन, कानपुर

–    संस्मृतियाँ, शिव वर्मा, सन् १९९१, शहीद स्मारक प्रकाशन, लखनऊ

–    शहीदेआजम की जेल नोटबुक, भगतसिंह, अनुवाद विश्वनाथ मिश्र, सं. सत्यम वर्मा, सन् १९९९, परिकल्पना प्रकाशन, लखनऊ

–    भगतसिंह और उनके साथियाें के दस्तावेज, सं. जगमोहनसिंह एवं चमनलाल, सन् १९९१, राजकमल पेपरबैक, नई दिल्ली

–    लेनिन और भारत, ले. मित्रोखिन, अनुवाद योगेन्द्र नागपाल, सन् १९९०, प्रगति प्रकाशन, मस्को ।

 नव युवामा प्रकाशित आलेख, लेखकको अनुमतिमा पुन:प्रकाशित । Title Photo: https://thewire.in

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.