शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

१० देशमा संक्रमित संख्या ११ लाखभन्दा धेरै, यी हुन् अति प्रभावित ११ देश

शनिबार, २९ कात्तिक २०७७, २१ : १७
शनिबार, २९ कात्तिक २०७७

विश्वका १० देशमा संक्रमितको संख्या ११ लाख नाघिसकेको छ । कोरोनाबाट सर्वाधिक धेरै संक्रमित र मृत्यु हुनेको सुचीमा अमेरिका पहिलो नम्बरमा छ । यहाँ १ करोड १० लाखभन्दा धेरै संक्रमित भइसकेका छन् भने २ लाख ५० हजार ३० जनाले ज्यान गुमाएका छन् । 

सर्वाधिक धेरै संक्रमित हुनेको सुचीमा भारत दोस्रो स्थानमा छ । यहाँ ८७ लाखभन्दा धेरैमा कोरोना पुष्टि भइसकेको छ । यद्यपी, मृतक संख्याका आधारमा भारत तेस्रो स्थानमा छ । ५८ लाखभन्दा धेरैमा कोरोना संक्रमण देखिएको ब्राजिल मृतक संख्याका आधारमा अमेरिकापछि दोस्रो स्थानमा छ ।

 यहाँ १ लाख ६४ हजार ९ सय ४६ जनाको मृत्यु भइसकेको छ । जबकी, भारतमा मृत्युु हुनेको संख्या १ लाख २९ हजार २ सय ५३ छ । फ्रान्समा १९ लाखभन्दा धेरैमा कोरोना देखिएको छ र ४३ हजार ८ सय ९२ जनाको मृत्यु भएको छ । रुसमा पनि १९ लाखभन्दा धेरैमा संक्रमण देखिएको छ र यहाँ ३२ हजार ८ सय ३४ जनाको मृत्यु भइसकेको छ । 

स्पेनमा १४ लाख ९२ हजारभन्दा धेरैमा संक्रमण पुष्टि भएको छ र ४० हजार ७ सय ६९ जनाले ज्यान गुमाएका छन् । बेलायतमा १३ लाख १७ हजारभन्दा धेरैमा संक्रमण पुष्टि भएको छ र ५१ हजार ३ सय ४ जनाले ज्यान गुमाएका छन् । 

अर्जेन्टिनामा १२ लाख ९६ हजारभन्दा धेरैमा संक्रमण देखिएको छ भने ३५ हजार ४५ जनाको मृत्यु भइसकेको छ । कोलम्बियामा ११ लाख ८२ हजारभन्दा धेरैमा संक्रमण देखिएको छ र ३३ हजार ६ सय ६९ जनाको मृत्यु भएको छ । इटलीमा ११ लाख ०७ हजारभन्दा धेरैमा संक्रमण देखिएको छ, यहाँ ४४ हजार १ सय ३९ जनाको ज्यान गइसकेको छ । 

मेक्सिकोमा ९ लाख ९७  हजारभन्दा धेरैमा संक्रमण देखिएको छ । यहाँ मृत्युुदर निकै उच्च छ । अहिलेसम्म ९७ हजार ६ सय २४ जनाको मृत्यु भइसकेको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप