शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

पछिल्लो २४ घण्टामा थप १९ सय ४६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि

शनिबार, २९ कात्तिक २०७७, १६ : ४६
शनिबार, २९ कात्तिक २०७७

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप १९ सय ४६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शुक्रबार १९ सय ४६ जनामा संक्रमण पुष्टि भएको हो ।   

मन्त्रालयका अनुसार ८ हजार ७५३ जनाको पीसीआर परीक्षण गर्दा १९ सय ४६ जनामा संक्रमण पुष्टि भएको हो । योसँगै कोरोना संक्रमितको कुल संख्या २ लाख ८ हजार २९९ पुगेको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा संक्रमण मुक्त हुनेको संख्या २५०३ रहेको छ ।  मन्त्रालयका अनुसार योसहित संक्रमणमुक्त हुनेको संख्या १ लाख ७० हजार ६३२ पुगेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप